Lamjung News
Latest news of Lamjung
Thursday, October 15, 2020
Tuesday, October 13, 2020
Jhyaure at Lamjung
Jhyaure dance is usually performed the western part of the Nepal. In Jhyaure dance at first the song start at slow pace and at later it sung it fast pace and the dancer will dance as per the rhythm of the song.
It is popular among Gurung and Magar communties.
Thursday, August 14, 2014
चट्याङबाट लाखौँको क्षति
युवराज श्रेष्ठ,
लमजुङ, असार १३ गते । लमजुङको बाग्लुङपानी गाविस ४, पुमा गाउँमा परेको चट्याङले ठूलोमात्रामा क्षति पुर्याएको छ । गएराती परेको चट्याङले १६ वषर्ीय तुलसी गुरुङ गम्भीर र्घाईते भएकाछन् । उनको सदरमुकाम वेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । चट्याङ लागेर र्सर्ुयकुमारी गुरुङको भैसी, क्षेत्र बहादुर गुरुङको २ वटा भेडा, धनकासी गुरुङ र नन्दकाशी गुरुङको १/१ वटा भेडा, झपेन्द्र गुरुङ र सुनमति विकको २/२ वटा भेडा मरेका छन् । चट्याङले गाँउमा रहेका टिभि र विजुलीका मिटरहरु समेत जलेका छन् स्थानीय शिक्षक दर्ुगाबहादुर गुरुङले जानकारी दिएकाछन् ।
Posted on:June 28, 2011, 1:36 am
एकान्तमा बोलाएर विद्यार्थीमाथि कुटपिट
आश गुरुङ,
लमजुङ, असार ३ गते । लमजुङका एक विद्यार्थीलाई युवाहरुले शुक्रवारे कार्यक्रमस्थलवाट एकान्तमा बोलाएर कुटपिट गरेकाछन् । कुटपिटवाट सुन्दरबजारस्थित आदर्श बाल उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १८ बषिर्य विद्यार्थी देवेन्द्र गिरी र्घाईते भएकाछन् । विद्यालय प्राङ्गणमा शुक्रवार दिउँसो शुक्रवारे अतिरिक्त कार्यक्रम भईरहेको बेला गिरीलाई एकान्तमा बोलाएर भोटेओडारका युवाहरुले कुटपिट गरेका हुन् । कुटपिटपछि र्घाईते गिरीको सदरमुकाम वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि पोखरा लगिएको छ । र्घाईते गिरीले आफूमाथि उनीहरुले आक्रमण गर्नुको कारण थाह नभएको बताए । उनका अनुसार कुटपिटमा ६/७ जना युवाहरु संलग्न थिए । केहीको नाम चिनेपनि अन्यलाई अनुहारमा चिनेको तर नाम नचिनेको उपचारका क्रममा रहेका गिरीले वताए ।
दोषीलाई तत्काल पक्राउ गरि कार्वाही गर्न माग गर्दै सुन्दरबजारका वासिन्दाले सिउँडीबारदेखि पश्चिमी लमजुङ छुट्ने यातायातका साधन शुक्रवार दिउँसो ३ घण्टा अवरुद्ध पारेका थिए । स्थानीयवासिन्दाको आन्दोलनका कारण सुन्दरबजारका बजार समेत बन्द भएको थियो । प्रहरीले उनीहरुको खोजी गरि कार्वाही गर्ने आश्वासन दिएपछि उनीहरुले शनिवार ७ बजेसम्मका लागि आन्दोलन फिर्ता लिएकाछन् । प्रहरीले कुटपिटमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

Posted on:June 17, 2011, 11:10 pm
बन्दीहरु फेरि आन्दोलनमा
आश गुरुङ,
लमजुङ, जेठ २९ गते । आफ्नो माग पुरा नभएको भन्दै लमजुङ कारागारका वन्दीहरुले फेरि आन्दोलन शुरु गरेका छन् ।
आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै बन्दीहरुले बन्दीगृहको गटेमा तालावन्दी गर्दै आन्दोलन थालेका हुन् ।
बन्दीहरुले टेलिफोन सुविधा, तरकारी काट्ने हतियार, विभिन्न सिप मुलक काम गर्नको लागि चाहिने आवश्यक सामाग्रीहरु दिन वञ्चित गरिएकोले आन्दोलन गरिएको बन्दीहरुको भनाई छ ।
कारागार शाखाका जेलर देवराज अधिकारीले टेलिफोनको सुविधा कुनैपनि कारगारमा नभएकोले सुविधा कटौति गरेको जानकारी दिनुभयो ।
गत वैशाखमा पनि विभिन्न माग राख्दै एक हप्ता सम्म वन्दीहरुले अनसन गरेका थिए । वन्दीहरुका सकरात्मक माग पुरा गर्ने सहमति भएपछि वन्दीहरुले आन्दोलन फिर्ता लिएका थिए । २५ जना क्षमताको लमजुङ कारागारमा हाल ३ जना महिला सहित ३५ जना वन्दीहरु रहेका छन् ।


Posted on:June 12, 2011, 12:07 am
Subscribe to:
Posts (Atom)