Tuesday, May 31, 2011

लमजुङ कारागार महिला पियनको भरमा

आश गुरुङ 'प्रतीक'
Lamjung ma Bandi haru basdaiलमजुङ, असार २० गते - क्षमताभन्दा बढी बन्दी रहेको लमजुङ कारागार अहिले पियनको भरमा संचालित छ ।
कारागारमा सुब्बा, खरिदार र लेखापालको दरबन्दी वर्षौँदेखि खाली रहेका र निमित्त प्रमुख नेत्रराज अधिकारी पनि एकमहिनादेखि विभागीय कर्वाहीमा परेका कारण कारागार पियनले चलाउँदै आएको छ ।


खरिदार पदका अधिकारीले करीब आठवर्षअघिदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएपनि उनी नियमित उपस्थित नहुने र भएपनि मदिरा सेवन गरि आउने गरेकाले अधिकारीलाई विभागको निर्देशनअनुसार कारागारवाट हर्टाईएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताउनुभयो ।


कारागारमा जिम्मेवार ब्यक्ति कोही नभएपछि बन्दीहरुको सेवा सुविधा, तालिम, सुरक्षा तथा कानुनी र प्रशासकीय काममा बाधा पुगेको छ । दरबन्दीका कर्मचारी पर्ठाईदिन पटकपटक माग गर्दापनि संवन्धित निकायले कुनैपनि सुनुवाई नगरको प्रजिअ पोखरेलले वताउनुभयो । कारागारको समस्या सामाधानका लागि जिल्ला प्रशासन कार्यालयले एकमहिना यता प्रशासनका सुब्बा तिर्थ अधिकारीलाई कारागारको कामकार्वाही हेर्ने जिम्मा दिएको छ । तर, दोहोरो काम हेर्नुपर्ने भएकाले समस्या भएको प्रजिअ पोखरेलको भनाई छ । कार्वाहीमा परेका नेत्रराज अधिकारीलाई कारागारवाट हटाएर जिल्ला प्रशासनमा बोलाईएको छ । तर अहिलेसम्म एकदिनपनि उपस्थित नभएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।


२५ जना क्षमताको जिल्ला कारागारमा अहिले दुर्इ महिलासहित ३८ जना बन्दीहरु छन् । यसअघि ३१ जना रहेकोमा नयाँ दुर्इजना थपिएको र तनहुँवाट पाँचजना ल्याईएपछि बन्दीहरुको संख्या ३८ पुगेको हो । क्षमता भन्दा बढी बन्दी भएपछि अहिले सुत्नदेखि शौचालय जाँदा धेरै समय कुर्नुपरेको बन्दीहरुले वताएकाछन् ।

Posted on:July 3, 2009, 10:46 pm

लमजुङ कारागारमा समस्या

आश गुरुङ 'प्रतीक'
Lamjung ka bandi haruलमजुङ, असार १८ गते ।
लमजुङ कारागारमा क्षमताभन्दा बढी बन्दीहरु भएपछि समस्या भएको छ ।


२५ जना क्षमताको जिल्ला कारागारमा अहिले दुर्इ महिलासहित ३८ जना बन्दीहरु छन् । यसअघि ३१ जना रहेकोमा नयाँ दुर्इजना थपिएको र तनहुँवाट पाँचजना ल्याईएपछि बन्दीहरुको संख्या ३८ पुगेको हो । क्षमता भन्दा बढी बन्दी भएपछि अहिले सुत्नदेखि शौचालय जाँदा धेरै समय कुर्नुपरेको बन्दीहरुले वताएकाछन् ।


बन्दी धेरै भएपछि एउटा सत्ने ठाउँमा दुर्इजना सुत्नुका साथै खानेपानी, खेलकुद सामाग्रीको अभाव भएको छ । बन्दी धेरै भएकै कारण झडापखला, रुघाखोकी तथा सरुवा रोगहरु छिटो फैलने गरेको बन्दीहरुको भनाई छ ।

Posted on:July 2, 2009, 5:18 am

शिक्षा कार्यालयमा दुइ घण्टा तालबन्दी

आश गुरुङ 'प्रतीक'
Lamjung ma teachers ko dharnaलमजुङ, असार १६ गते ।
एक्काईस शुत्रिय माग अघि सार्दै देशव्यापी आन्दोलनमा उत्रिएका नेपाल राष्ट्रिय शिक्षक संगठनको अगुवाईमा शिक्षकहहरुले जिल्ला शिक्षा कार्यालय लमजुङमा आज मंगलबार दुर्इ घण्टा धर्ना दिए ।
विहान १० बजेबाट दिउसो १२ बजे सम्म जिल्ला शिक्षा कार्यालयको मूल गेटमा तालावन्दि गरि शिक्षकहरु धर्नामा बसेका थिए । तेस्रो चरणको पहिलो कार्यक्रम अनुसार शिक्षकहरु धर्नामा बसेका हुन ।

विगतमा गरिएको सम्झौताहरु तुरुन्त लागु हुनुपर्ने, शिक्षक प्रतिनिधी र शिक्षा मन्त्रालयको कार्यदल सम्मिलित कार्यदलले गत फागुन १८ गते गरेको शिफारिश तुरुन्त कार्यान्वयन हुनुपर्ने, शिक्षक सेवा आयोगलाई सम्बैधानिक अंग सरह बनाउनुपर्ने र शिक्षक हक, हित र अधिकार लगायतका २१ शुत्रिय माग उनीहरुले अघि सारेका छन ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष तीर्थ बस्नेतले आन्दोलनको औचित्य र संगठनका सचिब राजु थापाले मागका बारेमा धर्नामा बसेका शिक्षकहरुलाई जानकारी गराउनु भएको थियो । आन्दोलन रहर नभइ आफूहरुको बाध्यता भएको बताउदै माग पुरा नभए सम्म चरणबद्ध आन्दोलनमा उत्रने शिक्षकहरुले बताएका छन ।


तस्विरः नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङले जिल्ला शिक्षा कार्यालयमा आयोजना गरेको धर्ना एंव तालावन्दी कार्यक्रममा सहभागीहुदै शिक्षकहरु ।
तस्वीरः नवीनराज कुइँकेल

Posted on:June 30, 2009, 9:08 pm

पन्ध्रअसारमा रोपाइँ साहित्य

आश गुरुङ 'प्रतीक'
Lamjung ma Asar 15 manaudai
Asar 15 ma national dhan day manaudai lamjung ma लमजुङ, असार १५ गते ।
कार्यक्रम रोपाइँ साहित्य
ठेगानाः तार्कुघाट-५, पाङ्ग्रेटार, लमजुङ
अवसरः राष्ट्रिय धान दिवस
समयः दिनको १२ बजे ।


कहिले टन्टलापुर घाम त कहिले सिमसिमे पानी । सायद मनसुन भित्रिको धेरै समय नभएर होला लमजङको तार्कुघाटलाई ढाक्ने वातावरण छिनछिनमा फेरवदल भईरहेको थियो । मौसमले जति फेरबदलको वहाना बनाएपनि रोपाइँमै साहित्य भर्न गएका साहित्यकारलाई कुनै कष्ट भएन । सदरमुकाम वेसीशहरवाट विहान गएका साहित्यकारहरुले दिउँसो ठिक १२ बजेदेखि रोपाइँसंगै साहित्य बाचन गर्न थाले ।
असारमा खाने दुधिला मकै साउनमा खाने खीर
घरमा छैन शितलु बचन, मनमा छैन थिर ।
आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सि नि जानु छ
ससुरा बा को अमिलो बचन पेटभरि खानु छ ।
उनीहरुले गीत गुञ्जाउँदै गर्दा स्थानीयवासिन्दाले चाख मानेर हेरिरहेका थिए । साहित्यमय बनेको पाङ्ग्रेटारको खेतैभरि गीत, गजल, कविता, मुक्तक लगायतका रचना बाचन गर्दा सवै छक्क परेका थिए ।
१५ असार चटारो छ, मौका यै हो छोप्नुपर्छ
दिदीबैनी दाजु भाइ खेतमा धान रोप्नुपर्छ
हिलो खेल्दै बीउ रोपौं मंसिरमा फल्छ धान
ठूला गरा, साना सोता, छेउ कुना कोप्नुपर्छ



खेतमा पञ्चेबाजा घन्किरहँदा, बाउसे र रोपारेहरुबीच जुहारी चलिरहेको थियो, अनि माथिल्लो गरामा ब्याडे अनि लाठेहरु -आली लगाउने) हरुबीच हिलो छेपाछेप गर्दाको रमाइलो भने झन छुट्टै थियो । गोरु जोत्नेहरु कोही ह.. ह.. माले, ह....ह तारे गर्दै खेतका गरा हिलाउँदै थिए भने कोही भने दाँते लगाएर हलगोरु दौडाउँदै थिए ।


कृषि विकास कार्यालय लमजुङ र हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङको संयुक्त आयोजनामा भएको कार्यक्रममा सदरमुकाम बेसीशहर, भोटेओडार, चिती, सुन्दरबजार, गाउँशहर लगायतका विभिन्न स्थानबाट पचार बढी साहित्यकार साथै तीनसय बढी साहित्य अनुरागीहरुको उपस्थिति थियो । कार्यक्रमलाई स्थानीय किसान, सरकारी कार्यालयका प्रमुखहरु, संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थितिले कार्यक्रमको मज्जा छुट्टै भएको थियो । वर्षौदेखि असारे भाकाका गीत सुन्न नपाएका उनीहरु असारे भाकामा लठ्ठ मात्र परेनन्, खेतका गरामा हिलो छेप्दै १५ असारको मेलो पनि सघाएका थिए ।
Lamjung ma asar 15 manaudai



नजिकै अर्को गरामा हिलो छेप्दै साहित्यकारहरु कविता, गीत तथा गजलहरु बाचन गर्दै थिए । कवि गोविन्दबहादुर कुँवर, हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे, युवा साहित्यकारहरु बेनबहादुर सुयल, श्रीकृष्ण नेउपाने, बाबुराम बैरागी, नबराज दाहाल लगायत दर्जर्नौ साहित्यकारहरुले आ-आफ्ना रचनाहरु बाचन गरेका थिए । रचनाहरु पन्ध्रअसार र कृषिसँग सम्बन्धित थिए । नेपाली साहित्यले कृषिसंग अभिन्न साइनो राख्ने र कृषि क्षेत्रले पनि साहित्यसंग सम्बन्ध राख्ने हुनाले रोपाइँका अवसरमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले बताए ।


राष्ट्रिय धान दिवस र रोपाइँ साहित्यको उद्घाटन वरिष्ठ साहित्यकार गोविन्द बहादुर कुँवरले गरेका थिए । जिल्ला कृषि कार्यालयले एस आर आइ प्रविधिको धान खेती गर्ने तरिका बारे किसानलाई सिकाएको थियो । यो प्रविधिको खेतीले धान यत्पादनमा पाँच गुणाले बृद्धि हुने कृषि प्रमुख कृष्ण प्रसाद अधिकारीले बताए ।

Posted on:June 29, 2009, 9:46 pm

खुदी जलविद्युत आयोजना सूचारु

आश गुरुङ प्रतीक
लमजुङ, असार १३ गते - उत्तरी लमजुङको खुदीस्थित चार मेगावाटको खुदी जलविद्युत आयोजनाबाट पुरै विद्युत उत्पादन शुरु भएको छ ।
khudyhydroगतवर्षो भदौमा बाढीले बगाएपछि क्षत्रि ग्रस्त भएको आयोजनालाई मर्मत गरिएपछि गत माघको अन्तिम सातावाट दुर्इ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो ।निर्माणको सवै कार्य सकिनुका साथै बर्षायाम शुरुभएपछि खोलामा पानीको मात्रामा बढेकाले पुरै क्षमतामा विद्युत उत्पादन थालिएको खुदी जलविद्युत आयोजना संचालक समितिका निर्देशक स्थिरबाबु घिमिरेले जानकारी दिनुभएको छ ।आयोजनाको बाँध, पानी फर्काउने डार्इभर्सन, इन्टेक र विद्युत गृहमा गतवर्षो बाढीले क्षति पुर्याएको थियो । बाढीले ३ करोडभन्दा बढी क्षति पुर्याएको आयोजनाले जनाएको छ ।
तीनवर्षघि ६० करोड रुपैँयामा निर्मित खुदी जलविद्युत आयोजनामा बुटवल पावर कम्पनीको ६०, एचसीटीएचआइ क्यानडाको २५ र लमजुङ विद्युत विकास कम्पनीको १५ प्रतिशत लगानीमा निर्माण गरिएको थियो । रन अफ द रिभर प्रणालीमा निर्मित यो आयोजना निर्माणको साढे सात बर्षछि नेपाल विद्युत प्राधिकरणलाई हस्तान्तरण गर्ने सम्झौता भएको छ ।
२०६३ पुस १५ गते देखि सञ्चालनमा आएको आयोजना दुर्इ वर्ष नवित्दै बाढीले क्षति पुर्याउँदा धेरै नोक्सान बेहोर्नुपरेको । आयोजना एक दिन मात्र बन्द हुँदा ३ लाख घाटा हुने आयोजकको दावी छ ।
तस्वीरमा गतवर्ष भदौमा खुदी खोलाले बगाउनु अगाडि खिचिएको खुदी जलविद्युत आयोजनाको विद्युत गृह ।

Posted on:June 27, 2009, 1:16 am

ग्रामीणभेगका विद्यालय बन्द

आश गुरुङ प्रतीक,
लमजुङ, असार १३ गते -लमजुङको ग्रामीणक्षेत्रमा रहेका अधिकांश विद्यालयहरु बन्द भएकाछन् । वर्षायामसंगै गाउँघरमा रोपाइँ कार्य तिब्र पारिएपछि विद्यार्थीहरु खेतवारीमा ब्यस्त भएका र विद्यालयमा नगएका कारण विद्यालयहरु बन्द भएका हुन् ।
barkhebida
४५ दिने वर्षे विदालाई मध्यनजर राखेर जिल्ला शिक्षा कार्यालयले असार र साउन महिनामा विदा दिने गरेपनि विदाको समय नआउँदै ग्रामीण भेगका विद्यालयहरु बन्द भएका जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।अहिलेदेखि बन्द विद्यालय साउनको अन्तिम सातावाटमात्रै सूचारु हुने विद्यालयहरुले जनाएको छ ।



तस्वीरमा उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समिति ठूलीवेसीमा रहेको जटेश्वर निम्न माध्यमिक विद्यालय । विद्यालय बन्द गरिएकोपछिको सुनसान दृश्य ।
तस्वीरः आश गुरुङ प्रतीक

Posted on:June 27, 2009, 1:00 am

मध्यमर्स्याङदीको लागत र समयावधि बन्द कारण दोब्बरः छानविन समिति

आश गुरुङ प्रतीक
लमजुङ, असार ८ गते -लमजुङमा निर्मित बहुचर्चित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको निर्माण लागत तथा समयावधि दोब्बर हुनुको मुख्य कारण परियोजनाको निर्माणका क्रममा गरिएका बन्दु रहेको छानविन समितिले जनाएको छ ।
परियोजनाको लागत र समय निर्धारित भन्दा दोब्बर भएकाले भ्रष्टचार भएको गुनासो बढेपछि मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाको अध्ययनका लागि गठित लेखा समिति र संसदीय अध्ययन उपसमितिको संयुक्त टोलीले आईतवार र सोमवार परियोजनाको स्थलगत अध्ययन अवलोकन गरेको थियो ।
mmisthalgatnirrichanअध्ययन अवलोकनका क्रममा परियोजना निर्माणका लागि धेरै समय लाग्नुमा परियोजना सुरु भएपछि ८ सय दिन सम्म बन्द, माओवादीले शुरु गरेको जनयुद्ध, राजनीतिक उतार-चढाव, अस्थिरता, हड्ताल, चक्काजाम लागयत रहेको टोलीले प्रारम्भिक प्रतिवेदन निकालेको छ । त्यस्तै, मुख्य ठेकेदार कम्पनी डीडीसी जेभीले परियोजनाको डिजाइन परिवर्तन गरी भेरिएसन अर्डर गराउनु पनि मध्यमर्स्याङ्दीको लागत तथा समयावधि दोब्बर हुनुको कारण रहेको संसदीय छानविन उपसमितिका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । प्रतिवेदनको अन्तिम प्रतिवेदन भने एक महिना भित्र तयार पारेर सार्वजनिक गरिने संसदीय छानविन उपसमितिले जनाएको छ ।
अध्ययन तथा अवलोकनका लागि छानविन उपसमितिका संयोजक लोहनी सहित सभाषद् रवीन्द्र अधिकारी लागयत सार्वजनिका लेखा समितिका सभापति रामकृष्ण यादवसहितको नौ जनाको टोली मध्यमर्स्याङ्दी निर्माणस्थल पुगेका थिए । उनीहरुले परियोजना सम्बन्धित पदाधिकारी संग बयान लिने र सम्पूर्ण कागजात झिकाएर अध्ययन गरेका थिए । अध्ययनका क्रममा क्रममा पहिरो थाम्ने पर्खाल सम्झौता अनुसार नबनाइएको, सुरुङमा सामन्य खरावी देखिएको र आबश्यकता भन्दा बढी सामग्री खरिद गरिएको पाइएको छानविन उपसमितिका सदस्य रविन्द्र अधिकारीले बताउनुभयो । समय र लागत दोब्बर हुनुको कारण, विगतको सम्झौता र ठूला मेघा परियोजना शुरु गर्नु अघिको तयारीका बारेमा समितिले अध्ययन नगरेको वताईएको छ । समितिले जिल्ला स्थित एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले, राप्रपाका प्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी, स्थानिय विकास अधिकारी, प्रहरी नायव उपरिक्षक लगायतलाई समेत भेटेर मध्यमर्स्याङ्दी परियोजनावारे सोधपुछ गरेका थिए । उनीहरुले परियोजनाको बाँध, जलासय, सुरुङको संरचना, पानी थिग्य्राउने पोखरी, बिद्युत गृह, हरेक संरचनाको हालको अवस्था र परियोजनाले स्थानिय तहमा पारेको प्रभाव बारेमा जानकारी लिएका थिए । टोली आज सोमवार राजधानी फर्कको छ ।
mmmeetingमध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको ग्लोबल टेण्डर आब्हान पछि मात्र विस्तृत योजना बनेको छानविन समितिले लेखा समितिलाई यस अघि प्रारम्भिक जवाफ पठाइ सकेको छ । लेखा समितिलाई पठाएको जवाफमा परियोजनाले विस्तृत डिजाइन कार्य टेण्डर पछि हुँदै रहनु भन्ने नीतीगत कारणले गर्दा लागत र समय बढेको उल्लेख छ । डिजाइन नै नगरी आयोजनाको टेण्डर आब्हान गरिएको विषयमा समितीले परियोजना प्रमुख र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखलाई लेखा समितिमा बोलाइएर जबाफ मागेको थियो । समितले लेखालाई पठाएको जवाफमा प्राधिकरणले ठेकेदार कम्पनी डीडीसी जेभीलाई विग्रिएका सिमेन्ट र सामाग्रीको पनि भुक्तानी दिएको बताएको छ । अध्ययन नै नगरी परामर्शदाताको नियुक्ति, परियोजनामा परेको द्धन्द्धको प्रभाव, सम्झौतामा भएको विलम्वका कारण र ब्यहोर्नु परेको क्षतिपुर्ति लगायतका विषयमा समितिले छानविन गरिरहेको छ । लागत दोब्बर हुनुमा परियोजनामा कार्यरत कर्मचारीको तलब अन्यको तुलनामा तेब्बर बढि हुनु ,परियोजनाको गाडीको व्यापक दुरुपयोग, इन्धनमा हुने अनियमितता र जलमाफियाको चलखेल समेत यसुको कारण भएको समितिले जनाएको छ । यस अघि परियोजना निमार्णमा ब्यापक घोटाला भएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगमा समेत रिट परेको थियो । अख्तियारले पनि यस विषयमा छानविन गरिरहेको जनाएको छ ।
जर्मन सरकारको अनुदान तथा नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा सन् २००४ वाट निर्माण शुरु मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको समयवाधि दोब्बर हुन गई सन् २००८ मा मात्रै सम्पन्न भएको थियो । मध्यमर्स्यादीको लागत २७ अर्व ८७ करोड रुपैया पुगेको अनुमान गरिएपनि परियोजनाले भने २६ अर्ब मात्रै पुगेको वताएको छ । परियोजनाको शुरुमा अनुमानित लागत १३ अर्व ६५ करोड रुपैया मात्रै रहेको थियो ।

-तस्वीरमा मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको स्थलगत निरिक्षण गर्दै संसदिय छानविन उपसमिति र लेखासमितिका पदाधिकारीहरु ।

Posted on:June 22, 2009, 11:58 pm

स्थानीय निकाय गठन हुँदैनः मन्त्री शेर्मा

आश गुरुङ 'प्रतीक'
Purna kumar Sherma lai Bakhu odhai samman gardaiलमजुङ, असार ६ गते ।
बुधवारमात्रै मन्त्रीभार सम्हाल्नुभएका स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले तत्काल स्थानीय निकायको गठन नहुने वताउनुभएको छ ।
लमजुङको जिल्ला परिषद्का लागि सदरमुकाम वेसीशहर आउनुभएका मन्त्री शेरमाले वर्तमान सरकारले स्थानीय निकाय संञ्चालनका लागि सर्वपक्षीय संयन्त्र बनाएर अघि बढ्ने बताउनुभयो । गएराती सम्पन्न जिल्ला परिषद्पछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै मन्त्री शेर्माले विगतका सरकारले स्थानीय गठन गर्न खोज्दा किचलो भएकाले वर्तमान सरकार त्यस्तो झमेलामा नफस्ने प्रष्ट पार्नुभयो ।


पद बहालीपछि पहिलोपटक औपचारिक कार्यक्रममा सहभागि हुनुभएका मन्त्री शेर्माले राजनीतिक दलहरुकोमात्र संयन्त्रले विकास निर्माणका काममा भागबण्डा तथा झगडाबाहेक केही गर्न नसकेकाले गाउँपरिषद् तथा जिल्ला परिषद् ढिला भएको वताउनुभयो । उहाँले अब बन्ने स्थानीय निकायको संयन्त्रमा राजनीतिक दल मात्र नभएर नागरिक तथा सर्वसाधारणलाई पनि समेटेर यसको परिधि फराकिलो बनाइने जानकारी दिनुभयो ।


पत्रकारहरुको जिज्ञासामा मन्त्री शेर्माले सरकारको पहिलो प्राथामिकता संविधान निर्माण भएको वताउनुभयो । दोश्रो शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्�याउने र तेश्रो प्रथामिकता दण्डहीनताको अन्त्यगरि कानुनी राज्यको निर्माण रहेको उहाँको भनाई थियो । एक अर्को प्रशंगमा मन्त्री शेर्माले देशभर रहेका रिक्त सचिवहरुको पदपूर्ति तत्काल थालिने समेत वताउनुभयो । एउटा सचिवले धेरै गाविस हेर्नुपर्दा धेरै समस्या देखिएको र गाउँमा प्राविधिक नहुँदा विकास बजेट खेर गएकाले अब प्रत्येक गाविसमा सचिव र प्राविधिक नियुक्त गरिने उहाँको भनाई थियो । उहाँले गाउँको विकास भए मात्र देशको विकास हुने भएकाले अबको सरकारले गाउँ विकास समितिको बजेटमा केहीमात्रामा बृद्धि गरिने समेत जानकारी दिनुभएको छ ।


कार्यक्रममा पूर्वमन्त्री एवं सभाषद् पृथ्वीसुब्बा गुरुङ, सभाषद् बुद्धिराम तमू, हिमकुमारी सुनार, डीवी कार्की, एकिकृत नेकापा माओवादी, नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य, पुर्वमन्त्रीहरुसमेतगरि २६ जनाले मन्तब्य राखेका थिए ।

Posted on:June 19, 2009, 10:29 pm

बाचा' गरी मेला थाल्छन् भुजुङवासीहरु

आश गुरुङ 'प्रतीक'
Lamjung ko Bhujung gaun ma  kam garnu aghi Bacha gardai yuba yubati haruलमजुङ, असार, २ गते ।
काम गर्दा पनि 'बाचा' गर्नुपर्छ - पर्छ तर, दुर्इ महिनाको लागि । निकै जोखिमपूर्ण काम पनि गर्नुपर्छ घामापानी नभनि । असारको मेलो बाँझै छाडिए जमिनले सराप्छ भन्ने मान्यता ग्रामीण भेगमा अझैपनि छ । त्यसैले त असारको रोपाइँकार्य गर्न स्थानीयवासिन्दा 'बाचा' गरेर मात्रै मेला थाल्छन् ।



लमजुङको विकट अनि पर्यटकीय गाउँ भुजुङका वासिन्दा असारको रोपाइँ अर्थात मेलो थाल्नुअघि 'बाचा' गर्छन् । यो चलन प्रायः बुढाबुढीमा भन्दा युवायुवतीहरुमा बढी छ । उनीहरु जेठको अन्तिम साता रोधीँमा जम्मा भएर असार र साउन महिनाभरि संगै काम गर्ने 'बाचा' वाँध्छन र मात्रै असारे मेलो थाल्छन् ।



'बाचा' अनुसार उनीहरुले असार महिनाको शरुसंगै मेलो थालिसकेकाछन् । १२/१५ देखि ३०/३५ जनाको समूह मिलेर सामुहिक कामका लागि उनीहरु दिनभरि संगै हुन्छन् । रोपाइँपूर्व नै 'बाचा' गरेका किसानहरुले आ-आफ्ना कार्यलाई वीचमै छाडे ठूलो पाप लाग्ने जनविश्वास छ । दिन तथा महिनाभरि संगसंगे काम गरे आत्मीयता बढ्नु त छँदै छ टैँ थेमै फौदा रोधीँ परिवारका जमुना गुरुङ भन्छन्, दौतरी भनेका जिउँदाका जन्ती र मर्दाका मलामी हुन् ।' असारमा रोएमात्र मंसिरमा हाँस्न पाईने उनीहरु वताउँछन् ।




Lamjung ko Bhujung gaun ma  kam garnu aghi Bacha gardai yuba yubati haru'बाचा' गर्नुपूर्व दौतरी युवायुवतीहरु रोधीँमा आवस्यक सामाग्रीहरुको तयारीमा जुट्छन् । सेलरोटी, मासु, गुन्द्रुक, तरकारी लगायत खानाका परिकारहरु 'बाचा' गर्दा खाने परिकारहरु हुन् । यसपूर्व युवा दौतरीहरुको लागि केही मात्रामा जाँडा तयार पारिन्छ । भुजुङमा प्रचलित 'तामारे' प्रजातिका धानवाट निर्मित छ्याङ वनाई तयारी खानेकुराका साथ पुरुषहरुलाई खुवाईन्छ र 'बाचा' गर्ने गरिन्छ । 'बाचा' गर्दा केटीहरुले केटाहरुलाई असार महिना भरि संगै काम गर्ने प्रस्ताव राख्छन् । राधीँलाई साछी राखेर केटाहरुले पनि असार महिना भरि संगै काम गर्ने काँध थाप्छन् र एकअर्कामा संगै काम गर्ने वचनवद्धता जाहेर गर्छन् ।



मेलामा जाने समूहलाई भुजुङमा 'हुरि' भनिन्छ । स्थानीय अर्थात गुरुङ भाषामा 'नोगोर' समूहको नाम हो । 'हुरी' अर्थात 'नोगोर' का लागि विवाहवारी भएर घर गएका कतिपय महिलाहरुले दौँतरी नै खोजेर जानुपर्ने हुन्छ भने विवाहित पुरुषहरुले पनि दौतरी महिलाहरु खोज्छन् ।
काम गर्नका लागि मात्र गरिने 'बाचा' रोपाई अवधिभर कसैले पनि वेर्इमानी नगरोस भन्दै गरिने एक प्रकारको सम्झौता हो । यसले एकातिर एकआर्कावीचमा भातृत्वको नाता कायम गराउँछ भने अर्को तर्फकामप्रतिकोLamjung Bhujung gaun ka yuba yubati haru bacha pachi nach gaan gardai जिम्मेवारी पनि वोध गराउने कञ्चनकन्या रोधीँ परिवारकी उमादेवी गुरुङ वताउँछिन् ।



रोपाइँ कार्यको लागि टाढा-टाढा तथा विदेशमा भएका स्थानीयवासिन्दा समेत आउने गर्छन् । असारमा काम नगरे कहिले गर्ने भन्दै आएकाहरुलाई आफ्ना दौँतरीहरुले 'नयाँ बल' को संज्ञा दिई पुकार्छन् । नयाँ वल र नयाँ उमंगका साथ धान रोपाइँको लागि गरिएको 'वाचा' रोपाइँ कार्य सम्पन्न पश्चात तोडिन्छ । त्यतिवेला स्थानीयवासिन्दाहरु 'स्यो कैँ' अर्थात भोज खाएर रोपाइँ सम्पन्नको घोषणा गर्छन् भने विभिन्न रमाईलो गरि हर्र्सोल्लासका साथ अन्तिम दिन मनाईन्छ ।

Posted on:June 16, 2009, 12:23 am

लमजुङको धमिलिकुवा गाविस र पुमागाउँ खुला दिशामुक्त, धमिलिकुवामा १४ बुँदे आचारसंहिता, पुमामा पुरस्कार

आश गुरुङ 'प्रतीक'
infront of greenboardलमजुङ, जेठ २९ गते ।
लमजुङको धमिलिकुवा गाउँ विकास समिति र बाग्लुङपानी गाउँ विकास समिति वडा नं. ३, पुमा गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।


धमिलिकुवामा खानेपानी सरसफाई डिभिजन कार्यालयको सहयोग तथा विद्यालयको अगुवाई साथै स्थानीयवासिन्दा र पुमा गाउँमा ग्रीन सोसाइटी र वर्ल्डभीजन लमजुङ एडीपीको सहयोग तथा स्थानीय कन्याज्योति आमा समूहको सक्रियतामा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
दशौँ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको धमिलिकुवा गाविसमा विभिन्न संघसंस्थाको सहयोगमा पक्की र कच्ची गरि एकहजार तीनसय ९२ र पुमा गाउँमा ६७ वट गरि घरैपिच्छे शौचालय निर्माण भएकाछन् । खुला दिशामुक्त क्षेत्र घोषणा गरिएका धमिलिकुवामा गाउँलाई पूर्ण सरसफाई राख्न तथा सभ्य समाज निर्माणका लागि १४ बुँदे आचारसंहिता जारी गरिएको छ । त्यस्तै पुमा गाउँमा शौचालयबाहेक अन्य ठाउँमा दिसापिसाव गरेको थाह पाएमा जरिवाना गर्ने र देखेर समूहमा भन्न आउनेलाई पुरस्कार दिने घोषणा गरिएको छ । गाउँ खुला दिशामुक्त क्षेत्र घोषणा भएपछि धमिलिकुवा र पुमा गाउँका वासिन्दाले नाचगान गरेर खुसीयाली मनाएकाछन् ।


Rupa Gurung & Basantiगाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुअघि विद्यार्थी, शिक्षक तथा सो क्षेत्रका वासिन्दाले पञ्चेवाजाका साथ चेतनामुलक प्लेकार्ड तथा ब्यानर बोकेर गाउँ परिक्रमा गरेका थिए । धमिलिकुवाको शैलपुत्री उच्च माविको प्राङ्गणमा आयोजना गरिएको धमिलिकुवा खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा जातीय पहिचान तथा संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरिएका थिए । सो अवसरमा सरसफाई तथा शौचालयको महत्व संवन्धी नाटक पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै खानेपानी सरसफाई तथा ढल निकास विभागका उपमहा निर्देशक विश्वमणी ज्ञावलीले सामाजिक कामका लागि स्थानीयवासिन्दा र राजनीतिक दल चनाखो भएर लाग्नुपर्ने वताए । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पोखराका निर्देशक विनोदचन्द्र झाले सामाजिक विकासको काममा सवैको हातेमालोको आवश्यता भएको औल्याए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्लार् इन्चार्ज देवेन्द्र पराजुली, नेकपा एमाले सचिव मायानाथ अधिकारी, नेपाली कांग्रेसका सचिव अर्जुन पराजुली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङका प्रमुख भोजविक्रम थापा, वेसीशहर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेब अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष किसान 'संगीत' नेपाली, अभियानका सचिव भोजराज चिलुवाल, शिक्षिका निर्मला जोशी, विद्यार्थी स्वस्तिका कडरिया लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले जनताको सहभागिता विना सामाजिक उत्थान र विकास संभव नहुने वताए । Disa mukta reyliशौचालय निर्माण गरेर मात्रै नभई त्यसको प्रयोग र सरसफाईमा जोड दिनुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रम गणेशप्रसाद चिलुवालको अध्यक्षतामा भएको थियो ।


त्यस्तै, पुमागाउँको कन्याज्योति आमा समूहको भवनमा आयोजना गरिएको खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई संवोधन गर्दै ग्रीन सोर्साईटीका अध्यक्ष भीम गुरुङले खुला दिसामुक्त क्षेत्र घोषणा भन्दा कार्यन्वयन ठूलो पक्ष भएको वताए । कार्यक्रममा सोर्साईटीका महासचिव देवेन्द्र पौडेल, वर्ल्ड भिजनका टिम लिटर सुरेन्द्रबाबु ढकाल, गाविससचिव नवराज पराजुली, जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक विलप्रसाद गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद् आश गुरुङ 'प्रतीक', युवा क्लबका मदन गुरुङ, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङ लागयतले मन्तब्य राखेका थिए ।


सो अवसरमा खुला दिसामुक्त क्षेत्र घोषणा तथा गाउँको विकासका लागि योगदान पुर्याएको भन्दै ग्रीन सोसाइटीको कार्यक्रम संयोजक विमला पौडेल र उत्प्रेरक मोति गुरुङलाई पछ्यौराद्वारा सम्मान गरिएको थियो । कार्यक्रम स्थानीय कन्याज्योति आमासमूहकी अध्यक्ष सूर्यकुमारी गुरुङको अध्यक्षतामा भएको थियो ।

Posted on:June 12, 2009, 6:00 am

घलेगाउँमा सुधारिएको चुल्हो प्रयोग

आश गुरुङ 'प्रतीक'
लमजुङ, जेठ २० गते ।
Lamjung ko Ghalegaun ma sudhariyako chulo prayog gardai र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङस्थित ग्रामीण पर्यटकीय घलेगाउँका वासिन्दाले सुधारिएको चुल्हो प्रयोगमा ल्याएकाछन् ।
उत्तरकन्या गाउँ विकास समिति वडा नं. १, २ र ३ नं. वडा अर्थात घलेगाउँका ६० घरधुरीमा पहिलो चरण अन्तरगत सुधारिएको चुल्हो राखिएको हो ।


धुवाँ नहुने, दाउरा कम लाग्ने, घर कालो नहुने र चिसो ठाउँमा भएकाले न्यानो हुने भएकाले गाउँमा आउने पर्यटकलाई मध्यनजर गरि सुधारिएको चुल्हो प्रयोगमा ल्याएको स्थानीयवासिन्दाले वताएकाछन् । सुधारिएको चुल्होवाट एकैपटक दालभात तरकारी सवै पकाउन सकिने भएकाले समयको खपत हुने भएकाले निकै सजिलो भएको घलेगाउँ संयुक्त आमा समूहकी अध्यक्ष कृष्णमाया घलेले वताईन् । सुधारिएको चुल्हो प्रयोगमा ल्याएपछि गाउँका अधिकांश महिलाहरु खुसी भएका अध्यक्ष घलेको भनाई छ ।


कादुरी एग्रीकल्चर एड एसोसिएसन -केएए) नाम गैरसरकारी संस्थाको पाँच/पाँच हजार सहयोगमा स्थानीयवासिन्दाले थप सातहजारसहित १२ हजारको लगानीमा स्थानीयवासिन्दाले सुधारिएको चुल्हो प्रयोगमा ल्याएको घेलेगाउँ ग्रामीण पर्यटन ब्यवस्थापन उपसमितिका सल्लाहकार संरक्षक प्रेम घलेले वताए ।


चुल्हो प्रयोगमा ल्याउँदा दाउरा कम लाग्ने, धुवाँ नहुने, पकाएको भाँडामा कालो नलाग्ने, समयको बचत साथै स्वास्थ्यलाई पनि फाईदा पुग्ने भएकाले उनीहरु सुधारिएको चुल्हो प्रयोग गर्नतर्फलागेका हुन् । 'सुधारिएको चुल्हो नराख्दा आगो बालेपछि धुवाँले आँखा फुट्ला जस्तो मात्र नभएर विरामी नै बनाउँथ्यो, भाँडा माझ्दा पनि हात कालो हुन्थ्यो' स्थानीय पुष्पा गुरुङले भनिन्, 'अहिले यी सवै समस्यावाट छुटकारा मिलेको छ र समयको पनि बचत भएको छ ।'


सुधारिएको चुल्होको प्रयोग गर्दा कम दाउरा लाग्ने भएकाले बनजंगलको पनि संरक्षण हुने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपर्ूण्ा संरक्षण क्षेत्र आयोजनार् इलाका कार्यालय भुजुङका प्रमुख विदुरविक्रम कुइँकेलले सुधारिएको चुल्होको प्रयोगले दाउरा कम लाग्ने हुँदा बनजंगलको संरक्षणमा टेवा पुग्ने वताए । जाडोयाममा आगो ताप्नका लागि धेरैमात्रामा दाउरा चाहिने भएकाले त्यसको साटो सुधारिएको चुल्होले हिटरको समेत काम गरेको प्रमुख कुइँकेलको भनाई छ । त्यसको अलाव सुधारिएको चुल्हो प्रयोग गरेपछि कोठा पनि न्यानो बनाउने हुँदा चिसो क्षेत्रमा अत्यान्त उपयोगि हुने वताईएको छ । अहिले गाउँका ६० घरमा सुधारिएको चुल्लो राखिए पनि अन्य घरमा विस्तारै राखिने योजना रहेको घलेगाउँ पर्यटन ब्यवस्थापन उपसमितिका अध्यक्ष खड्गधन गुरुङको भनाई छ ।

Posted on:June 3, 2009, 5:30 am

Saturday, May 28, 2011

लमजुङ कारागारका बन्दीहरु आन्दोलनमा

आश गुरुङ 'प्रतीक'
karagarbandiharuलमजुङ, जेठ १६ गते -लमजुङ कारागारका बन्दीहरुले आफ्ना मागलाई कारागार प्रशासनले सुनुवाई नगरेको भन्दै कारागारको भित्रैवाट गेटमा तालाबन्दी गरेकाछन् ।
सरकारले ५० प्रतिशत कैद भुक्तान भएका बन्दीलाई गणतन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाह गरेपनि कार्यान्वयन नभएको, मासिक उपलब्ध गराइँदै आएको सिदालाई समयमा उपलब्ध नगर्राईएको, एकमहिनादेखि खानेपानी नभएको, कारागार प्रशासनले आफूलाई दिईने सुविधामा ब्यापक अनियमितता गरेको भन्दै बन्दीहरु आन्दोलनमा उत्रिएका हुन् ।
बन्दीहरुले आफ्ना माग पुरा नभएसम्म लगाईएका ताला नखोलिने र गेटमै धर्ना दिईरहने वताएकाछन् । आफ्ना समस्याका वारेमा पटक-पटक प्रशासनलाई जानकारी गराउँदा पनि निमित्त जेलर नेत्रराज अधिकारी कहिलेकाहीँमात्रै कारागारमा आउने, आएपनि मदिरा खाएर आउने र वास्ता नगरेको भन्दै बन्दीहरुले अधिकारीलाई कार्वाही गर्नसमेत माग गरेकाछन् । लमजुङ कारागारमा दुर्इ महिला सहित ३१ जना बन्दीहरुछन् ।

Posted on:May 31, 2009, 2:33 am

विश्वकर्माको आरन संचालन पेशा लोप हुँदै

आश गुरुङ प्रतीक
लमजुङ, जेठ १६ गते -कृषि औजारको निर्माण तथा मर्मतकार्यमा महत्वपूर्ण मानिएको आरन संचालन पेशा लमजुङमा लोप हुँदै गएको छ ।
aranmakamgardaiपरम्परादेखि विश्वकर्मा जातिले संचालन गर्दै आएको आरन संचालन गर्ने पेशा पछिल्लोपटक युवा पुस्ताले छाडेपछि आरन पेशा संकटमा परेको छ ।विगतमा प्रत्येक वडामा विश्वकर्मा जातिले आरन संचालन गरेपनि अहिले अधिकांस आरन बन्द गरेर उनीहरु अन्यत्र पेशामा लागेकाछन् । धेरै दुःख गर्नुपर्ने र दुःख गरेअनुसारको परिश्रम नपाईने भएकाले विश्वकर्मा जातिका युवाहरु यो पेशा अंगाल्न छाडेको उनीहरुको भनाई छ । विश्वक्र्म्ँजातिका अधिकांश युवाहरु वैदेशिक रोजगारमा लागेकाछन् भने काम जानेका बृद्धहरु अशक्त भएका कारण आरन संचालन गर्न नसकि वसिरहेकाछन् । वर्ष भ्रि गाउँभरिको कृषि औजार निर्माण तथा मर्मत गर्ने र त्यसबापत प्रत्येक घरवाट मकै अर्थात धान लानेरलैजाने परम्परा भएपनि काम अनुसारको अन्न नपाउने गरेको उनीहरुको गुनासो छ ।खेतिवाली लगाउन, गोडमेल गन, घाँस काट्न आवश्यक पर्ने कृषि औजार बनाउन र मर्मत गर्न प्रयोग हुने आरन लोप हुँदै गएपछि ग्रामीण भेगका सर्व् साधारणपनि चिन्तित बनेकाछन् ।
लमजुङमा विगतमा छसय भन्दा बढी आरन भएपनि अहिले मुस्किलले तीनदर्जनमात्र रहेको अनुमान गरिएको छ । लमजुङस्थित घरेलु विकास समितिको कार्यालयमा भने कृषि औजार घरेलु उद्योग अन्तरगत दुर्इवटा आरानमात्रै दर्ता छन् । जिल्लामा कुनै निकाय तथा कार्यालयसंग आरनको यकीन तथ्याङ्क छैन ।
घरेलु विकास कार्यालयका प्रशिक्षक बम ठकुरीले आरन कृषि औजार घरेलु उद्योग अन्तरगत पर्ने भएपनि संचालन भएका आरन घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा दर्ता नभएको वताए । उनले आरन लोप हुँदै गएपछि कार्यालयले सदरमुकाम वेसीशहर र बाँझाखेत गाविसमा एकरएक पटक कृषि औजार निर्माण तथा मर्मत संवन्धि तालिम दिएको जानकारी दिए । जिल्ला कृषि विकास कार्यालयका निमित्त प्रमुख डोलकृष्ण सुवेदी आफ्नो कायालयमा पनि आरनको तथ्याङ्क नभएको वताए ।
जिल्लामा हाल संचालन भईरहेका आरन पनि बृद्धबृद्धाले मात्रै संचालन गर्दै आएकाछन् । संचालन भईरहेका आरन पनि अहिले बन्द हुने अवस्थामा पुगेको गाउँशहर गाविस ७, का जीतबहादुर विश्वकर्मा वताउँछन् । उनी आफूले लामोसमयदेखि संचालन गर्दै आएको बन्द गर्ने तरखरमा समेत पुगेकाछन् । भन्छन्, यो पेशालेमात्रै परिवार पाल्न नसकेको र कतैवाट सहयोग नपाएकाले बन्द गर्नुपर्ने अवस्थामा पुगेको छु । आरन संचालन पेशामा सम्मान नभएको र सवैले उपेक्षामात्रै गर्ने गरेकाले पनि युवा पुस्ताले यसप्रति चासो नदेखाएको उनको तर्क छ । आरनको संरक्षण र सर्ंवर्द्धनका लागि कुनै निकायले अहिलेसम्म पहल र सहयोग नगरेको गुनासो विश्वकर्माको छ ।
बढ्दो शहरीकरणसंगै तयारी औजार बजारमा पाईने भएकाले पनि आरन संचालन पेशा संकटमा परेको हो । यसको मारमा शहरबजारका भन्दा ग्रामीण भेगका किसानीहरु मर्कामा परेकाछन् ।
तस्वीरमा उत्तरी लमजुङको ताघ्रिङ गाविस, म्रि्रा गाउँस्थित आफ्नो आरनमा कृषि औजार बनाउँदै एक विश्वकर्मा । तस्वीरः आश गुरुङ प्रतीक

Posted on:May 30, 2009, 3:54 am

निःशुल्क स्वास्थ्य सेवा लिन र्सवसाधारणको घुइँचो सरकारी रकम अपुग, निःशुल्क औषधि आएन

आश गुरुङ 'प्रतीक'
तस्वीर सौजन्यः लमजुङ जिल्ला सामुदायिक अस्पताल
Sewa lina aaka Bridaharuलमजुङ, जेठ १५ गते - जिल्ला सामुदायिक अस्पताल लमजुङले नागरिकता र परिचयपत्रको आधारमा विरामीलाई निःशुल्क सेवा प्रदान गरेपछि अस्पतालमा विरामीको संख्या हृवात्तै बढेको छ ।


अस्पतालले जेष्ठ नगरिक तथा दलितलाई नागरिकता, अपंाग, स्वास्थ्य स्वयंसेविकालाई परिचयपत्र साथै गरीब तथा अति बिपन्न परिवारलाई सिफारिसको आधारमा र आमा सुरक्षा कार्यक्रम अन्तरगत अस्पतालले निःशुल्क प्रसुति सेवा प्रदान गरेपछि अस्पतालमा र्सवसाधारण विरामीको संख्या हृवात्तै बढेको हो ।


अस्पतालमा उपचार निःशुल्क हुने थाहपाएपछि अहिले लामो समयदेखि पीडा खेपेर वसेका र्सवसाधारण तथा परिवार परीक्षण तथा उपचारका लागि अस्पताल धाउन थालेकाछन् । अस्पतालका अनुसार दुर्इमहिनायता विरामीको संख्यामा उल्लेख्य बृद्धि भएको छ । पहिले सरदर दुर्इसयको हाराहारीमा विरामी आउने गरेकोमा अहिले दैनिक तीनसयबढी विरामी आउने गरेका अस्पतालका जनसर्म्पर्क अधिकृत दशरथ धितालले जानकारी दिएकाछन् ।


Lamjung Hospitalधितालका अनुसार अस्पतालले चैतमा साढे तीनलाख, बैशाखमा चारलाख रुपैँया बराबरको निःशुल्क सेवा दिईसकेको छ । जेठ महिना आधाआधी वित्न लाग्दा तीनलाख खर्च भईसकेको र निःशुल्क स्वास्थ्य सेवाका लागि महिनाभरि पाँचलाखभन्दा बढी खर्च अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सरकारले जिल्ला अस्पताललाई दिइँदै आएको एकमुष्ठ ११ लाख रुपैँया लमजुङ जिल्ला सामुदायिक अस्पताललाई अपुग भएको छ । आर्थिक वर्षशुरु भएपछिको चार/पाच महिनामा नै सरकारले दिएको रकम सकिएको र अहिले अस्पतालको आन्तरिक कोषवाट र्सवसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिईरहेकोसमेत जनसर्म्पर्क अधिकृत धितालले वताए ।


सरकारले गत पुस १ गतेवाट र्सवसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न जिल्ला अस्पताललाई ४२ किसिमका औषधि निःशुल्क उपलब्ध गराउने वताएपनि लमजुङ जिल्ला सामुदायिक अस्पतालले अहिलेसम्म नपाएको अस्पतालका निर्देशक धर्मराज गोसाइँले वताए ।
Line for medicin
They are waithing for medicine

Posted on:May 28, 2009, 9:26 pm

गिलुङमा छसय ३४ जनाको निःशुल्क परीक्षण तथा उपचार

आश गुरुङ 'प्रतीक'
तस्वीर सौजन्यः लमजुङ जिल्ला सामुदायिक अस्पताल
Free checkup in Lamjung villageलमजुङ, जेठ १३ गते ।
लमजुङको गिलुङमा संचालित निःशुल्क स्वास्थ्य शिविरवाट त्यस क्षेत्रका छसय ३४ जना विरामीले निःशुल्क परीक्षण तथा उपचार सेवा लिएकाछन् ।


एचडीसीएस लमजुङ जिल्ला सामुदायिक अस्पताल बेशीसहरको आयोजना तथा प्राविधिक सहयोगमा गिलुङस्थित बुद्धोदय उच्च माध्यमिक विद्यालयमा आयोजना गरिएको स्वास्थ्य शिविरमा गिलुङ, करापू, भोँजे, पसगाउँ, मालिङ, तान्द्राङ टक्सार लगायत गाविसका र्सवसाधारणले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।


शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पतालका बरिष्ठ चिकित्सक डाक्टर आशिष श्रेष्ठको नेतृत्वमा १२ सदस्यीय टोलीले सेवा प्रदान गरेका थिए । शिविरमा सामान्य स्वास्थ्य जाँच, आँखा जाँच, महिला रोग सम्बन्धि विभिन्न रोगका जाँच, परिवार नियोजन परामर्श लगायतका सेवाहरु निशुल्क उपलब्ध गराउनुका साथै औषधि पनि वितरण गरिएको थियो । शिविरवाट पाँच महिने वालबच्चादेखि ८३ वषिर्य दलित मन बहादुर परियारले समेत उपचार सेवा प्राप्त गरेका थिए ।


शिविरमा आएका विरामीहरु मध्ये दुर्इसय ३२ जना र्सवसाधारणको आँखा जाँच Ganesh Gurung in passaent checkupभएको थियो । यी मध्ये १४ जनाको मोतियाबिन्दुको अपरेशनका लागि हिमालय आँखा अस्पताल पोखरा पर्ठाईएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइँले जानकारी दिनुभएको छ । उहाँका अनुसार उनीहरुले पनि निःशुल्क अपरेशन सेवा पाउनेछन् । शिविरमा एकसय ७५ जनाले दाँतको परीक्षण गरेका थिए । जसमध्ये ५० जनाको दाँत निकालिएको थियो । यस बाहेक हाईड्रोसिल, हर्निया, थुनेलो र पाएल्स गरि ४ जनाको अपरेशनर्,र् इन्डोसकोपी दुर्इ र भिडियो एक्सरे चार गरि १० जनालाई थप उपचारको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेशीसहर बोलाईएको अस्पतालले जनाएको छ । शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पतालको ७० हजार र जिल्ला जन स्वास्थ्य कार्यालय लमजुङको १५ हजार गरि ८५ हजार रुपैँया बराबरको औषधिहरु निःशुल्क वितरण गरिएको थियो ।
Free checkup in Lamjung village

Posted on:May 27, 2009, 8:58 pm

महिला आपासीको अध्यक्षमा पुनः गुरुङ

आश गुरुङ 'प्रतीक'
Dhan kumari gurungलमजुङ, जेठ ११ गते ।
महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्था महिला आपासी सहयोग केन्द्र, भारते, लमजुङको अध्यक्षमा पुनः प्यारजुङकी धनकुमारी गुरुङ निर्वाचित भएकीछन् ।


प्रतिद्वन्द्वी भारतेकी चिजा अधिकारीलाई दुर्इसय ७६ का विरुद्ध एकहजार ४७ मत प्राप्त गरि गुरुङ पाँच वर्षा लागि अध्यक्ष पदमा निर्वाचित भएकीहुन् । अर्का प्रतिद्वन्द्वी अर्चलबोटकी भैरबदेवी लामिछानेले ८७ मत प्राप्त गरेकी थिईन् ।
यसैगरि उपाध्यक्षमा भारतेकी सावित्रा अधिकारीलाई चारसय १० का विरुद्ध भारते कै इन्दिरा लम्साल नौसय ६५ मत प्राप्त गरि उपाध्यक्ष पदमा निर्वाचित भएकीछन् । अध्यक्ष गुरुङ लगातार तीनवर्ष अध्यक्ष पदमा चयन भएकाछन् भने लम्साल यस अघिल्लो कार्यकालदेखि उपाध्यक्ष पदमा रहेर काम गर्दै आएकी थिईन् । त्यस्तै, सचिवमा राईनास मोहोरियाकी विष्णु गुरुङ र कोषाध्यक्षमा राईनास महोरियाकै उमा भुजेल चयन भएकाछन् । 


११ जनाको कार्यकाल रहने महिला आपासी सहयोग केन्द्रमा क्षेत्र नं। १ भारते वाट इन्दिरा अधिकारी, क्षेत्र नं। २ भारतेवाट बिमला भुजेल, क्षेत्र नं। ३ अर्चलवोटवाट दुर्गा गुरुङ, क्षेत्र नं। ४ गौँडावाट जुना गुरुङ, क्षेत्र नं। ५ प्यारजुङवाट मञ्जु न्यौपाने, क्षेत्र नं। ६ प्यारजुङवाट खुसीमाया गुरुङ र क्षेत्र नं। ९ तार्कुघाटबाट कमला लामिछाने यसअघि नै क्षेत्रीय अध्यक्षको पदमा चयन भएकाले स्वतः संस्थाको सदस्य पदमा निर्वाचित हुने प्रावधान छ । 


यता,  महिला आपसी सहयोग केन्द्र भारतेले सन् २००९ बर्षा ५० लाख खर्च गर्ने भएको छ । केन्द्रले समाबेसी तथा समाहित, आपतकालिन सहयोग, संस्थागत बिकास, अनुगमन तथा मूल्यांकन, प्रशासनिक खर्च, सबैका लागि शिक्षा लगाएतका छुट्टा छुट्टै शिर्षकमा बजेट बिनियोजन गरेको कार्यक्रम संयोजक शान्ता राईले जानकारी दिईन् । महिला आपसीले जनवरी देखि मार्च सम्म बिभिन्न शिर्षकमा ६ लाख ७३ हजार ४ सय ४० रुपैया खर्च गरिसकेको जनाएको छ । त्यस्तै लमजुङका १३ गाबिसमा काम गर्दे आएको महिला आपसीले यस बर्ष भारते, अर्चलबोट, मोहोरियाकोट र प्यारजुङ सहित ४ गाबिसमा गर्ने कार्यक्रम समुदायलाई नै हस्तान्तरण गरेको जनाएको छ ।
old women give vote to the women election in lamjung
Lamjung women in line for giving vote
Indira from Lamjung

Posted on:May 25, 2009, 8:38 am

नमुना घलेगाउँमा पहिलोपटक विजुली

आश गुरुङ प्रतीक
लमजुङ, जेठ ११ गते- सार्क राष्ट्रकै नमुना गाउँ भनेर चिनिने लमजुङको पर्यटकीय गाउँ घलेगाउँमा पहिलोपटक विजुली बलेको छ ।

Khusiyalimanachdai
तस्वीरमा आफ्नो गाउँमा विजुली बलेको उपलक्ष्यमा नाच्दै घलेगाउँका युवतीहरु । तस्वीरः आश गुरुङ प्रतीक
पर्यटन ब्यवस्थापन उपसमिति-ग्रामीण पर्यटन घलेगाउँ, घलेगाउँ संयुक्त आमा समूह,कन्याज्योति युवा क्लब, घलेगाउँ बाबा समूह र जिल्ला विकास समिति लमजुङको सहयोगमा घलेगाउँका एकसय १५ घरधुरीमा विजुली बालिएको हो । विजुली बाल्नका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातलाख, उत्तरकन्या गाविसले तीन र स्थानीयवासिन्दाले दुर्इलाख सहयोग गरेका घलेगाउँ पर्यटन ब्यवस्थापन उप-समितिका सल्लाहकार संरक्षक प्रेम घलेले जानकारी दिनुभएको छ । २०५७ सालमा पहिलोपटक घलेगाउँ महोत्सव मनाएदेखि गाउँमा विजुली बाल्ने चाहना बोकेका घलेगाउँका वासिन्दाले नौ वर्षछि मात्रै विजुलीको उपभोग गर्न पाएकाछन् । घलेगाउँमा विजुली बलेपछि गएराती र आज दिनभर स्थानीयवासिन्दाले गाउँमा नाचगान गरेर रमाईलो गरेकाछन् ।
घलेगाउँमा विजुली बलेपछि स्थानीयवासिन्दाले रंगीन टेलिभिजन, क्यासेट प्लेयर, डेक लगायतका सामान साथै टेलिफोन लगेर प्रयोग गरेकाछन् भने खाना पकाउन र जाडो छल्न साँझपख बाल्ने हिटर समेत लगेकाछन् । गाउँ नजिकै मोटरवाटो समेत पुगेको घलेगाउँमा विजुली वलेपछि पर्यटकलाई धेरै सुविधा पुग्ने छ ।

Posted on:May 25, 2009, 8:02 am

१५ दिनमा आक्रोदो

आश गुरुङ 'प्रतीक'
तस्वीर सौजन्यः प्रेम गुरुङ
Aakrodo gurng filmलमजुङ - भर्खर छायांकन सम्पन्न गुरुङ कथानक चलचित्र 'आक्रोदो' अर्थात 'नरुनू' ले गुरुङ चलचित्रकोर् इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ ।


लमजुङको पर्यटकीय गाउँ सिउरुङमा शतप्रतिशत छायांकन गरिएको चलचित्र छायांकन शुरु भएको १५ दिनमा नै पुरा भएको छ । विशुद्ध गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'आक्रादो' को छायांकन बैशाख २५ गते शुरु भएर गत शुक्रवार सकिएको छ । कथा, पटकथा र गीति छायांकन साथै आउटडोर र्रर् इनडोर सवै छायांकन सकिएको गुरुङ चलचित्र 'आक्रोदो' ले गुरुङ समाजमा भएगरेका घटना तथा कलासंस्कृतिलाई उजागर गर्न खोजिएको छ । सामाजिक र मायाप्रेममा आधारित चलचित्र 'आक्रोदो' मा 'सुखमा नमात्तिने र दुःखमा नआत्तिनेु कथनलाई यथार्थ चित्रण गरिएको निर्देशक भोजबहादुर गुरुङले जानकारी दिएको छ ।


मुनाल फिल्म प्रालि पोखराको चौथो प्रस्तृति रहेको चलचित्र 'आक्रोदो' मा रोएर कुनैपनि कार्य सफल नहुने र जस्तो सुकै दुःख-कष्टलाई सहेर जीवनसंग संर्घष् गरेमा सफलता हातपार्ने सन्देश दिईएको छ । मायाको चिनोको रुपमा दुम्सीको काँडाद्वारा बनाईएका माला कहिल्यै पनि पुरानो नहुने र सदा अमर रहनेलगायतका नयाँ स्वाद दिईएको छ । दैनिक जनजीवनहरु चलचित्रको पर्दामा भन्दा धेरै फरक हुने भएकाले गुरुङ समाजका लवाईखवाई र रहनसहनलाई जस्ताको तस्तैु उतारिएको चलचित्रका नयाक लिल गुरुङले वताए । चलचित्रमा विद्यामान विदेशिने क्रमलाई रोक्न खोज्नुका साथै समाजले नचाहँदा नचाहँदै पनि 'धनभन्दा मन ठूलो' भन्ने मान्यतालाई प्रमाणित गरेको छ । गुरुङ गाउँ त्यै पनि पर्यटकीय दृष्टिकोणले महत्वपूण् मानिएको सिउरुङमा चलचित्रको छायांकन धोको पुरा भएको स्थानीय समाजसेवी उमरबहादुर गुरुङको भनाई छ । चलचित्रमा केटीपक्षका तर्फाट लमजुङ भीरपुस्तुन र केटापक्षका तर्फाट सिउरुङ गाउँबीचको संबन्ध कायम गरिएको छ भने सती घाँटूको वारेमा चिनारी पनि गरिएको छ ।


Aakrodo gurung filmसिउरुङ र आसपासका क्षेत्रमा छायांकन गरिएको सो चलचित्रलाई करीब दर्इहजार नौसय मीटरको उचाईमा रहेको खिलापू डाँडामा समेत छायांकन गरिएको छ । लमजुङका अधिकांश गाविस तथा कास्की, स्याङ्जा, तनहुँ, गोरखा, मनाङ लगायतका जिल्लालाई सोझै चिहाउन सकिने ठाउँमा छायांकन गरिएको चलचित्र 'आक्रोदो' ले प्रकृतिको माया पनि त्यतिकै पाएको छ । मनास्लु हिमाललाई नजिकैबाट नियाल्न सकिने भएकाले चलचित्रमा प्राकृतिक दृश्यहरुलाई समेत प्राथामिकता दिईएको छ । चारैतिर प्राकृतिक दृश्य भएकाले उपयुक्त वातावरण मिल्नुका साथै आमा समूह, बाबा समूह र युवा क्लबको साथ र विहान ६ बजेदेखि राती ११ बजेसम्म दैनिक खटिएकाले सोँचेभन्दा कम समयमा चलचित्र 'आक्रोदो' को छायांकन कार्य सम्पन्न गरेको निर्देशक भोजबहादुर गुरुङको भनाई छ ।


चलचित्रमा नायकको रुपमा लिल गुरुङ र नायिकको रुपमा वसन्ती गुरुङले अभिनय गरेकाछन् । अन्य कलाकारहरुमा कुविना गुरुङ, लोक गुरुङ, खुसी गुरुङ, चुन्द्रा गुरुङ लगायत छन् । चलचित्रमा ढकेन्द्र गुरुङ र प्रिया गुरुङको संगीत रहेको छ भने खिम गुरुङले चलचित्रलाई छायांकन गरेकाछन् । नायक लिल गुरुङकै कथा रहेको गुरुङ चलचित्र 'आक्रोदो' मा थमन गुरुङले नृत्य निर्देशन गरेकाछन् भने लिल गुरुङले नै चलचित्र निर्माण गरेकाछन् ।


सैँ न्होर्वे म्रुँस्यो -हृदयकी रानी०, ङै ङ्हो -मेरो भाग्य०, टोरा -टुहुरो०को अपार सफलता पछि निर्माण गरिएको चलचित्र 'आक्रोदो'को कथावस्तु अन्य चलचित्रभन्दा भिन्न रहेकाले चलचित्रलाई दर्शकले अत्याधिक रुपमा रुचाउने अपेक्षा गरिएको छ ।
Gurung Film - Aakrodo
Gurung film - Aakrodo
gurung film - Aakrodo

Posted on:May 24, 2009, 12:11 am

मध्यमर्स्याङ्दीमा पानीको मात्रा बढी

आश गुरुङ 'प्रतीक'
लमजुङ, जेठ ८ गते - पानीको मात्रा कम भएका कारण अझैपनि दैनिक ८ घण्टा लोडेसेडिङ भईरहेको वेला लमजुङमा संचालित ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनमा भने पानीको मात्रा बढी भएको छ ।
हिउँदामा पानीको मात्रा कम भएपछि १५ मेगावाटमा सीमित मध्यमर्स्याङ्दी जलविद्युत परियोजनमा लोडसेडिङ र दैनिक हुने गरेका वर्षाका कारण पानीको मात्रा बढी Middle Marsyandi Hydro Power of Lamjung nepalभएको हो ।
नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको 'लोड डिस्प्याचिङ सेन्टर' को माग अनुसार परियोजनाको विद्युत क्षमता थपघट गराउनुपरेकाले ड्यामबाट दैनिक पानी फाल्नुपरेको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाका प्रशासकीय अधिकृत लोकप्रसाद नेपालले जानकारी दिनुभएको छ । दुर्इमहिनादेखि निरन्तर संचालित दुर्इवटा र्टवाइनवाट अहिले लोडसेडिङलाई मध्यनजर गरि दैनिक ४५ देखि ७० मेगावाट सम्म उत्पादन गरिएको परियोजनाले जनाएको छ । पुरै क्षमतामा विद्युत उत्पादन गरिँदा पनि पानीलाई ड्यामबाट पठाउनुपर्ने र ४५ मेगावाट विद्युत उत्पादन गरिँदा एक तिहाई पानीलाई ड्यामबाट फाल्नुपर्ने अवस्था रहेको समेत परियोजनाले जनाएको छ ।


लमजुङ र मनाङको उच्च भेगमा परेको हिमपात र बर्षाका कारण मर्स्याङ्दी नदीमा पानीको मात्रामा बढेपछि गत चैत महिनादेखि मध्यमर्स्याङ्दी परियोजनाको दुर्इवटा टवाईन संचालनमा आएको थियो । खडेरीका कारण पानीको संकट परेपछि १५ मेगावाटमा सीमित भएको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनावाट यसअघि 'पिक आवर' मा पुरै ७० मेगावाट र अन्य समय ३५ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो । लोडसेडिङ र विद्युत खपतको समयलाई मध्यनजर गरि साँझ ७ देखि १० बजेसम्म र विहान ७ देखि ९ बजेसम्मको ५ घण्टा समयमा पुरै क्षमताको विद्युत उत्पादन गर्न थालिएकोमा हाल समयसीमा र उत्पादन क्षमता 'लोड डिस्प्याचिङ सेन्टर' अनुसार हुने गरेको परियोजनाको भनाई छ । र्


जर्मन दातृ निकाय केएफडब्ल्यूको ८० तथा नेपाल सरकार र नेपाल विद्युत प्राधिकराणको २० प्रतिशत लगानीमा निर्मित परियोजनाको गत मंसिर २९ गते नेपाल र जर्मन सरकारको दौत्य संवन्धको स्वर्ण जयन्तीको अवसरमा उद्घाटन गरिएको थियो । सन् २००१ देखि निर्माणकार्य शुरु भएको परियोजना १३ अर्ब ६५ करोड लागतमा सन् २००४ को अन्त्य सम्ममा निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य राखिएकोमा लागत तेब्बर पुगेको छ भने समयावधी दोब्बर अर्थात सन् २००८ मा मात्रै पुरा भएको छ ।

Posted on:May 22, 2009, 12:14 am

'सिन्दूर' लिएर आउँदै राजु परियार

आश गुरुङ 'प्रतीक'
Raju aafno album bemochan gardai n geet gaudaiलमजुङ, जेठ १ गते ।
लोक तथा दोहरी गीत गायक राजु परियार अहिले आफ्नो पछिल्लो एल्बम निकाल्ने तयारीमा जुटेकाछन् ।
रेकर्डिङ तथा मिक्सिङ कार्य सकिएको 'सिन्दूर' नाम लोकदोहरी एल्बम जेठको पहिलो हप्ता बजारमा आउने भएको छ । रिमा डिजिटल रेकर्डिङ स्टूडियोको प्रस्तुति रहेको एल्बम 'सिन्दूर' को र्साईड 'ए' मा 'धागो राम्रो रेशम किराको' र र्साईड 'बी' मा 'सम्पत्ति त हातको ठेलामा' बोलको दोहोरी गीत रहेकाछन् । आफ्नै सब्द संकलन रहेको 'सिन्दूर' को र्साईड 'ए' मा राजुलाई विष्णु माझी र र्साईड 'बी' मा देवी र्घर्तीमगरले साथ दिएकाछन् ।


लोकदोहोरी गीतमार्फ सामाजिक कुसंस्कारको विरोध गर्दै आएका राजु परियारले 'सिन्दूर' एल्बममा पनि यसलाई निरन्तरता दिएकाछन् । 'ए' र्साईडमा लमजुङ्गे केटा र बाग्लुङ्गे केटीबीचको मायाप्रेमका वारेमा रमाईलो दोहोरी गीत छ भने र्साईड 'बी' मा गाउँघर तथा शहरबजारमा घटेका यथार्थ घटनालाई चित्रण गरिएको छ । ग्रामीण भेगमा केटाकेटीको विवाह भएपछि श्रीमान् विदेशिने र श्रीमती छोराछोरी पढाउने निहुँमा शहर झर्ने यथार्थलाई गीतिकथाको रुपमा ढालिएको छ । विदेशिएका श्रीमान् हातमा ठेला उठ्ने गरि काम गरेर पैसा कमाउने र श्रीमती शहरमा बसेर धर्मदाइर्-धर्मभाइको नाउँमा अर्कै केटासंग भुल्नेगरेको कथा 'सिन्दूर' मा रहेको छ । गीतको बीचबीचमा संवाद समेत रहेको छ ।
'फूलफूलमा डुल्यो भमरा' देखि एल्बम निकाल्न थालेका राजु परियारको 'सिन्दूर' एल्बम दशौँ गीति एल्बम हो ।

Posted on:May 15, 2009, 7:48 am

लमजुङमा बाली उपचार शिविर

आश गुरुङ 'प्रतीक'
Bali Upachar Groupलमजुङ, बैशाख २८गते ।
बालीनालीमा लाग्ने रोगको पहिचान तथा उपचारका लागि लमजुङको सदरमुकाम वेसीशहरमा बाली उपचार शिविरको आयोजना गरिएको छ । वेसीशहरको झिङ्गे खोलामा आयोजना गरिएको बाली उपचार शिविरमा स्थानीय किसानहरुले आफ्ना खेतवारीमा लगाईएका फलफूल, तरकारी तथा अन्नबाली परीक्षणका लागि ल्याईएकाछन् । मौसम अनुसारको फलफुलका बोट तथा विरुवाहरु सुन्तला, कागती, भोगटे, निबुवा, कफी, साथै तरकारीमा काउली, बन्दा, घिरौँला, कुविण्डो, फर्सी, अन्नबालीमा मकै लगायतका खाद्यावस्तुलाई किसानहरुले परीक्षणका लागि ल्याउने गरेकाछन् । पछिल्लोपटक लगाईएका बालीनालीमा रोगको प्रकोप बढ्न थालेपछि यस्तो कार्यक्रमको आयोजना गरेको आयोजक वर्ल्ड भिजनर् इन्टरनेश्नल नेपाल लमजुङ एडीपीका जिविकोपार्जन कार्यक्रमका संयोजक अनिलचन्द्र न्यौपानेले जानकारी दिनुभएको छ ।
ग्लोबल प्लान्ट क्लिनिक बेलायतको प्राविधिक सहयोगमा वर्ल्ड भीजन, जिल्ला कृषि विकास कार्यालय लमजुङ, सीड नेपाल, फिडापा नेपाल र सेकोड नेपालको संयुक्त आयोजनामा बाली उपचार शिविरको आयोजना गरिएको हो । सदरमुकाम वेसीशहरमा हिजो आईतवार पहिलोपटक आयोजना गरिएको शिविरमा करीब डेढसय किसानहरुले आफ्ना खेतवारीमा लगाईका फलफूल १२, तरकारी ११ र अन्नबाली एक गरि २४ थरिका खाद्यवस्तुहरुलाई परीक्षण तथा उपचारका लागि ल्याएका थिए । बाली उपचार शिविरमा सदरमुकाम वेसीशहर, गाउँशहर, उदीपुर, बाँझाखेत, चण्डीस्थान लगायतका गाविसका कृषकहरुले सहभागिता जनाएका थिए । बाली उपचार शिविर आगामी महिनादेखि हरेक महिनाको अन्तिम शनिवार आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि लमजुङमा पहिलोपटक गत बैशाख १९ गते सुन्दबजारमा बाली उपचार शिविरको आयोजना गरिएको थियो ।
Bali upchar kratahur

bali sewa

Posted on:May 10, 2009, 9:12 pm

घलेगाउँमा दशौँ महोत्सवको आयोजना हुँदै

आश गुरुङ 'प्रतीक'
Ghale Gaun Mahotsavलमजुङ, बैशाख २३ गते ।
सार्कराष्ट्रको नमुना गाउँ लमजुङको घलेगाउँमा दशौ घलेगाउँ आज बुधवारदेखि शुरु भएको छ ।
तमु जातिको उद्गमस्थल घलेगाउँ जाउँ, आन्तरिक तथा बाहृय पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउँ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव पर्सी २५ गतेसम्म चल्ने छ । महोत्सवको नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष तथा सभाषद् पासाङ शेर्पाले एक समारोहबीच उद्घाटन गनुभयो ।

कला र संस्कृति साथै स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामाग्रीलाई प्रदर्शन गर्ने क्रियाकलापलाई जारी राखि बोटानिकल गार्डेन र गुरुङ संग्रहालयको संरक्षण, चिया बगानको ब्यवस्थापन, विद्युतीकरण, ईन्टरनेट साथै गाउँको विद्यालयमा अंग्रेजी माध्यममका पढाईलाई प्रवर्द्धन गर्नका लागि दशौ घलेगाउँ महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका संरक्षक प्रेम घलेले जानकारी दिनुभएको छ ।
घलेगाउँवाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेश, लगायतका हिमश्रृङ्खलाहरु नजिकैवाट नियाल्न सकिन्छ । समुन्द्री सतहदेखि करीब २ हजार १ सय मीटरको उचाईरमा रहेको घलेगाउँ सदरमुकाम वेसीशहरवाट दुईघण्टाको मोटरयात्रापछि १५ मिनेट हिँडेर पुग्न सकिन्छ । घलेगाउँमा २०५७ सालदेखि हरेकवर्षमहोत्सवको आयोजना हुँदै आएको छ ।

Posted on:May 5, 2009, 9:20 pm

१२ बर्षिय बालकलाई 'लमजुङ लोकतारा' को उपाधि

आश गुरुङ 'प्रतीक'
Lok TaraLok Tara लमजुङ, बैशाख १९ गते
६० जना प्रतिष्पर्धीलाई उछिन्दै १२ बषिर्य एक बालकले लमजुङ लोकताराको उपाधि जितेका छन् ।
लमजुङ सदरमुकाम बेसीशहरमा गत वैशाख १२ गतेदेखि सञ्चालन भएको लमजुङ लोकतारा खोजी अभियान अर्न्तर्गत आज शनिवार भएको फाइनल राउण्डमा १२ बर्षिय विशाल तामाङले लमजुङ लोकताराको उपाधि जितेका हुन् ।
लमजुङको भुलभुले गाउँ विकास समितिको वडा नं ३, भुस्मे गाउँमा जन्मिएर हाल विद्याविकास उच्च माध्यमिक विद्यालय बेसीशहरमा कक्षा ४ मा अध्ययनरत तामाङले लोकताराको उपाधिसहित नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कारस्वरुप जितेका छन् । कूल ३ सय पूर्णाङ्कमा उनले २ सय ५४ अंक प्राप्त गरेका थिए ।
तीन चरणमा गरी सम्पन्न गरिएको लोकतारा छनौट कार्यक्रम अडिसन राउण्ड, परीक्षण राउण्ड र फाइनल राउण्ड गरी तीन चरणमा सम्पन्न गरिएको थियो ।

Posted on:May 2, 2009, 8:06 am

मनास्लु हिमालसम्म पदमार्ग खुल्यो

आश गुरुङ 'प्रतीक'
Manasalu Himalलमजुङ, बैशाख १९ गते । ग्रामीण पर्यटनको संभावना बोकेको लमजुङमा पर्ने मनास्लु हिमाल आरोहणका लागि पदमार्ग खुलेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गतवर्षदेखि हिमाल आरोहणका लागि अनुमति खुल्ला गरेपछि पदमार्ग खुलेको हो । पदमार्गलाई नेपाल पर्वतारोहण संघ र बाह्रथरे पर्यटन विकास समितिले अध्ययन तथा र्सर्भे गरिसककेको छ । पूर्वी लमजुङको पर्यटकीय गाउँ हिलेटक्सारबाट बाह्रपोखरी, कोँम्रोँडाँडा मेमेपोखरी हुँदै मनास्लु बेस क्याम्प पुगेपछि मनास्लु हिमाल आरोहण गर्न सकिन्छ । हिमाल आरोहणका लागि थप एक हप्तासहित तीन हप्ता लाग्ने र दुईहप्तामा मनास्लु बेस क्याम्प पुगेपछि पूर्व घुमेर ईलमपोखरी-राईनासकोट-पाउँदी हुँदै सदरमुकाम वेसीशहर आउन सकिने छ भने मनास्लु बेस ब्याम्पबाट ङादी-भुलभुले हुँदै बेसीशहर आईपुग्ने बाटो तयार भएको छ ।
आठहजार एकसय ६३ मीटरको उचाईमा रहेको मनास्लु हिमालसम्मको पदमार्गलाई स्थानीय वासिन्दाले डा. हर्क गुरुङ अथवा बाह्रथरे डाँडा पदमार्ग नामाङ्ककरण गर्नका लागि प्रस्ताव गरेका बाह्रथरे पर्यटन विकास तथा हिलेटक्सार ग्रामीण पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष खेमजंग गुरुङले बताउनुभएको छ । मनास्लु हिमाल आरोहण तथा बेश क्याम्प घुम्न जानेका लागि हिलेटक्सारमा होमस्टेको ब्यवस्था समेत मिलाएको गुरुङले वताउनुभयो । हिलेटक्सार जानका लागि सदरमुकाम वेसीशहरबाट पैदल तीन घण्टा र मोटरवाट निर्माणसम्पन्न मध्यमर्स्याङ्दी जलविद्युत परियोजना क्षेत्र फलियासाँघु-चिती हुँदै तीनघण्टामा पुग्न सकिन्छ ।
पदमार्गका विभिन्न ठाउँवाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण रेन्ज, लमजुङ, डाक्टर अर्क गुरुङ हिमाल (ङादी चुली-पिक २९), हिमालचुली, बुद्ध लगायतका साढे एक दर्जनभन्दा बढी हिमश्रृङ्खला देख्न सकिन्छ । त्यस्तै, पर्यटकहरुले मौसममा लालीगुराँसदेखि लिएर चाँप, बुकी, सुनफूल लगायतका बास्नायुक्त फूलहरुको अवलोकन गर्न पाउनेछन् । पदमार्ग वरपर रहेका डाँफेमुनालदेखि कस्तुरी, मृग, घोरल, लोपुन्मुख काँडेभ्याकुर लगायतलाई पर्यटकले सजिलै देख्न सक्नेछन् ।
पदमार्गमा पर्यटकका लागि क्याम्पिङ र्साईटहरु पर्याप्तमात्रामा रहेका र ठाउँठाउँमा धर्मशालाहरु पनि भएकाले खासै समस्या नहुने नेपाल पर्वतारोहण संघका केन्द्रीय सदस्य बिजय गुरुङले वताउनुभयो । मनास्लु हिमाल आरोहणका लागि पर्यटक अहिलेसम्म नगएपनि बेश क्याम्पसम्म आउने-जाने गरेका स्थानीयवासिन्दाले वताएकाछन् ।

Posted on:May 2, 2009, 4:47 am

लमजुङमा सहकर्मी आश गुरुङ 'प्रतीक' पुरस्कृत

आश गुरुङ 'प्रतीक'
लमजुङमा स्थापना गरिएको 'सिर्जनशील बाल पत्रकारीता पुरस्कार' यस वर्ष लमजुङ सहकर्मी आश गुरुङ 'प्रतीक' लाई प्रदान गरीदैका केही तस्बिरहरु
aash gurung srijansil puraskar bata puraskrit hudai




Posted on:May 1, 2009, 8:18 am