Thursday, August 14, 2014

चट्याङबाट लाखौँको क्षति

युवराज श्रेष्ठ,
लमजुङ, असार १३ गते । लमजुङको बाग्लुङपानी गाविस ४, पुमा गाउँमा परेको चट्याङले ठूलोमात्रामा क्षति पुर्‍याएको छ । गएराती परेको चट्याङले १६ वषर्ीय तुलसी गुरुङ गम्भीर र्घाईते भएकाछन् । उनको सदरमुकाम वेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

चट्याङ लागेर र्सर्ुयकुमारी गुरुङको भैसी, क्षेत्र बहादुर गुरुङको २ वटा भेडा, धनकासी गुरुङ र नन्दकाशी गुरुङको १/१ वटा भेडा, झपेन्द्र गुरुङ र सुनमति विकको २/२ वटा भेडा मरेका छन् । चट्याङले गाँउमा रहेका टिभि र विजुलीका मिटरहरु समेत जलेका छन् स्थानीय शिक्षक दर्ुगाबहादुर गुरुङले जानकारी दिएकाछन् ।

Posted on:June 28, 2011, 1:36 am

No comments:

Post a Comment