Thursday, August 14, 2014

बन्दीहरु फेरि आन्दोलनमा

आश गुरुङ,
लमजुङ, जेठ २९ गते ।
आफ्नो माग पुरा नभएको भन्दै लमजुङ कारागारका वन्दीहरुले फेरि आन्दोलन शुरु गरेका छन् ।
आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै बन्दीहरुले बन्दीगृहको गटेमा तालावन्दी गर्दै आन्दोलन थालेका हुन् ।
बन्दीहरुले टेलिफोन सुविधा, तरकारी काट्ने हतियार, विभिन्न सिप मुलक काम गर्नको लागि चाहिने आवश्यक सामाग्रीहरु दिन वञ्चित गरिएकोले आन्दोलन गरिएको बन्दीहरुको भनाई छ ।

कारागार शाखाका जेलर देवराज अधिकारीले टेलिफोनको सुविधा कुनैपनि कारगारमा नभएकोले सुविधा कटौति गरेको जानकारी दिनुभयो ।
गत वैशाखमा पनि विभिन्न माग राख्दै एक हप्ता सम्म वन्दीहरुले अनसन गरेका थिए । वन्दीहरुका सकरात्मक माग पुरा गर्ने सहमति भएपछि वन्दीहरुले आन्दोलन फिर्ता लिएका थिए । २५ जना क्षमताको लमजुङ कारागारमा हाल ३ जना महिला सहित ३५ जना वन्दीहरु रहेका छन् ।



Posted on:June 12, 2011, 12:07 am

No comments:

Post a Comment