Monday, June 20, 2011

बेपत्ता दुर्इ सैनिकको शव भेटियो, श्रद्धाञ्जली र सलामी अर्पण

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २६ गते ।
लमजुङको मर्स्याङ्दी नदीस्थित जलाशयमा जीप खस्दा बेपत्ता भएका दुर्इ सैनिकको शव आज विहान भेटिएको छ ।
बेसीशहर-डुम्रे सडकखण्ड अन्तरगत लमजुङको उदीपुरको आकासेभीरवाट ७ जना सेना सवार जीप मध्यमर्स्याङ्दीको जलाशयमा हिजो खसेको थियो ।
बेपत्ता सैनिक सर्लाहीका जम्दार कर्णबहादुर बस्नेत र दाङका हवल्दार थमन डाँगीको शव भेटिएको हो । बेपत्ताको शव खोजीका लागि वेसीशहरस्थित रणबम गणका गणपति नवराज गुरुङको नेतृत्वमा झण्डै ७० जना सेना, प्रहरी र स्थानीयवासिन्दा खटिएका थिए । मध्यमर्स्याङ्दीको जलाशयको पानी घटाएर निकालिएको शवलाई पोष्टमार्टमपछि आज दिउँसो आ-आफ्नो घरतर्फपठार्इएको छ ।
शवलाई घर पठाउनुअघि नेपाली सेनाको रणबम गण वेसीशहरले शोकधुनसहित अन्तिम श्रद्धाञ्जली र सलामी अर्पण गरेका थिए । सो अवसरमा रणबम गणका गणपति नवराज गुरुङ, लमजुङका प्रहरी नायब उपरीक्षक सन्दीप भण्डारी, नेपाली सेनाको वेसीशहर-चामे सडक निर्माण कार्यदल गणका निमित्त गणपति मणि पाण्डे लगायतले पनि श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सुन्दरबजारबाट सदरमुकाम बेसीसहर तर्फजाँदै गरेको बा ३ च ४०५१ नम्बरको टोयोटा जीप सडकबाट मर्स्याङ्दी नदीमा खस्दा हिजो बर्दिया घर भएका सैनिक जवान अर्जुन चौधरीको मृत्यू भएको थियो । दुर्घटनामा ४ जना सैनिक घार्इते भएका थिए । घार्इते १ को लमजुङमा र ३ जनाको काठमाडौँमा उपचार भईरहेको छ ।












तस्वीरमाः सैनिक जम्दार कर्णबहादुर बस्नेत र हवल्दार थमन डाँगीको शवलाई अन्तिम सलामी एवं श्रद्धाञ्जली अर्पण गर्दै नेपाली सेना साथै सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:December 12, 2010, 6:32 am

No comments:

Post a Comment