Thursday, August 14, 2014

लमजुङको सिङ्दीमा पहिलोपटक महोत्सव

आश गुरुङ
, लमजुङ, बैशाख ४ गते ।
लमजुङको दर्ुगम तथा विकट सिङ्दी गाउँमा आज आईतवारवाट प्रथम सिङ्दी पर्यटन महोत्सव २०६८ शुरु भएको छ ।
स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण एवं सर्ंवर्द्धन गर्नुका साथै पर्यटन वर्षसन् २०११ लाई सफल बनाउन आयोजना गरिएको महोत्सवको पर्ूव पर्यटन मन्त्री एवं सभाषद् पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।

महोत्सवको उद्घाटन गर्दै सभासद् गुरुङले नेपालमा पर्यटन पर््रवर्द्धनका लागि ग्रामीण क्षेत्रका वासिन्दाको महत्वपर्ूण्ा योगदान रहेको वताए । सरकारी क्षेत्रवाट सोँचेअनुसारको सहयोग पर्यटनको क्षेत्रमा नभएको उल्लेख गर्दै गुरुङले पर्यटन वर्षसफल बनाउन सरकारले ग्रामीण क्षेत्रमा पनि उत्तिकै सहयोग गर्नुपर्ने वताए । युवाशक्ति विदेश पलायन भईरहेको अवस्थामा ग्रामीण पर्यटनको अवधारणालाई अवलम्बन गरि गाउँगाउँमा बाहृय तथा आन्तरिक पर्यटक भित्र्याउन सकेमा युवाहरुको शक्तिले गाउँ विकासमा सहयोग पुग्ने उनको भनाई छ ।

महोत्सवको उद्घाटन सत्रमा पसगाउँ गाउँ विकास समितिका निवर्तमान अध्यक्ष बलराम गुरुङ, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

लमजुङ सदरमुकाम वेसीशहरवाट मुस्किलले एक दिनमा पुग्न सकिने सिङ्दी गाउँ कास्की जिल्ला अन्तरगत मिजुरेडाँडा गाविसको सिमानामा पर्दछ । पसगाउँ गाउँ विकास समिति वडा नम्बर १ देखि ४ सम्मको सिङ्दी गाउँमा २ सय ५० घरधुरी एकैठाउँमा गुचुमुच्च छन् । समुन्द्री सतहदेखि १ हजार ६ सय मीटरको उचाईमा अवस्थित सिङ्दी गाउँ सदरमुकाम वेसीशहरदेखि बाग्लुङपानी, घलेगाउँ, भुजुङ, पसगाउँ हुँदै र पोखरादेखि थुन्सेकोट, पाखुरीकोट, नागिधार हुँदै पुग्न सकिन्छ ।

त्यस्तै, दमौलीदेखि भोर्लेटार-रामबजार र पोखरा बेगनासदेखि रामबजार, गिलुङ, टक्सार, भोँजे, चरागाउँ, कुम्लुङ, पसगाउँ हुँदै पनि सिङ्दी गाउँ पुग्न सकिन्छ ।

सिङ्दीस्थित सत्यसेवा युवा क्लवको आयोजनामा गरिएको महोत्सवमा गुरुङ सँस्कृतिमा आधारित सोरठी, घाँटू, कृष्णचरित्र, सर्ेका लगायत झाँकीको पर््रदर्शनी गरिनुका साथै स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामाग्री, दैनिक जीवनका सामाग्री तथा स्थानीय कृषि सामाग्री लगायतको पर््रदर्शन गरिएको छ ।

महोत्सव नेपाल पर्यटन बोर्डको पर््रवर्द्धन, जिल्ला विकास समिति लमजुङ र पसगाउँ गाउँ विकास समितिको प्रायोजनमा भईरहेको आयोजक समितिका संयोजक एवं क्लवका अध्यक्ष भूमिसुब्बा गुरुङले जानकारी दिए । महोत्सव २ दिनसम्म संचालन हुने छ ।

Singdi

Posted on:April 18, 2011, 5:44 am

No comments:

Post a Comment