Sunday, July 17, 2011

ढुंगाले लागेर एक सैनिकको मृत्यू

आश गुरुङ,
२ जना गम्भीर
लमजुङ, साउन १ गते । निर्माणाधिन वेसीशहर चामे सडक निर्माण कार्यगणको मनाङ धारापानी गाविस १, सिरानतालमा रहेको अस्थायी क्याम्पमा ढुंगा खस्दा एक सैनिकको मृत्यू भएको छ । २ जना सैनिक गम्भीर र्घाईते भएकाछन् ।

आईतवार विहान भीरवाट खसेको ढुंगाले लागेर काभ्रे जिल्ला श्यामपाती गाविस १ घर भएका ४० बषिर्य नेपाली सेनाका प्राविधिक, हवलदार कुमारसिंह तामाङको घटनास्थलमै मृत्यू भएको हो ।

ढुंगाले लागेर लमजुङ, वेसीशहर ५ का उमेश राउत र नुवाकोट छाप गाविस ५ का सेलपोत तामाङ गम्भीर र्घाईते भएकाछन् ।
उनीहरुलाई हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौँ लगिएको वेसीशहर चामे सडक निर्माण कार्यगण वेसीशहरले जनाएको छ ।

Posted on:July 17, 2011, 6:12 am
http://www.elamjung.com/local_view.php?id=3118

No comments:

Post a Comment