Saturday, July 16, 2011

आफूलाई बचाउन 'ब्लड क्यान्सर' पीडित पूणिर्माको आग्रह

आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, असार ३१ गते । ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङले आफूलाई बचाउन सवैलाई आग्रह गर्नुभएको छ । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन नसकेको भन्दै सवैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

ब्लड क्यान्सरवाट पीडित पूणिर्मा गत असार १२ गतेदेखि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । 'मलाई बाँच्ने चाहना छ, मलाई बचाएर सवैले मानवीय ब्यवहार देखाईदिनुहुन अनुरोध छ' पूणिर्माले भन्नुभयो, 'तपाईहरुले सहयोग गरेमा मैले नयाँ जीवन पाउने छु ।' यसवर्षो एसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तर्ीण्ा हुन सफल पूणिर्माको पढेर गाउँघरका दुःखी, दर्रि्र तथा असाहयहरुको सेवा गर्ने ठूलो धोको छ ।

पूणिर्माले आफूलाई सहयोग गर्ने महानुभावका लागि लमजुङ सदरमुकाम वेसीशहरको बैंकमा खाता खोल्नुभएको छ । पूणिर्मा गुरुङले आफ्नै नाममा रिलायबल फाईनान्स लिमिटेड, शाखा कार्यालय वेसीशहर, लमजुङमा ००३००००५४७२५ नम्बरको खाता खोल्नुभएको हो । उहाँले आफ्नो खातामा सहयोग रकम जम्मा गरेर आफ्नो जीवन बचाईदिनुनहुन विशेष गरि आफ्नो गाउँघरवाट विदेश जानुभएका सवै दाज्युभाइ तथा दिदिबहिनीहरुलाई आग्रह गर्नुभएको छ । र सहयोगका लागि पूणिर्माले आफ्नो फूपू टेकमाया गुरुङको मोवाईल नम्बर ९८४६१२७९९१ मा सर्म्पर्क गर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।

पूणिर्माको सहयोगका लागि पोखरावाट पनि सहयोग रकम संकलन कार्य तीब्र पारिएको छ । पोखराको सिटि डेभलपमेन्ट बैंकमा खोलिएको खाता नम्बर ००१०००००६०१ एच -ज्) मा ३३ हजार ८ सय ८८ रुपैँया रकम जम्मा भएको छ । दोहा कतारबाट दर्ुगाप्रसाद र्राईले पोखराको सिटि डेभलपमेन्ट बैंकमा पूणिर्माको पर्ूण्ा स्वास्थ लाभको कामना गर्दै ५ हजार ४ सय ९९ जम्मा गर्नुभएको छ ।


http://www.elamjung.com/local_view.php?id=3116

Posted on:July 15, 2011, 2:36 am

No comments:

Post a Comment