Thursday, August 14, 2014

लमजुङमा जीप दर्ुघटना हुँदा १० जना र्घाईते

आश गुरुङ,
३ जनाको अवस्था गम्भीर
लमजुङ, जेठ ८ गते ।
लमजुङको घलेगाउँवाट सदरमुकाम वेसीशहरतर्फआउँदै गरेको जीप आज आईतवार दिउँसो दर्ुघटना हुँदा १० जना र्घाईते भएकाछन् । र्घाईतेमध्ये ३ जना गम्भीर छन् ।
ग १ च ३८०४ नम्बरको महिन्द्रा जीप वेसीशहर-भुजुङ हरित सडक अन्तरगतको घलेगाउँ र काँडेल्होँ बीचको साप्ले घुम्ती मोड्ने क्रममा दर्ुघटना भएको प्रत्यक्षदर्शीहरुले वताएकाछन् ।

र्घाईते हुनेमा भुजुङ गाविस ६ का ८७ बषिर्य किमलाल गुरुङ, २१ बषिर्या शुसिला गुरुङ, १२ बषिर्या यमकुमारी गुरुङ, भुजुङ ८ हाल वेसीशहर २ का रामकुमार गुरुङ, सोमबहादुर गुरुङ, भुजुङ ५ का ८० बषिर्य पर्ूण्ाबहादुर गुरुङ, भोटेओडार गाविस ८ का २१ बषिर्या करुणा कार्की, उत्तरकन्या गाविस ५ का २० बषिर्य विकास घले, कास्की पोखरा उपमहानगरपालिका वडा नम्बर १३ संगमटोलका २८ बषिर्य डीलबहादुर गुरुङ र १६ बषिर्या एलिना गुरुङ रहेकाछन् ।

गम्भीर र्घाईते किमलाल, शुसिला र सोमबहादुरलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा लगिएको छ । बाँकीको जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।

जीपमा भित्र र छतमा गरि करीब २० जना यात्रु थिए । जिपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
Jeep accident in Ghalegaun to Besisahar
Jeep accident in Ghalegaun to Besisahar
Jeep accident in Ghalegaun to Besisahar

Posted on:May 22, 2011, 7:02 am

No comments:

Post a Comment