Thursday, August 14, 2014

एकान्तमा बोलाएर विद्यार्थीमाथि कुटपिट

आश गुरुङ,
लमजुङ, असार ३ गते । लमजुङका एक विद्यार्थीलाई युवाहरुले शुक्रवारे कार्यक्रमस्थलवाट एकान्तमा बोलाएर कुटपिट गरेकाछन् ।
कुटपिटवाट सुन्दरबजारस्थित आदर्श बाल उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १८ बषिर्य विद्यार्थी देवेन्द्र गिरी र्घाईते भएकाछन् । विद्यालय प्राङ्गणमा शुक्रवार दिउँसो शुक्रवारे अतिरिक्त कार्यक्रम भईरहेको बेला गिरीलाई एकान्तमा बोलाएर भोटेओडारका युवाहरुले कुटपिट गरेका हुन् । कुटपिटपछि र्घाईते गिरीको सदरमुकाम वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि पोखरा लगिएको छ । र्घाईते गिरीले आफूमाथि उनीहरुले आक्रमण गर्नुको कारण थाह नभएको बताए । उनका अनुसार कुटपिटमा ६/७ जना युवाहरु संलग्न थिए । केहीको नाम चिनेपनि अन्यलाई अनुहारमा चिनेको तर नाम नचिनेको उपचारका क्रममा रहेका गिरीले वताए ।

दोषीलाई तत्काल पक्राउ गरि कार्वाही गर्न माग गर्दै सुन्दरबजारका वासिन्दाले सिउँडीबारदेखि पश्चिमी लमजुङ छुट्ने यातायातका साधन शुक्रवार दिउँसो ३ घण्टा अवरुद्ध पारेका थिए । स्थानीयवासिन्दाको आन्दोलनका कारण सुन्दरबजारका बजार समेत बन्द भएको थियो । प्रहरीले उनीहरुको खोजी गरि कार्वाही गर्ने आश्वासन दिएपछि उनीहरुले शनिवार ७ बजेसम्मका लागि आन्दोलन फिर्ता लिएकाछन् । प्रहरीले कुटपिटमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
Devendra Giri<="" a="">

Posted on:June 17, 2011, 11:10 pm

No comments:

Post a Comment