Wednesday, July 6, 2011

जनगणनामा मिथ्याङ्क ः जनजाति

आश गुरुङ,
लमजुङ, असार १७ गते । असार ३ गतेदेखि शुरु भएको राष्ट्रिय जनगणनाका क्रममा गणकहरुले तथ्याङ्कका सट्टा मिथ्याङ्क संकलन गरेको लमजुङका आदिवासी जनजातिले आरोप लगाएका छन् ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङले यस पटककको तथ्याङ्क संकलनले आदिवासी जनजातिको अस्तित्व खतरामा पारेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

गणकहरुले घरमुलीको अनुपस्थितिमा छोराछोरीसंग सोधेर तथ्याङ्क संकलन गरेको, आधिकांश जनजातिको घरहरुमा मातृभाषा नेपाली लेखेको, गणकहरुले मातृभाषा र धर्म नसोधिकन आफूखुसी लेखेको, हृयोल्मो जातिलाई तामाङ लेखेको, प्रतिवन्धित सिसाकलम प्रयोग गरेको, विभिन्न जातिले बोल्ने दोश्रो भाषालाई पनि नसोधिकनै खस भाषा लेखेर तथ्याङ्क संकलन गरेको आदिवासी समन्वय परिषद् लमजुङले आरोप लगाएको छ ।

परिषद्का अध्यक्ष खेमजंग गुरुङले यसपटकको जनगणनामा आदिवासी जनजाति, दलित तथा पिछडाबर्गलाई उपेक्षित गरि राजनीतिक नियुक्ती र भाइभतिजालाई जागिर खुवाउने काम मात्रै गरेको आरोप लगाए ।

Posted on:July 2, 2011, 2:07 am


No comments:

Post a Comment