Wednesday, July 6, 2011

लमजुङको जनसंख्या २२ प्रतिशतले घट्यो

आश गुरुङ,
लमजुङ, असार १७ गते । दश बर्षछि गरिएको राष्ट्रिय जनगणनामा लमजुङको जनसंख्या २२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । नेपालको भने २ दशमलव १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

जिल्ला जनगणना कार्यालयका अनुसार लमजुङमा २०५८ को जनगणनामा १ लाख ७७ हजार १ सय ५९ जनसंख्या रहेकोमा यस वर्षो जनगणनामा १ लाख ६२ हजार मात्रै हुने अनुमान गरिएको छ ।

'प्रारम्भिक तथ्याङ्क सरर्सर्दी हर्ेदा लमजुङको जनसंख्या २२ प्रतिशतले घट्ने देखिन्छ' जिल्ला जनगणना कार्यालयका प्रमुख पुष्पराज पौडेलले भने, 'जिल्लाका विकट २० देखि २५ गाविसको जनसंख्या यसवर्षघटेको छ ।' वैदेशिक रोजगारी, वसाइसराइँ, अध्ययन लगायतका कारणले जनसंख्या घटेको पौडेलको भनाई छ ।

लमजुङमा महिलाको जनसंख्या भने २० प्रतिशतले बढेको जनगणना कार्यालयले जनाएको छ । पुरुषहरु बैदेशिक रोजगार र अध्ययनमा जिल्ला बाहिर गएकाले महिलाको जनसंख्या बढी देखिएको हो । लमजुङमा बैदेशिक रोजगारमा संलग्नको संख्या अत्याधिक बढी हुने देखिएपनि यसको यकीन तथ्याङ्क निकाल्न नसकिएको कार्यालय प्रमुख पौडेलले वताए । उनका अनुसार यस बर्षहिन्दू धर्मलम्बीको संख्या कम र अन्य धर्मलाम्बीको संख्या बढेको छ ।

'कोही नछुटौं, कोही नदोहोरिऔ' भन्ने नाराका साथ भएको एघारौं राष्ट्रिय जनगणनामा संकलन गरिएका फारमहरु केन्द्रीय कार्यालयमा पठाउने तयारी भईरहेको जनगणना कार्यालयले जनाएको छ । गत असार ३ देखि १३ गतेसम्म संचालन गरिएको जनगणना कार्यमा लमजुङका ६१ गाविसमा २ सय ५४ गणक तथा ६८ जना सुपरिवेक्षकहरु स्थलगत रुपमा खटिएका थिए ।

Posted on:July 2, 2011, 2:03 am

No comments:

Post a Comment