Saturday, July 9, 2011

विदेशी पर्यटकको पासपोर्ट र नगद चोरी

युवराज श्रेष्ठ,
लमजुङ, असार २३ गते । विश्वविख्यात अन्नपर्ूण्ा पदमार्ग घुम्न गएका एक विदेशी पर्यटकको सामान लमजुङमा चोरी भएको छ ।
फिलिपिन्स नागरिक लोट्टा केसी नेनको चालिस हजार रुपैयाँ नगद, पासपोर्ट र एक थान मोवाईल सेट चोरी भएको हो ।
लमजुङ सदरमुकाम वेसीशहरको मनाङ्गेचौतारास्थित होटल माउण्टेन कैलाशमा बास बस्न पुगेका नेनको सामाग्री चोरी भएपछि उनले आज विहिवार प्रहरीमा उजुरी दिएकाछन् ।

गएराती अबेर कोठावाट खाना खाएर फर्किँदा आफ्नो सामान कोठामा नभएको नेनले वताएकाछन् ।
यसबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिएकाछन् ।

Posted on:July 8, 2011, 9:09 pm

No comments:

Post a Comment