Wednesday, July 6, 2011

'ब्लड क्यान्सर' पीडितद्धारा सहयोगको याचना

आश गुरुङ
आश गुरुङ, लमजुङ, असार २० गते । ब्लड क्यान्सरवाट पीडित लमजुङकी एक युवतीले आफूलाई सहयोगका लागि आग्रह गरेकीछन् ।
पर्ूर्वी लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङले आफूलाई सहयोग गर्न याचना गरेकी हुन् । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन ज्यादै कठिनाई परेको भन्दै उपचारमा सहयोग गरेर आफ्नो जीवन रक्षाका लागि सहयोग गरिदिन पूणिर्माले आग्रह गरेकी हुन् ।

ब्लड क्यान्सरवाट पीडित पूणिर्मा गत असार १२ गतेदेखि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार गरिरहेकीछन् । पूणिर्माकी फुपू तेजमाया गुरुङले घरायसी आर्थिक अवस्था ज्यादै नाजुक भएका पूणिर्मालाई सहयोग गरिदिनुहुन सवैलाई आग्रह गरेकीछन् ।
पूणिर्मालाई सहयोग गर्नुहुने महानुभावले टेकमाया गुरुङको फोन नम्बर ९८४६१२७९९१ मा सर्म्पर्क गर्नुहुन परिवारजनले अनुरोध गरेकीछन् । पूणिर्माको परिवारले बैंकमा आफ्नो खाता नभएकाले पूणिर्मालाई सहयोग गर्नुहुने महानुभावले टेकमाया गुरुङको प्यासिफिक डेभलपमेन्ट बैंक, बेसीशहर, लमजुङको खाता नम्बर ००१००७३७४५ र राष्ट्रिय बाणिज्य बैंक, वेसीशहर, लमजुङ शाखाको खाता नम्बर ९८७६ मा रकम जम्मा गरिदिनुहुन अनुरोध समेत गरेको छ ।





Posted on:July 4, 2011, 6:28 am

1 comment: