Wednesday, July 6, 2011

रेडियो लमजुङ आजबाट दोस्रो वर्षा प्रवेशर्

इलमजुङ समाचारदाता
लमजुङको सदरमुकाम बेसीसहरबाट प्रशारण भैरहेको रेडियो लमजुङ ८८.४ मेगाहर्ज आजबाट दोस्रो वर्षा प्रवेश गरेको छ । २०६७ साल असार २० गते आजैको दिन रेडियो लमजुङले परिक्षण प्रशारण शुरु गरेको थियो ।

गाउँसहर गाउँ विकास समितिको वडा नं. १ आलडाँडामा स्टेशन राखी सदरमुकाम बेसीसहरको शेराबजारस्थित स्टुडियोबाट प्रशारण हुँदै आएको यस रेडियोको एक वर्षो अबधीमा सहयोग, मायाँ र सल्लाह सुझाव दिनुहुने समस्त श्रोता तथा विज्ञापनदाता र सहयोगी निकायप्रति रेडियो लमजुङका अध्यक्ष राजकुमार पाण्डेले धन्यबाद ज्ञापन गरेकाछन् ।

शान्ति, विकास र लोकतन्त्रको लागि प्रतिबद्ध रही विकासका लािग सकरात्मक आवाजका रुपमा प्रशारण भैरहेको यस रेडियो आगामी दिनमा पनि आफ्नो प्रतिवद्धता प्रति विचलित नहुने रेडियोका अध्यक्ष पाण्डेले आज विहान एक शन्देश प्रकाशित गरी जनाएकाछन् । लमजुङका सञ्चारकर्मी, विकासकर्मी तथा उद्योगीब्यबसायी सम्मिलित सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो लमजुङको एक वर्षो यो यात्रामा रेडियोबाट खसभाषा, गुरुङ भाषा र तामाङ भाषामा समाचार प्रशारण गर्नुका साथै विभिन्न किसिमका सचेतनामुलक, मनोरञ्जनमुलक र जानकारीमुलक कार्यक्रमहरुपनि प्रशारण हुँदै आएको छ ।

नागरिकमा सही, सत्य र निश्पक्ष खबर थाहा पाउने अधिकारलाई सुनिश्चित गर्दै रेडियोले प्रत्येक २ घण्टाको फरकमा लमजुङ खबरका साथै रेडियो नेपाल, साझा खबर, नेपाल दर्पण, विविसी नेपाली सेवा लगायतका समाचारहरु पनि प्रशारण गर्दै आएको छ । रेडियोबाट, बालबालिका, युवा, बृद्धा, महिला तथा विभिन्न जातजाती तथा धर्मलाई समेट्नेगरी, शिक्षा, पर्यटन, स्वास्थ्य, जनजिवन, साहित्य आदि क्षेत्रका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नागरिकका र्सवपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उचो राख्न, सरकारले लागु गरेको ऐन नियम, सुचना तथा सञ्चार सहकारीको विधान, पत्रकारिताको आचार संहिता, अनुकुल रही स्थापना भएको सूचना तथा सञ्चार सहकारीद्धारा सञ्चालित यस रेडियो लमजुङले आम नागरिकको गुणस्तरीय, सत्य-तथ्य र निश्पक्ष सूचना प्राप्त गर्ने हकको सम्मान गर्दै सकारात्मक शोचको विकासमा टवा पुर्‍याउने उद्देश्य राखेको अध्यक्ष पाण्डेद्धारा जारी शन्देशमा उल्लेख छ । हाम्रा सामाग्री स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पर्ूण्ा, सकारात्मक शोचको विकास गर्ने खालको र इमानदार रेडियो लमजुङ प्रतिवद्ध छ, अनि हामी जसका बारेमा लेख्छौं र बोल्छौं उनीहरुलाई सम्मान गर्नेमा प्रतिबद्ध पनि छौं शन्देशमा उल्लेख छ ।

रेडियोको दोस्रो वर्षप्रवेशको अबसरमा समस्त स्रोता, विज्ञापनदाता, सहयोगी निकाय, सहकर्मी कर्मचारी आदी सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि भरपुर सहयोगको अपेक्षा रेडियोले गरेको छ ।
लमजुङका सबै श्रोतासामु रेडियोको पहुँच पुर्‍याउन आगामी दिनमा रेडियोले आफ्नो भुमिका कायम राख्ने छ । विविध कारणबस आजका दिन मनाउन नसकिएको बाषिर्क उत्सव कार्यक्रम र सहरकारीको साधारणसभा साउन पहिलो हप्तामा गरिने रेडियोका अध्यक्षले वताए । एक वर्षप्रवेश गरेको उपलक्ष्यमा सूचना तथा सञ्चार सहकारीले लमजुङमै पहिलो पटक लमजुङ खबर नामक दैनिक पत्रिका समेत प्रकाशनमा ल्याएको छ ।

Posted on:July 4, 2011, 6:43 am

No comments:

Post a Comment