Tuesday, June 28, 2011

उत्कृष्ट होमस्टे पुरस्कार लमजुङको रोट्रयाक्ट क्लवलाइ

सन्देश पौडेल,
लमजुङ, असार १४ गते । अन्तराष्ट्रिय युवा सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङले ३ वटा राष्टिय पुरस्कार प्राप्त गरेको छ । क्लवले लमजुङको पर्यटन पर््रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समयमा सञ्चालन गरेको पर्यटकीय गतीबिधि र होमस्टे कार्यक्रमलाइ उत्कृष्ट कार्यक्रम ठहर गरी रोट्रयाक्टको राष्ट्रिय मुल समीतीले पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट होमस्टे कार्यक्रम लगायत, उत्कृष्ट सम्मेलन आयोजक तथा उत्कृष्ट ब्यवस्थापकको रुपमा पनि रोट्रयाक्ट क्लव अफ लमजुङले पुरस्कार प्राप्त गरेको छ ।

नेपाल भ्रमण वर्ष२०११ सफल पार्न देशभरि बिभिन्न पर्यटकीय कार्यक्रमहरु सञ्चालन भइरहेका वेला लमजुङमा पर्यटन पर््रवर्द्धन गर्न रोट्रयाक्ट क्लवले सञ्चालन गरेको होमस्टे कार्यक्रम उत्कृष्ट घोषित भएकोे थियो । लमजुङको पर्यटन पर््रवद्धन गर्न र नेपालको सवै रोट्रयाक्ट कल्वमा आवद्ध युवाहरुलाइ लमजुङमा भित्र्याउन रोट्रयाक्ट क्लव अफ लमजुुङले गत चैत्र १ गते देखी ३ गते सम्म बेसीशहरमा देशभरका रोट्रयाक्ट क्लवका अध्यक्ष सचिव तथा कोषध्यक्षहरुको सम्मेलन आयोजना गरेको थियो ।

सोही अवसर पारेर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका गाँउशहर र गहते मुलकोटको पर्यटन पर््रवर्द्धन गर्न गँाउशहरको काउलेपानी र मुलकोटको गहतेमा होमस्टे कार्यक्रमको सञ्चालन गरिएको थियो । सोही अवसरमा लमजुङको एैतिहासीक महत्व बोकेको पुरानकोट गढीको पनि रोट्रयाक्टहरुले भ्रमण गरेका थिए ।

रोट्रयाक्ट क्लव अफ लमजुङले लमजुङको पर्यटन पवर्द्धनको लागी पर्यटकीय महत्व बोकेका ऐतिहासीक, सास्कृतीक, प्राकृतिकसुनदरता भएका स्थान तथा घलेगाँउ, तातोपानी जस्ता महत्व पर्ुण्ा स्थानमा समय सापेक्ष बिभिन्न पर्यटकीय गतिबिधि सञ्चालन गर्दै आएको छ ।

Posted on:June 28, 2011, 1:44 am

No comments:

Post a Comment