Thursday, October 15, 2020
Tuesday, October 13, 2020
Jhyaure at Lamjung
Jhyaure dance is usually performed the western part of the Nepal. In Jhyaure dance at first the song start at slow pace and at later it sung it fast pace and the dancer will dance as per the rhythm of the song.
It is popular among Gurung and Magar communties.
Thursday, August 14, 2014
चट्याङबाट लाखौँको क्षति
युवराज श्रेष्ठ,
लमजुङ, असार १३ गते । लमजुङको बाग्लुङपानी गाविस ४, पुमा गाउँमा परेको चट्याङले ठूलोमात्रामा क्षति पुर्याएको छ । गएराती परेको चट्याङले १६ वषर्ीय तुलसी गुरुङ गम्भीर र्घाईते भएकाछन् । उनको सदरमुकाम वेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । चट्याङ लागेर र्सर्ुयकुमारी गुरुङको भैसी, क्षेत्र बहादुर गुरुङको २ वटा भेडा, धनकासी गुरुङ र नन्दकाशी गुरुङको १/१ वटा भेडा, झपेन्द्र गुरुङ र सुनमति विकको २/२ वटा भेडा मरेका छन् । चट्याङले गाँउमा रहेका टिभि र विजुलीका मिटरहरु समेत जलेका छन् स्थानीय शिक्षक दर्ुगाबहादुर गुरुङले जानकारी दिएकाछन् ।
Posted on:June 28, 2011, 1:36 am
एकान्तमा बोलाएर विद्यार्थीमाथि कुटपिट
आश गुरुङ,
लमजुङ, असार ३ गते । लमजुङका एक विद्यार्थीलाई युवाहरुले शुक्रवारे कार्यक्रमस्थलवाट एकान्तमा बोलाएर कुटपिट गरेकाछन् । कुटपिटवाट सुन्दरबजारस्थित आदर्श बाल उच्च माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत १८ बषिर्य विद्यार्थी देवेन्द्र गिरी र्घाईते भएकाछन् । विद्यालय प्राङ्गणमा शुक्रवार दिउँसो शुक्रवारे अतिरिक्त कार्यक्रम भईरहेको बेला गिरीलाई एकान्तमा बोलाएर भोटेओडारका युवाहरुले कुटपिट गरेका हुन् । कुटपिटपछि र्घाईते गिरीको सदरमुकाम वेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार गरि थप उपचारका लागि पोखरा लगिएको छ । र्घाईते गिरीले आफूमाथि उनीहरुले आक्रमण गर्नुको कारण थाह नभएको बताए । उनका अनुसार कुटपिटमा ६/७ जना युवाहरु संलग्न थिए । केहीको नाम चिनेपनि अन्यलाई अनुहारमा चिनेको तर नाम नचिनेको उपचारका क्रममा रहेका गिरीले वताए ।
दोषीलाई तत्काल पक्राउ गरि कार्वाही गर्न माग गर्दै सुन्दरबजारका वासिन्दाले सिउँडीबारदेखि पश्चिमी लमजुङ छुट्ने यातायातका साधन शुक्रवार दिउँसो ३ घण्टा अवरुद्ध पारेका थिए । स्थानीयवासिन्दाको आन्दोलनका कारण सुन्दरबजारका बजार समेत बन्द भएको थियो । प्रहरीले उनीहरुको खोजी गरि कार्वाही गर्ने आश्वासन दिएपछि उनीहरुले शनिवार ७ बजेसम्मका लागि आन्दोलन फिर्ता लिएकाछन् । प्रहरीले कुटपिटमा संलग्नहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
Posted on:June 17, 2011, 11:10 pm
बन्दीहरु फेरि आन्दोलनमा
आश गुरुङ,
लमजुङ, जेठ २९ गते । आफ्नो माग पुरा नभएको भन्दै लमजुङ कारागारका वन्दीहरुले फेरि आन्दोलन शुरु गरेका छन् ।
आफ्नो माग प्रति वेवास्ता गरेको भन्दै बन्दीहरुले बन्दीगृहको गटेमा तालावन्दी गर्दै आन्दोलन थालेका हुन् ।
बन्दीहरुले टेलिफोन सुविधा, तरकारी काट्ने हतियार, विभिन्न सिप मुलक काम गर्नको लागि चाहिने आवश्यक सामाग्रीहरु दिन वञ्चित गरिएकोले आन्दोलन गरिएको बन्दीहरुको भनाई छ ।
कारागार शाखाका जेलर देवराज अधिकारीले टेलिफोनको सुविधा कुनैपनि कारगारमा नभएकोले सुविधा कटौति गरेको जानकारी दिनुभयो ।
गत वैशाखमा पनि विभिन्न माग राख्दै एक हप्ता सम्म वन्दीहरुले अनसन गरेका थिए । वन्दीहरुका सकरात्मक माग पुरा गर्ने सहमति भएपछि वन्दीहरुले आन्दोलन फिर्ता लिएका थिए । २५ जना क्षमताको लमजुङ कारागारमा हाल ३ जना महिला सहित ३५ जना वन्दीहरु रहेका छन् ।
Posted on:June 12, 2011, 12:07 am
जनगणनामा मिथ्याङ्क ः जनजाति
आश गुरुङ,
लमजुङ, असार १७ गते । असार ३ गतेदेखि शुरु भएको राष्ट्रिय जनगणनाका क्रममा गणकहरुले तथ्याङ्कका सट्टा मिथ्याङ्क संकलन गरेको लमजुङका आदिवासी जनजातिले आरोप लगाएका छन् । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङले यस पटककको तथ्याङ्क संकलनले आदिवासी जनजातिको अस्तित्व खतरामा पारेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
गणकहरुले घरमुलीको अनुपस्थितिमा छोराछोरीसंग सोधेर तथ्याङ्क संकलन गरेको, आधिकांश जनजातिको घरहरुमा मातृभाषा नेपाली लेखेको, गणकहरुले मातृभाषा र धर्म नसोधिकन आफूखुसी लेखेको, हृयोल्मो जातिलाई तामाङ लेखेको, प्रतिवन्धित सिसाकलम प्रयोग गरेको, विभिन्न जातिले बोल्ने दोश्रो भाषालाई पनि नसोधिकनै खस भाषा लेखेर तथ्याङ्क संकलन गरेको आदिवासी समन्वय परिषद् लमजुङले आरोप लगाएको छ ।
परिषद्का अध्यक्ष खेमजंग गुरुङले यसपटकको जनगणनामा आदिवासी जनजाति, दलित तथा पिछडाबर्गलाई उपेक्षित गरि राजनीतिक नियुक्ती र भाइभतिजालाई जागिर खुवाउने काम मात्रै गरेको आरोप लगाए ।
Posted on:July 2, 2011, 2:07 am
लमजुङमा जीप दर्ुघटना हुँदा १० जना र्घाईते
आश गुरुङ,
३ जनाको अवस्था गम्भीरलमजुङ, जेठ ८ गते ।
लमजुङको घलेगाउँवाट सदरमुकाम वेसीशहरतर्फआउँदै गरेको जीप आज आईतवार दिउँसो दर्ुघटना हुँदा १० जना र्घाईते भएकाछन् । र्घाईतेमध्ये ३ जना गम्भीर छन् ।
ग १ च ३८०४ नम्बरको महिन्द्रा जीप वेसीशहर-भुजुङ हरित सडक अन्तरगतको घलेगाउँ र काँडेल्होँ बीचको साप्ले घुम्ती मोड्ने क्रममा दर्ुघटना भएको प्रत्यक्षदर्शीहरुले वताएकाछन् ।
र्घाईते हुनेमा भुजुङ गाविस ६ का ८७ बषिर्य किमलाल गुरुङ, २१ बषिर्या शुसिला गुरुङ, १२ बषिर्या यमकुमारी गुरुङ, भुजुङ ८ हाल वेसीशहर २ का रामकुमार गुरुङ, सोमबहादुर गुरुङ, भुजुङ ५ का ८० बषिर्य पर्ूण्ाबहादुर गुरुङ, भोटेओडार गाविस ८ का २१ बषिर्या करुणा कार्की, उत्तरकन्या गाविस ५ का २० बषिर्य विकास घले, कास्की पोखरा उपमहानगरपालिका वडा नम्बर १३ संगमटोलका २८ बषिर्य डीलबहादुर गुरुङ र १६ बषिर्या एलिना गुरुङ रहेकाछन् ।
गम्भीर र्घाईते किमलाल, शुसिला र सोमबहादुरलाई लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार पछि थप उपचारका लागि पोखरा लगिएको छ । बाँकीको जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
जीपमा भित्र र छतमा गरि करीब २० जना यात्रु थिए । जिपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।
Posted on:May 22, 2011, 7:02 am
लमजुङको सिङ्दीमा पहिलोपटक महोत्सव
आश गुरुङ
, लमजुङ, बैशाख ४ गते । लमजुङको दर्ुगम तथा विकट सिङ्दी गाउँमा आज आईतवारवाट प्रथम सिङ्दी पर्यटन महोत्सव २०६८ शुरु भएको छ ।
स्थानीय भाषा, कला र संस्कृतिको संरक्षण एवं सर्ंवर्द्धन गर्नुका साथै पर्यटन वर्षसन् २०११ लाई सफल बनाउन आयोजना गरिएको महोत्सवको पर्ूव पर्यटन मन्त्री एवं सभाषद् पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे ।
महोत्सवको उद्घाटन गर्दै सभासद् गुरुङले नेपालमा पर्यटन पर््रवर्द्धनका लागि ग्रामीण क्षेत्रका वासिन्दाको महत्वपर्ूण्ा योगदान रहेको वताए । सरकारी क्षेत्रवाट सोँचेअनुसारको सहयोग पर्यटनको क्षेत्रमा नभएको उल्लेख गर्दै गुरुङले पर्यटन वर्षसफल बनाउन सरकारले ग्रामीण क्षेत्रमा पनि उत्तिकै सहयोग गर्नुपर्ने वताए । युवाशक्ति विदेश पलायन भईरहेको अवस्थामा ग्रामीण पर्यटनको अवधारणालाई अवलम्बन गरि गाउँगाउँमा बाहृय तथा आन्तरिक पर्यटक भित्र्याउन सकेमा युवाहरुको शक्तिले गाउँ विकासमा सहयोग पुग्ने उनको भनाई छ ।
महोत्सवको उद्घाटन सत्रमा पसगाउँ गाउँ विकास समितिका निवर्तमान अध्यक्ष बलराम गुरुङ, स्थानीय राजनीतिक दलका प्रतिनिधि, शिक्षक, समाजसेवी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
लमजुङ सदरमुकाम वेसीशहरवाट मुस्किलले एक दिनमा पुग्न सकिने सिङ्दी गाउँ कास्की जिल्ला अन्तरगत मिजुरेडाँडा गाविसको सिमानामा पर्दछ । पसगाउँ गाउँ विकास समिति वडा नम्बर १ देखि ४ सम्मको सिङ्दी गाउँमा २ सय ५० घरधुरी एकैठाउँमा गुचुमुच्च छन् । समुन्द्री सतहदेखि १ हजार ६ सय मीटरको उचाईमा अवस्थित सिङ्दी गाउँ सदरमुकाम वेसीशहरदेखि बाग्लुङपानी, घलेगाउँ, भुजुङ, पसगाउँ हुँदै र पोखरादेखि थुन्सेकोट, पाखुरीकोट, नागिधार हुँदै पुग्न सकिन्छ ।
त्यस्तै, दमौलीदेखि भोर्लेटार-रामबजार र पोखरा बेगनासदेखि रामबजार, गिलुङ, टक्सार, भोँजे, चरागाउँ, कुम्लुङ, पसगाउँ हुँदै पनि सिङ्दी गाउँ पुग्न सकिन्छ ।
सिङ्दीस्थित सत्यसेवा युवा क्लवको आयोजनामा गरिएको महोत्सवमा गुरुङ सँस्कृतिमा आधारित सोरठी, घाँटू, कृष्णचरित्र, सर्ेका लगायत झाँकीको पर््रदर्शनी गरिनुका साथै स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामाग्री, दैनिक जीवनका सामाग्री तथा स्थानीय कृषि सामाग्री लगायतको पर््रदर्शन गरिएको छ ।
महोत्सव नेपाल पर्यटन बोर्डको पर््रवर्द्धन, जिल्ला विकास समिति लमजुङ र पसगाउँ गाउँ विकास समितिको प्रायोजनमा भईरहेको आयोजक समितिका संयोजक एवं क्लवका अध्यक्ष भूमिसुब्बा गुरुङले जानकारी दिए । महोत्सव २ दिनसम्म संचालन हुने छ ।
Posted on:April 18, 2011, 5:44 am
Sunday, July 17, 2011
ढुंगाले लागेर एक सैनिकको मृत्यू
आश गुरुङ,
२ जना गम्भीर लमजुङ, साउन १ गते । निर्माणाधिन वेसीशहर चामे सडक निर्माण कार्यगणको मनाङ धारापानी गाविस १, सिरानतालमा रहेको अस्थायी क्याम्पमा ढुंगा खस्दा एक सैनिकको मृत्यू भएको छ । २ जना सैनिक गम्भीर र्घाईते भएकाछन् ।
आईतवार विहान भीरवाट खसेको ढुंगाले लागेर काभ्रे जिल्ला श्यामपाती गाविस १ घर भएका ४० बषिर्य नेपाली सेनाका प्राविधिक, हवलदार कुमारसिंह तामाङको घटनास्थलमै मृत्यू भएको हो ।
ढुंगाले लागेर लमजुङ, वेसीशहर ५ का उमेश राउत र नुवाकोट छाप गाविस ५ का सेलपोत तामाङ गम्भीर र्घाईते भएकाछन् ।
उनीहरुलाई हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौँ लगिएको वेसीशहर चामे सडक निर्माण कार्यगण वेसीशहरले जनाएको छ ।
Posted on:July 17, 2011, 6:12 am
http://www.elamjung.com/local_view.php?id=3118
Saturday, July 16, 2011
आफूलाई बचाउन 'ब्लड क्यान्सर' पीडित पूणिर्माको आग्रह
आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, असार ३१ गते । ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङले आफूलाई बचाउन सवैलाई आग्रह गर्नुभएको छ । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन नसकेको भन्दै सवैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।ब्लड क्यान्सरवाट पीडित पूणिर्मा गत असार १२ गतेदेखि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । 'मलाई बाँच्ने चाहना छ, मलाई बचाएर सवैले मानवीय ब्यवहार देखाईदिनुहुन अनुरोध छ' पूणिर्माले भन्नुभयो, 'तपाईहरुले सहयोग गरेमा मैले नयाँ जीवन पाउने छु ।' यसवर्षो एसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तर्ीण्ा हुन सफल पूणिर्माको पढेर गाउँघरका दुःखी, दर्रि्र तथा असाहयहरुको सेवा गर्ने ठूलो धोको छ ।
पूणिर्माले आफूलाई सहयोग गर्ने महानुभावका लागि लमजुङ सदरमुकाम वेसीशहरको बैंकमा खाता खोल्नुभएको छ । पूणिर्मा गुरुङले आफ्नै नाममा रिलायबल फाईनान्स लिमिटेड, शाखा कार्यालय वेसीशहर, लमजुङमा ००३००००५४७२५ नम्बरको खाता खोल्नुभएको हो । उहाँले आफ्नो खातामा सहयोग रकम जम्मा गरेर आफ्नो जीवन बचाईदिनुनहुन विशेष गरि आफ्नो गाउँघरवाट विदेश जानुभएका सवै दाज्युभाइ तथा दिदिबहिनीहरुलाई आग्रह गर्नुभएको छ । र सहयोगका लागि पूणिर्माले आफ्नो फूपू टेकमाया गुरुङको मोवाईल नम्बर ९८४६१२७९९१ मा सर्म्पर्क गर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।
पूणिर्माको सहयोगका लागि पोखरावाट पनि सहयोग रकम संकलन कार्य तीब्र पारिएको छ । पोखराको सिटि डेभलपमेन्ट बैंकमा खोलिएको खाता नम्बर ००१०००००६०१ एच -ज्) मा ३३ हजार ८ सय ८८ रुपैँया रकम जम्मा भएको छ । दोहा कतारबाट दर्ुगाप्रसाद र्राईले पोखराको सिटि डेभलपमेन्ट बैंकमा पूणिर्माको पर्ूण्ा स्वास्थ लाभको कामना गर्दै ५ हजार ४ सय ९९ जम्मा गर्नुभएको छ ।
http://www.elamjung.com/local_view.php?id=3116
Posted on:July 15, 2011, 2:36 am
Saturday, July 9, 2011
विदेशी पर्यटकको पासपोर्ट र नगद चोरी
युवराज श्रेष्ठ,
लमजुङ, असार २३ गते । विश्वविख्यात अन्नपर्ूण्ा पदमार्ग घुम्न गएका एक विदेशी पर्यटकको सामान लमजुङमा चोरी भएको छ । फिलिपिन्स नागरिक लोट्टा केसी नेनको चालिस हजार रुपैयाँ नगद, पासपोर्ट र एक थान मोवाईल सेट चोरी भएको हो ।
लमजुङ सदरमुकाम वेसीशहरको मनाङ्गेचौतारास्थित होटल माउण्टेन कैलाशमा बास बस्न पुगेका नेनको सामाग्री चोरी भएपछि उनले आज विहिवार प्रहरीमा उजुरी दिएकाछन् ।
गएराती अबेर कोठावाट खाना खाएर फर्किँदा आफ्नो सामान कोठामा नभएको नेनले वताएकाछन् ।
यसबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिएकाछन् ।
Posted on:July 8, 2011, 9:09 pm
Wednesday, July 6, 2011
माओवादीद्धारा बन्द मर्स्याङदी-२ संचालनमा आउने
आश गुरुङ,
लमजुङ, असार २१ गते । डेढ बर्षघि एकीकृत नेकपा माओवादीले बन्द गराएको माथिल्लो मर्स्याङदी-२ जलविद्युत परियोजनाको निर्माणकार्य शुचारु हुने भएको छ । भारतीय कम्पनी जीएमआरको लगानीमा हिमताल हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६ सय मेगावाट क्षमताको परियोजना खुलाउन माओवादी सकरात्मक देखिएपछि यसको निर्माणकार्य शुचारु हुने भएको हो ।डीपीआर तयारी भईरहँदा आदिवासी जनजाति र राष्ट्रिय हित विपरित भएको भन्दै एकीकृत माओवादीको भातृसंगठन तमू राष्ट्रिय मुक्तिमोर्चाले अघिल्लो वर्षो फागुन ३ गते परियोजनाको परीक्षण शुरुङ ताघ्रिङको स्याँगेमा झण्डा गाडेर निर्माणकार्य बन्द गराएका थिए ।
परियोजनाको निर्माणकार्य अगाडि बढाउन काठमाडौँमा वसेको तमू राष्ट्रिय मुक्ति मोर्चा, लमजुङका ४ राजनीतिक दल, जलविद्युत पर््रवर्द्धन समिति, परियोजना निर्माण कम्पनी जीएमआरका प्रमुखप्रतिनिधि, लमजुङका सभाषद्हरु सम्मिलित र्सवपक्षीय बैठकमा तत्कालका लागि परियोजनाको निर्माणकार्य अगाडि बढाउने सहमति भएको एकीकृत माओवादी लमजुङका सेक्रेटरी लालबहादुर गुरुङले जानकारी दिएकाछन् । परियोजनाको निर्माणकार्य सूचारुका लागि यसअघि पटक-पटक भएको वार्ता र छलफल विना निश्कर्षटुङ्गएिको थियो । परियोजना खुलाउन माओवादी र उसको भातृ संगठन तमू राष्ट्रिय मुक्तिमोर्चामाथि चौतर्फी दबाब परिरहेको बेला काठमाडौँमा भएको बैठकमा माओवादीले परियोजना खुलाउन सहमति जनाएको हो । राष्ट्रिय स्वाधिनताको पक्षमा भन्दै यसअघि भारतीय लगानीका सवै परियोजनाहरु बन्द गर्ने क्रममा माओवादीले माथिल्लो मर्स्याङ्दी २ परियोजना समेत बन्द गराएको थियो । परियोजना बन्द गराएपछि हिमताल हाईड्रो पावर कम्पनीले डीपीआरको निर्माणकार्य नसकिँदै उर्जा मन्त्रालयमा रिपोर्ट बुझाएको थियो ।
अहिले एकाएक माओवादीले जीएमआरद्धारा निर्माणाधिन परियोजना सूचारु गर्ने सहमति जनाएपनि यसको कारणभने केही खुलाएको छैन । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीलाई भारतीय दबाब आएपछि परियोजना खुलाउन केन्द्रीय नेतृत्व सकरात्मक देखिएको श्रोतले वतायो । यसअघि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पक्ष खुलाउनुपर्ने र प्रचण्ड-बैद्यपक्ष कुनैपनि हालतमा खुलाउन नदिने पक्षमा उभिएका थिए । परियोजना खुलाउने विषयमा माओवादीका बैद्यपक्ष भने अझै असन्तुष्ट देखिएकाछन् । बैठकमा सहभागि तमू राष्ट्रिय मुक्तिमोर्चाका सल्लाहकार संयोजक एवं माओवादी स्थायी समिति सदस्य देव गुरुङले, सरकारले छुट्टै उर्जा नीति नबनाएसम्म तत्कालका लागि उत्पादन अनुमतिमा रोक लगाउने तर, त्यस भन्दा पहिले डीपीआर र वातावरणीय प्रभाव मुल्याङ्कनका काम भने गर्न दिईने वताए । बैठकमा एमाले पोलिटब्यूरो सदस्य तथा लमजुङ क्षेत्र नम्बर २ वाट निर्वाचित सभाषद् पृथ्वीसुब्बा गुरुङ, तमू राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष अमर तमू, लमजुङ क्षेत्र नम्बर २ वाट एकीकृत माओवादीतर्फाट निर्वाचित सभाषद् बुद्धिराम गुरुङ, राप्रपा महामन्त्री हेमजंग गुरुङ, एकीकृत माओवादी लमजुङकार् इन्चार्ज देवेन्द्र पराजुली, कांग्रेस सभापति कृष्णप्रसाद कोईराला, एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, जलविद्युत पर््रवर्द्धन समितिका संयोजक स्थानीय विकास अधिकारी उत्तमप्रसाद नागिला, जलविद्युत निर्माण कम्पनीका राष्ट्रिय निर्देशक लगायत सहभागि थिए ।
तस्विरमाः उत्तरी लमजुङको स्याँगेमा निर्माण भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको परीक्षण शुरुङमा २०६६ फागुन ३ गते झण्डा गाढ्दै तमू राष्ट्रिय मुक्ति मोर्चा सम्मिलित माओवादी कार्यकर्ताहरु ।
फाईल तस्विरः आश गुरुङ
http://www.elamjung.com/local_view.php?id=3112
रेडियो लमजुङ आजबाट दोस्रो वर्षा प्रवेशर्
इलमजुङ समाचारदाता
लमजुङको सदरमुकाम बेसीसहरबाट प्रशारण भैरहेको रेडियो लमजुङ ८८.४ मेगाहर्ज आजबाट दोस्रो वर्षा प्रवेश गरेको छ । २०६७ साल असार २० गते आजैको दिन रेडियो लमजुङले परिक्षण प्रशारण शुरु गरेको थियो । गाउँसहर गाउँ विकास समितिको वडा नं. १ आलडाँडामा स्टेशन राखी सदरमुकाम बेसीसहरको शेराबजारस्थित स्टुडियोबाट प्रशारण हुँदै आएको यस रेडियोको एक वर्षो अबधीमा सहयोग, मायाँ र सल्लाह सुझाव दिनुहुने समस्त श्रोता तथा विज्ञापनदाता र सहयोगी निकायप्रति रेडियो लमजुङका अध्यक्ष राजकुमार पाण्डेले धन्यबाद ज्ञापन गरेकाछन् ।
शान्ति, विकास र लोकतन्त्रको लागि प्रतिबद्ध रही विकासका लािग सकरात्मक आवाजका रुपमा प्रशारण भैरहेको यस रेडियो आगामी दिनमा पनि आफ्नो प्रतिवद्धता प्रति विचलित नहुने रेडियोका अध्यक्ष पाण्डेले आज विहान एक शन्देश प्रकाशित गरी जनाएकाछन् । लमजुङका सञ्चारकर्मी, विकासकर्मी तथा उद्योगीब्यबसायी सम्मिलित सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो लमजुङको एक वर्षो यो यात्रामा रेडियोबाट खसभाषा, गुरुङ भाषा र तामाङ भाषामा समाचार प्रशारण गर्नुका साथै विभिन्न किसिमका सचेतनामुलक, मनोरञ्जनमुलक र जानकारीमुलक कार्यक्रमहरुपनि प्रशारण हुँदै आएको छ ।
नागरिकमा सही, सत्य र निश्पक्ष खबर थाहा पाउने अधिकारलाई सुनिश्चित गर्दै रेडियोले प्रत्येक २ घण्टाको फरकमा लमजुङ खबरका साथै रेडियो नेपाल, साझा खबर, नेपाल दर्पण, विविसी नेपाली सेवा लगायतका समाचारहरु पनि प्रशारण गर्दै आएको छ । रेडियोबाट, बालबालिका, युवा, बृद्धा, महिला तथा विभिन्न जातजाती तथा धर्मलाई समेट्नेगरी, शिक्षा, पर्यटन, स्वास्थ्य, जनजिवन, साहित्य आदि क्षेत्रका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
नागरिकका र्सवपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उचो राख्न, सरकारले लागु गरेको ऐन नियम, सुचना तथा सञ्चार सहकारीको विधान, पत्रकारिताको आचार संहिता, अनुकुल रही स्थापना भएको सूचना तथा सञ्चार सहकारीद्धारा सञ्चालित यस रेडियो लमजुङले आम नागरिकको गुणस्तरीय, सत्य-तथ्य र निश्पक्ष सूचना प्राप्त गर्ने हकको सम्मान गर्दै सकारात्मक शोचको विकासमा टवा पुर्याउने उद्देश्य राखेको अध्यक्ष पाण्डेद्धारा जारी शन्देशमा उल्लेख छ । हाम्रा सामाग्री स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पर्ूण्ा, सकारात्मक शोचको विकास गर्ने खालको र इमानदार रेडियो लमजुङ प्रतिवद्ध छ, अनि हामी जसका बारेमा लेख्छौं र बोल्छौं उनीहरुलाई सम्मान गर्नेमा प्रतिबद्ध पनि छौं शन्देशमा उल्लेख छ ।
रेडियोको दोस्रो वर्षप्रवेशको अबसरमा समस्त स्रोता, विज्ञापनदाता, सहयोगी निकाय, सहकर्मी कर्मचारी आदी सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि भरपुर सहयोगको अपेक्षा रेडियोले गरेको छ ।
लमजुङका सबै श्रोतासामु रेडियोको पहुँच पुर्याउन आगामी दिनमा रेडियोले आफ्नो भुमिका कायम राख्ने छ । विविध कारणबस आजका दिन मनाउन नसकिएको बाषिर्क उत्सव कार्यक्रम र सहरकारीको साधारणसभा साउन पहिलो हप्तामा गरिने रेडियोका अध्यक्षले वताए । एक वर्षप्रवेश गरेको उपलक्ष्यमा सूचना तथा सञ्चार सहकारीले लमजुङमै पहिलो पटक लमजुङ खबर नामक दैनिक पत्रिका समेत प्रकाशनमा ल्याएको छ ।
Posted on:July 4, 2011, 6:43 am
'ब्लड क्यान्सर' पीडितद्धारा सहयोगको याचना
आश गुरुङ
आश गुरुङ, लमजुङ, असार २० गते । ब्लड क्यान्सरवाट पीडित लमजुङकी एक युवतीले आफूलाई सहयोगका लागि आग्रह गरेकीछन् । पर्ूर्वी लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङले आफूलाई सहयोग गर्न याचना गरेकी हुन् । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन ज्यादै कठिनाई परेको भन्दै उपचारमा सहयोग गरेर आफ्नो जीवन रक्षाका लागि सहयोग गरिदिन पूणिर्माले आग्रह गरेकी हुन् ।
ब्लड क्यान्सरवाट पीडित पूणिर्मा गत असार १२ गतेदेखि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार गरिरहेकीछन् । पूणिर्माकी फुपू तेजमाया गुरुङले घरायसी आर्थिक अवस्था ज्यादै नाजुक भएका पूणिर्मालाई सहयोग गरिदिनुहुन सवैलाई आग्रह गरेकीछन् ।
पूणिर्मालाई सहयोग गर्नुहुने महानुभावले टेकमाया गुरुङको फोन नम्बर ९८४६१२७९९१ मा सर्म्पर्क गर्नुहुन परिवारजनले अनुरोध गरेकीछन् । पूणिर्माको परिवारले बैंकमा आफ्नो खाता नभएकाले पूणिर्मालाई सहयोग गर्नुहुने महानुभावले टेकमाया गुरुङको प्यासिफिक डेभलपमेन्ट बैंक, बेसीशहर, लमजुङको खाता नम्बर ००१००७३७४५ र राष्ट्रिय बाणिज्य बैंक, वेसीशहर, लमजुङ शाखाको खाता नम्बर ९८७६ मा रकम जम्मा गरिदिनुहुन अनुरोध समेत गरेको छ ।
Posted on:July 4, 2011, 6:28 am
दलित प्रेमीसंग छुटाएपछि केटीद्धारा आत्महत्या
आश गुरुङ,
लमजुङ, असार १८ गते । दलितसंग प्रेम विवाह गरेर गएको भन्दै आफ्नो परिवार र आफन्तले छुटाएपछि लमजुङका एक किशोरीले आत्महत्या गरेकीछन् । लमजुङ धमिलिकुवाका २० बषिर्य राजन सुनारले भगाएर लगेका भलायखर्क गाविस ८, बोराङका कौशिला भनिने १७ बषिर्या प्रतीक्षा न्यौपानेले आफ्नै धन्सारमा, घाँटीमा पासो बेरेर आत्महत्या गरेकी हुन् । भलायखर्कस्थित बोराङको महेन्द्र बाल विकास माविवाट यसबर्षएसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तर्ीण्ा भएकी न्यौपानेलाई चितवनमा स्नातक तह प्रथम वर्षा अध्ययनरत सुनारले जेठ ४ गते भगाएका थिए ।
२ साता संगै बसेका सुनार र न्यौपानेलाई जेठ १७ गते छुटाएर केटीलाई चितवनस्थित आफ्नो दाजुको घरमा राखिएको थियो । आफन्तको सहयोगवाट गत विहिवारमात्रै बोराङस्थित घर आएकी न्यौपानेले शुक्रवार विहान आत्महत्या गरेको उनका बाबु कमलनाथ न्यौपानेले वताए ।
'केही बर्षेखि एकआपसमा प्रेम गरिरहेका सुनार र न्यौपानेको बारे घरपरिवार र आफन्तले थाह पाएपछि आफूलाई भगाउन केटीले केटालाई आग्रह गरेका थिए' नाम प्रशाशित नगर्ने शर्तमा एक स्थानीयले भने, 'केटीले हैरान गरेपछि उनीहरु जेठ ४ गते चितवन भागेका हुन् ।' उनीहरु भागेपछि केटीको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा उनीहरु दुबैलाई चितवन प्रहरीले बोलाएर 'विवाह गर्ने भए उमेर पुगेपछिमात्रै गर्नू' भनेर छुर्टाईदिएको स्थानीय चन्द्रकान्त न्यौपानेले वताए । चारित्रिक प्रमाणपत्रमा केटाको विवाह गर्ने उमेर पुगेपनि केटीको भने १६ बर्षपुरा भएको छैन । केटासंग छुटिएको र गाउँमा आएर सवैले आफूप्रति हर्ेर्ने दृष्टिकोण फरक देखिएकाले केटीले आत्महत्या गरेको हुनसक्ने चन्द्रकान्तले वताए ।
केटीको बाबु कमलनाथले आफ्नो छोरीले आत्महत्या गरेको कारण खुलाई जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको लमजुङका प्रहरी प्रमुख सन्दिप भण्डारीले वताए । दलित केटासंग गएकी छोरीलाई छुटाएर ल्याएपछि आफ्नो छोरीले आत्महत्या गरेको कमलनाथको जाहेरीमा जनाईएको छ । मृतक न्यौपानेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा शनिवार पोष्टमार्टम गरिएको छ ।
Posted on:July 2, 2011, 7:08 am
जनगणनामा मिथ्याङ्क ः जनजाति
आश गुरुङ,
लमजुङ, असार १७ गते । असार ३ गतेदेखि शुरु भएको राष्ट्रिय जनगणनाका क्रममा गणकहरुले तथ्याङ्कका सट्टा मिथ्याङ्क संकलन गरेको लमजुङका आदिवासी जनजातिले आरोप लगाएका छन् । आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङले यस पटककको तथ्याङ्क संकलनले आदिवासी जनजातिको अस्तित्व खतरामा पारेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।
गणकहरुले घरमुलीको अनुपस्थितिमा छोराछोरीसंग सोधेर तथ्याङ्क संकलन गरेको, आधिकांश जनजातिको घरहरुमा मातृभाषा नेपाली लेखेको, गणकहरुले मातृभाषा र धर्म नसोधिकन आफूखुसी लेखेको, हृयोल्मो जातिलाई तामाङ लेखेको, प्रतिवन्धित सिसाकलम प्रयोग गरेको, विभिन्न जातिले बोल्ने दोश्रो भाषालाई पनि नसोधिकनै खस भाषा लेखेर तथ्याङ्क संकलन गरेको आदिवासी समन्वय परिषद् लमजुङले आरोप लगाएको छ ।
परिषद्का अध्यक्ष खेमजंग गुरुङले यसपटकको जनगणनामा आदिवासी जनजाति, दलित तथा पिछडाबर्गलाई उपेक्षित गरि राजनीतिक नियुक्ती र भाइभतिजालाई जागिर खुवाउने काम मात्रै गरेको आरोप लगाए ।
Posted on:July 2, 2011, 2:07 am
लमजुङको जनसंख्या २२ प्रतिशतले घट्यो
आश गुरुङ,
लमजुङ, असार १७ गते । दश बर्षछि गरिएको राष्ट्रिय जनगणनामा लमजुङको जनसंख्या २२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । नेपालको भने २ दशमलव १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । जिल्ला जनगणना कार्यालयका अनुसार लमजुङमा २०५८ को जनगणनामा १ लाख ७७ हजार १ सय ५९ जनसंख्या रहेकोमा यस वर्षो जनगणनामा १ लाख ६२ हजार मात्रै हुने अनुमान गरिएको छ ।
'प्रारम्भिक तथ्याङ्क सरर्सर्दी हर्ेदा लमजुङको जनसंख्या २२ प्रतिशतले घट्ने देखिन्छ' जिल्ला जनगणना कार्यालयका प्रमुख पुष्पराज पौडेलले भने, 'जिल्लाका विकट २० देखि २५ गाविसको जनसंख्या यसवर्षघटेको छ ।' वैदेशिक रोजगारी, वसाइसराइँ, अध्ययन लगायतका कारणले जनसंख्या घटेको पौडेलको भनाई छ ।
लमजुङमा महिलाको जनसंख्या भने २० प्रतिशतले बढेको जनगणना कार्यालयले जनाएको छ । पुरुषहरु बैदेशिक रोजगार र अध्ययनमा जिल्ला बाहिर गएकाले महिलाको जनसंख्या बढी देखिएको हो । लमजुङमा बैदेशिक रोजगारमा संलग्नको संख्या अत्याधिक बढी हुने देखिएपनि यसको यकीन तथ्याङ्क निकाल्न नसकिएको कार्यालय प्रमुख पौडेलले वताए । उनका अनुसार यस बर्षहिन्दू धर्मलम्बीको संख्या कम र अन्य धर्मलाम्बीको संख्या बढेको छ ।
'कोही नछुटौं, कोही नदोहोरिऔ' भन्ने नाराका साथ भएको एघारौं राष्ट्रिय जनगणनामा संकलन गरिएका फारमहरु केन्द्रीय कार्यालयमा पठाउने तयारी भईरहेको जनगणना कार्यालयले जनाएको छ । गत असार ३ देखि १३ गतेसम्म संचालन गरिएको जनगणना कार्यमा लमजुङका ६१ गाविसमा २ सय ५४ गणक तथा ६८ जना सुपरिवेक्षकहरु स्थलगत रुपमा खटिएका थिए ।
Posted on:July 2, 2011, 2:03 am
Tuesday, June 28, 2011
उत्कृष्ट होमस्टे पुरस्कार लमजुङको रोट्रयाक्ट क्लवलाइ
सन्देश पौडेल,
लमजुङ, असार १४ गते । अन्तराष्ट्रिय युवा सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङले ३ वटा राष्टिय पुरस्कार प्राप्त गरेको छ । क्लवले लमजुङको पर्यटन पर््रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समयमा सञ्चालन गरेको पर्यटकीय गतीबिधि र होमस्टे कार्यक्रमलाइ उत्कृष्ट कार्यक्रम ठहर गरी रोट्रयाक्टको राष्ट्रिय मुल समीतीले पुरस्कार प्रदान गरेको हो । उत्कृष्ट होमस्टे कार्यक्रम लगायत, उत्कृष्ट सम्मेलन आयोजक तथा उत्कृष्ट ब्यवस्थापकको रुपमा पनि रोट्रयाक्ट क्लव अफ लमजुङले पुरस्कार प्राप्त गरेको छ ।नेपाल भ्रमण वर्ष२०११ सफल पार्न देशभरि बिभिन्न पर्यटकीय कार्यक्रमहरु सञ्चालन भइरहेका वेला लमजुङमा पर्यटन पर््रवर्द्धन गर्न रोट्रयाक्ट क्लवले सञ्चालन गरेको होमस्टे कार्यक्रम उत्कृष्ट घोषित भएकोे थियो । लमजुङको पर्यटन पर््रवद्धन गर्न र नेपालको सवै रोट्रयाक्ट कल्वमा आवद्ध युवाहरुलाइ लमजुङमा भित्र्याउन रोट्रयाक्ट क्लव अफ लमजुुङले गत चैत्र १ गते देखी ३ गते सम्म बेसीशहरमा देशभरका रोट्रयाक्ट क्लवका अध्यक्ष सचिव तथा कोषध्यक्षहरुको सम्मेलन आयोजना गरेको थियो ।
सोही अवसर पारेर ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वका गाँउशहर र गहते मुलकोटको पर्यटन पर््रवर्द्धन गर्न गँाउशहरको काउलेपानी र मुलकोटको गहतेमा होमस्टे कार्यक्रमको सञ्चालन गरिएको थियो । सोही अवसरमा लमजुङको एैतिहासीक महत्व बोकेको पुरानकोट गढीको पनि रोट्रयाक्टहरुले भ्रमण गरेका थिए ।
रोट्रयाक्ट क्लव अफ लमजुङले लमजुङको पर्यटन पवर्द्धनको लागी पर्यटकीय महत्व बोकेका ऐतिहासीक, सास्कृतीक, प्राकृतिकसुनदरता भएका स्थान तथा घलेगाँउ, तातोपानी जस्ता महत्व पर्ुण्ा स्थानमा समय सापेक्ष बिभिन्न पर्यटकीय गतिबिधि सञ्चालन गर्दै आएको छ ।
Posted on:June 28, 2011, 1:44 am
चट्याङबाट लाखौँको क्षति
युवराज श्रेष्ठ,
लमजुङ, असार १३ गते । लमजुङको बाग्लुङपानी गाविस ४, पुमा गाउँमा परेको चट्याङले ठूलोमात्रामा क्षति पुर्याएको छ । गएराती परेको चट्याङले १६ वषर्ीय तुलसी गुरुङ गम्भीर र्घाईते भएकाछन् । उनको सदरमुकाम वेसीशहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । चट्याङ लागेर र्सर्ुयकुमारी गुरुङको भैसी, क्षेत्र बहादुर गुरुङको २ वटा भेडा, धनकासी गुरुङ र नन्दकाशी गुरुङको १/१ वटा भेडा, झपेन्द्र गुरुङ र सुनमति विकको २/२ वटा भेडा मरेका छन् । चट्याङले गाँउमा रहेका टिभि र विजुलीका मिटरहरु समेत जलेका छन् स्थानीय शिक्षक दर्ुगाबहादुर गुरुङले जानकारी दिएकाछन् ।
Posted on:June 28, 2011, 1:36 am
यार्सर्ााम्बा ठेकेदारको साढे ४ लाख चोरी
आश गुरुङ,
लमजुङ, असार १२ गते । बहुमुल्य जडिवुटी यार्सर्ााम्बा खरिदका लागि हिमालपारीको जिल्ला मनाङ पुगेका एक ठेकेदारको ४ लाख ५० हजार रुपैँया नगद चोरी भएको छ । मनाङ सदरमुकाम चामे गाउँ विकास समिति वडा नम्बर ४ तिमाङमा रहेको प्रशान्त होटल एण्ड लजमा वास वस्न पुगेका गोरखा जिल्ला लाप्राक घर भएका धनबहादुर गुरुङको रकम चोरी भएको हो ।आफ्नो साथमा रहेको रकमलाई कोठामा राखेर खाना खान गएको बेलामा कोठाको सिसा फोरेर आफ्नो रकम चोरले लगेको पीडित गुरुङले वताए । घटना गत बिहिवारको भएपनि उनले आईतवारमात्रै संचारकर्मीमालाई घटनावारे जानकारी गराएका हुन् ।
घटनावारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।
Posted on:June 28, 2011, 1:27 am
Subscribe to:
Posts (Atom)


