Showing posts with label Babu Ram Battarai. Show all posts
Showing posts with label Babu Ram Battarai. Show all posts
Tuesday, May 24, 2011
कांग्रेस एमाले सरकार गिराउने खेलमाः मन्त्री भट्टर्राई
आश गुरुङ 'प्रतीक'
नेकपा माओवादीद्वारा आईतवार लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको पत्रकार भेटघाछ कार्यक्रममा मन्त्री भट्टर्राईले माओवादी नेतृत्वको सरकार नयाँ संविधानको निर्माण नभएसम्म कसैले चाहेर पनि नढल्ने ठोकुवा गर्नुभयो ।
यथास्थितिवादी र प्रतिगामी शक्तिहरु कोठामा वसेर जनताको संविधान निर्माण हुन नदिन चलखेल गरिरहेको वताउँदै उहाँले यस्तो खेल खेल्नेलाई सरकारवाटै परास्त गर्ने चेतावनी समेत दिनुभयो । संविधान निर्माण र शान्ति विरुद्ध कोही लागिपरे उनीहरु जनतावाट स्वतः अलग हुने उहाँको भनाई थियो ।
सरकारलाई पाकेको आँप भन्नेहरु सत्तामा वस्न नपाएकाले छट्पर्टाईरहेको वताउँदै उनीहरुको सरकार ढाल्ने खेल कहिल्यैपनि पुरा नहुने वताउनुभयो । उहाँले सरकार पाकेको सुनाको आँप भएको भन्दै कहिल्यैपनि नझर्ने वताउनुभयो ।
पत्रकारहरुले सोधेको एक प्रश्नमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्�याउनु र आर्थिक समाजिक रुपान्तरण नै सरकारको मुल दायित्वको कुरा भएको भन्दै मुलुकलाई सही दिसामा डोर्�याउन संक्रमणकालीन अर्थनीति जरुर भएको वताउनुभयो ।
लमजुङ महोत्सव २०६५ को समापन गर्न लमजुङ सदरमुकाम वेसीशहर आउनुभएका मन्त्री भट्टर्राईले पुरानो नेपालको संरचना लमजुङवाट नै भएकाले नयाँ नेपालको शुरुवात पनि लमजुङवाटै गर्नुपर्ने र यसका लागि सवै एकजुट हुनुपर्ने वताउनुभयो । बर्गीय स्वार्थका निम्ति सत्य तथ्यलाई बंग्याउँदै ऐतिहासिक तथ्यलाई स्वीकारेर बहुसंख्यक जनताको म्यानडेडको पालना गर्नुपर्ने वताउनुभयो । सवै वर्ग जातजाति र धर्म संस्कृतिको गणतन्त्र स्थापना गर्नु नै मुख्य चुनौति भएको वताउँदै हिजोका राजालाई लिएर हिँड्नेहरुको हातमा फेरि सत्ता परेमा देश नरहने समेत उहाँले ठोकुवा गर्नुभयो ।
नेपाली जनताको आन्दोलन अझै जारी रहकाले सामन्तवादको केही जरामुरा रहेकाले त्यसलाई पनि सिध्याउनका लागि उहाँले सवैलाई आग्रह गनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको बाक्यलाई सापटी लिँदै उहाँले शान्ति र विकास मुख्य चुनौति भएको वताउँदै यसका लागि अन्तिम लडाइँ अझै जरुर रहेको वताउनुभयो ।
उहाँले आज आईतवार नै निजामति कर्मचारीहरुलाई जनताको काम छिटो गर्न र जनतालाई नोकर नठान्न समेत आग्रह गर्नुभएको थियो । कार्यक्रम जिल्ला विकास समितिको सभाहलमा भएको थियो ।
Posted on:February 15, 2009, 7:29 am
Subscribe to:
Posts (Atom)