Showing posts with label Road Construction. Show all posts
Showing posts with label Road Construction. Show all posts

Thursday, May 19, 2011

मोटरवाटो निर्माणकार्य सम्पन्न

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २२ गते ।
दक्षिणी लमजुङको सत्रसय-विभिरे भञ्ज्याङ-भोर्लेटार सडकको निर्माणकार्य पुरा भएको छ ।
विमिरेभञ्ज्याङदेखि बाङ्ग्रेको रातामाटा र लामासोती हुँदै भोर्लेटार गाविसको धोद्रे र भोर्ले सम्मको साढे १९ किलोमीटार सडकको निर्माणकार्य पुरा भएको हो । जिल्ला विकास समितिले छुट्याएको २० लाख रुपैँया रोक्का गरिएकाले स्थानीयवासिन्दाको सक्रियतामा साढे १२ लाख लगानी गरि बाटो निर्माणगरिएको समितिका अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार अहिले भोर्लेटार पाखुरीचोक हुँदै रानीपानी, पुरानाडिही हुँदै भोर्ले जोड्ने सडकको मर्मतकार्य भईरहेको छ । सो वाटोको मर्मतसंभार सकिएपछि पोखरावाट सिधा लमजुङ सदरमुकाम वेसीशहर चल्ने गरि यातायात संचालनमा ल्याईने समेत अधिकारीले जानकारी दिनुभएको छ । सडकमा मोटर गुड्न थालेपछि भोर्लेटार, इशानेश्वर, बांग्रे, नेटा, धुसेनी, चन्द्रेश्वर, दुराडाँडा, तार्कु लगायत दर्जनभन्दा बढी गाविसका वासिन्दा प्रत्यक्ष लाभान्वित हुनेछन् ।
त्यस्तै, सत्रसय-सिस्नेरी-बागेडाँडा मोटरवाटोको ट्र्याक खोल्ने काम शुरु भएको छ । सात किलोमीटरको सो वाटो निर्माणका लागि करीब १८ लाख रुपैँया लाग्ने बाटो निर्माणसमितिका अध्यक्ष चिनबहादुर गुरुङले वताउनुभयो । स्थानीय आमा समूह युवा क्लब, सामुदायिक बन, खानेपानी योजनाको सहयोग र स्थानीयवासिन्दावाट चन्दा संकलन गरि वाटो निर्माणथालिएको अध्यक्ष गुरुङले वताउनुभयो । उनीहरुले जिल्ला विकास समिति र गाविसले पनि कुनैपनि रकम नछुट्याएका कारण छुट्याउन पहल गरिदिन राजनीतिक दल साथै संवन्धित संघसंस्थालाई अनुरोध गरेकाछन् ।


Posted on:January 6, 2009, 1:38 am