Showing posts with label GBS. Show all posts
Showing posts with label GBS. Show all posts

Sunday, May 15, 2011

गाविसस्तरीय छनौट फुटवल उपाधी बेसीसहरलाई

रबिन राउत लमजुङ

लमजुङ, मंसिर २२ गते - लमजुङको सदरमुकाम वेसीसहरमा भएको गाविस स्तरिय छनौट फुटवल प्रतियोगिताको उपाधी वेसीशहर गाविसले हातपारेको छ ।
गणतान्त्रिक फुटवल महासंघ लमजुङको आयोजनामा भएको फुटवल प्रतियोगितामा वेसीशहरले तीनका विरुद्ध चार गोल गरि सुन्दरबजार ए लाई हरायो । खेलको निर्धारित समय र पछि थप गरिएको समयमा पनि दुवै पक्षले गोल गर्न नसकेपछि बराबरी भएपछिको ट्राइब्रेकरमा बेसीसहरले जीतेको थियो ।
यसैगरी पसगाउँले भोटेवडार रातोलाई ३-१ को अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पसगाउँका उत्तम गुरुङ, र्सवाधिक गोलकर्तामा भोटेवडारका शिवलाल श्रेष्ठ र अनुशासित खेलाडीमा सुन्दरबजारका निरज दुरा छनौट भए । विजयी टिम र उत्कृष्ट खेलाडीलाई गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य एवं गण्डकी अञ्चल संयोजक नरबहादुर पुन मगरले पुरस्कार एवं प्रमाण पत्र वितरण गरेको थियो ।
शसस्त्र द्वन्दकालमा सेनाद्वारा मारिका शहीद पवित्रा पौडेलको स्मृतिमा आयोजना गरिएको गाविसस्तरीय छनौ६ फुटबल प्रतियोगितामा लमजुङका ६१ गाविसमध्ये ४४ टिमले सहभागीता जनाएका गणतान्त्रिक खेलकुद महासंघ लमजुङका अध्यक्ष तथा प्रतियोगिताका संयोजक संयोजक जनक महताराले जानकारी गराए ।

Posted on:December 6, 2008, 11:49 pm

लमजुङका ६१ गाविसलाई साढे ११ करोडको बजेट

रबिन राउत -लमजुङ,

लमजुङ, मंसिर ९ गते - पहाडि जिल्ला लमजुङको ६१ गाउँ विकास समितिलाई यसवर्षनेपाल सरकारले ११ करोड ५३ लाख ८० हजारको बजेट विनियोजन गरेको छ । गणतान्त्रिक नेपालको पहिलो सरकारले विनियोजन गरेको बजेटमा गाविसलाई बढीमा २१ लाख ५० हजार र कम्तीमा १५ लाख छुट्टयाएको छ । जनसंख्या र विकटताको आधारमा नेपाल सरकारले बजेट विनियोजन गरेको हो । सरकारले यसवर्षदेशभरका प्रत्येक गाविसलाई बढीमा ३० लाख र कम्तीमा १५ लाख वजेट विनियोजन गरेको छ ।
जिल्ला विकास समिति लमजुङले दिएको जानकारी अनुसार जिल्लाका ३४ गाविसलाई १९ लाख ५० हजारका दरले ६ करोड ६३ लाख विनियोजन गरिएको छ । त्यस्तै, १२ गाविसलाइ २१ लाख ५० हजारका दरले २ करोड ५८ लाख, १२ गाविसलाई नै १५ लाखका दरले १ करोड ८० लाख र ३ गाविसलाई १७ लाख ६० हजारका दरले ५२ लाख ८० हजार गरि कुल ११ करोड ५३ लाख ८० हजारको बजेट विनियोजन गरेको हो ।
नेपाल सरकारलाई आर्थिक वर्ष०६५/६६ को बजेटका लागि जापान डीआरएफले पनि सहयोग गरेको छ । नेपाल सरकारलाई चालू आर्थिकवर्षा जापानले लागि १ करोड, ५७ लाख ३८ हजार सहयोग गरेको हो । बजेटमध्ये सवैभन्दा बढी २१ लाख ५० हजार पाउने गाविसहरुमा बाहुनडाँडा, वेसीशहर, भोटेओडार, भुलभले, चिती, ढोडेनी, दूधपोखरी, गाउँशहर, घनपोखरा, खुदी, सुन्दरबजार र ताघ्रिङ रहेकाछन् । त्यस्तै, कम पाउने गाविसहरुमा अर्चलवोट, चण्डिस्थान, धुसेनी, गिलुङ, मालिङ, पसगाउँ, पुरानोकोट, समीभञ्ज्याङ, सिन्दुरे, सूयपाल, तार्कु र उत्तरकन्या छन् ।
गणतान्त्रिक नेपालको पहिलो सरकारले विनियोजन गरेको बजेटमा विशेषतः विकट ग्रामीण क्षेत्र र शहजरबजारलाई प्राथामिकता दिईएको छ । शहर र विकटको बीचमा पर्ने गाविसलाई कम प्राथामिकतामा पारेको छ । बजेट गत आर्थिकवर्षो तुलानमा ८९.१४ प्रतिशतले बढी छ । गत आर्थिकवर्षा सरकारले प्रत्येक गाविसलाई १०/१० लाख रुपैँया विनियोजन गरेको थियो ।
बजेटवारे नेकपा माओवादीका नेता मेखबहादुर भण्डारीले बजेट तुलातान्मक हिसावमा बढी भएपनि क्षेत्रगत, विकासगत र जनसंख्यात्मक आधारमा अझैपनि सन्तुलन नमिलेको वताए । त्यसका वावजुत पनि सरकारले मंसिरभित्र निर्देशिका पठाएमा पुस मसान्तसम्म जिल्ला विकास समिति र गाविसको परिषद् गराएर बजेटलाई सदुपयोग गर्ने वताउनुभयो । उनले सरकारले विनियोजन गरेको रकम प्रिmज नहुने दावी गरे । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद कोईरालाले तुलानात्मक र अनुपातमा ठिक भएको वताए, तर जनघनत्वको हिसावमा बजेट अपुग भएको उनको भनाई थियो । अहिलेको वजेट गाविसका लागि पर्याप्त नभएको वताउँदै नेता कोईरालाले हरेक गाविसका लागि कम्तीमा ५० लाखको प्रस्ताब नेपाली कांग्रेसले गरेको वताए । त्यसका वावजुत पनि विनियोजित रकम समयमा आउनुपर्ने र पैसाको दुरुपयोग हुन नहुने वताए । यसका लागि कर्मचारीहरुले समयमा काम गर्नुपर्ने कोईरालाको भनाई थियो ।
नेकपा एमालेका नेता धनञ्जय दवाडीले सरकारले विनियोजन गरेको वजेट सामान्यतया सन्तुलन मिलेको वताए । स्थानीय निकाय नबुन्जेल विनियोजित बजेट सदुपयोग नहुनेमा शंका ब्यक्त गर्दै उनले भने, 'पुसमा जिल्ला परिषद् र गाउँ परिषद् भएपनि सवै रकम ५/६ महिनामा खर्च हुन्छ भन्ने ग्यारेन्टी छैन ।' उनले रकम फि्रज हुने संभावना समेत रहेको वताए ।
हुनपनि स्थानीय निकाय नवनेको अवस्था छ । स्थानीय निकायको पर्ुनर्वहाली नभएका कारण गत आर्थिकवर्षा पनि केहीमात्रामा रकम प्रिmज भएको थियो ।

Posted on:November 24, 2008, 4:58 am