Showing posts with label Maoist. Show all posts
Showing posts with label Maoist. Show all posts

Sunday, June 5, 2011

माओवादी नेता एमालेमा प्रवेश

आश गुरुङ 'प्रतीक'
लमजुङ, साउन ८ गते ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं प्रथम महासचिव पुष्पलाल श्रेष्ठको ३१ औँ स्मृति दिवसका अवसर पारेर एकीकृत नेकपा माओवादीका एक नेता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
एकीकृत नेकपा माओवादी लमजुङ इलाका नं. १ कार् इन्चार्ज तथा माओवादी संवद्ध भूपू संनिक संघ क्रान्तिकारीका अध्यक्ष ठगबहादुर अधिकारी एमालेमा प्रवेश गरेका हुन् ।


अखिल नेपाल महिला संघले बुधवार सदरमुकाम वेसीशहरस्थित मदन-आश्रति स्मृति भवनमा आयोजना गरेको प्रवचन कार्यक्रममा अधिकारीले एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए । एकीकृत माओवादीमा भनाई र गर्राई आकास पातलको फरक रहेका र हतियार देखाएर शान्ति प्रक्रियालाई खल्बलाउने षडयन्त्रमा लागेकाले आफूले एकीकृत माओवादी त्यागेको अधिकारीले सो अवसरमा बताएका थिए । अधिकारीलाई नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा कार्यक्रममका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले टिका, फूल साथै खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
सदरमुकाम वेसीशहरको मदन-आश्रति स्मृति भवनमा आयोजना गरिएको एक कार्यक्रममा सहमागीले पुष्पलालको तस्वीरमा पुष्प तथा अविर अर्पण गरेका थिए । प्रवचन कार्यक्रमलाई संवोधन गर्दै गुरुङले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिका उल्लेखनीय भएको वताउनुभयो ।


एकीकृत माओवादीतर्फइंगित गर्दै उहाँले माओवादीको उग्रपन्थी विचारधारले गर्दा देशमा सँधैको डामाडोल परिस्थिति भईरहेको आरोप लगाउनुभयो । माओवादीको हत्या हिंसात्मक चरित्र अहिले पनि उस्तै रहेकोप्रति आपत्ति जनाउँदै सत्तामा वस्न नपाएपछि माओवादी छट्पटिएको समेत आरोप लगाउनुभयो । उहाँले माओवादी सच्च कम्युनिष्ट पार्टी भए पुष्पलालले देखाएको वाटोमा आएर सिद्धान्त र ब्यवहारमा रहन आग्रह समेत गर्नुभयो । कार्यक्रममा सभाषद् डीबी कार्कीले पुष्पलाल र संयुक्त मोर्चा संवन्धि अवधारणा प्रस्तुत गनुएभएको थियो । एमाले केन्द्रीय सदस्य टुका हमालले पुष्पलालले कम्युनिष्ट पार्टीको निर्माणमा पुर्�याएको योगदान र लोकतान्त्रिकरणको चर्चा गर्नुभएको थियो । कार्यक्रममामा नेकपा एमालेका जिल्ला सचिव मायानाथ अधिकारी, विभिन्न भातृ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पुष्पलालको विचार र सिद्धान्तलाई अंगालेर नयाँ नेपाल निर्माण गर्नुपर्ने धारण राखेका थिए ।


कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा भएको थियो ।

Posted on:July 23, 2009, 3:32 am

Thursday, May 19, 2011

माओवादी सर्वसत्ताबाद अमान्यः कांग्रेस नेता रिजाल

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २५ गते ।
नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्रप्रसाद रिजालले माओवादीले एकदलीय, र्सवसत्तावाद र कम्युनिष्ट तानाशाही शासन नेपालमा स्थापना गर्न खोजको आरोप लगाउनुभएको छ ।
प्रेस युनियन लमजुङद्वारा सदरमुकाम वेसीशहरस्थित बीपी स्मृति भवनमा आज शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता रिजालले माओवादीले संविधान लेखन र निर्माणको कार्यलाई ओझेलमा पारेको समेत आरोप लगाउनुभयो । उहाँले कसैलाई धम्क्याएर, कुटपिटि गरेर वा घाँटी रेटेर गणतन्त्रको स्थापना नहुने संविधान नलेखिने समेत वताउनुभयो । माओवादीको ब्यहारमा परिवर्तन नआए संविधान निर्माण नहुन पनि सक्ने रिजालले वताउनुभयो ।
१२ बुँदे समझदारीदेखि अहिलेसम्मको सहमति र सहकार्यलाई माओवादीले विर्सेर कांग्रेमाथि दोष थुपारी माओवादी संविधान निर्माण कार्यवाट उम्कन खोजेको समेत रिजालले आरोप लगाउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गर्ने सहमति हुँदाहुँदै पनि माओवादीले र्सवसत्ताबाद लाद्न खोजेको र एकदलीय, र्सवसत्तावद र कम्युनिष्ट तानाशाही शासन नेपालमा स्थापना गरेर देखाउन रिजालले माओवादीलाई चेतावनी समेत दिनुभयो ।
पत्रकारहरुले सोधेको एक प्रश्नमा नेता रिजालले माओवादी नेतृत्वको सरकारले नेपालमा शालिकराम जम्मरकट्टेलको राज स्थापना गर्न खोजेको आरोप लगाउँदै नेता रिजालले भन्नुभयो, 'माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मुख बोलेर के भो, कहिल्यै ब्यबहारमा उतारको छैन ।' उहाँले कब्जा गरिएका जनताका सम्पत्ति अझै फिर्ता गर्नेमा शंका गर्दै 'प्रचण्ड'लाई आफूले गरेका सम्झौता सहामतिको ईमान्दारीका पालन गर्न आग्रह गर्नुभयो । नेता रिजालले सहमति र सम्झौता अनुसार सरकारको कामकार्वाहीको वारे संसदीय अनुगमन समिति निर्माण गर्न समेत माग गर्नुभयो । सरकारमा वसेर जनताका ईच्छा आकांक्ष पनि पुरा नगर्ने अनि व्रि्रोही भन्दै हिँड्ने 'प्रचण्ड' को नियतमा समेत शंका उत्पन्न भएको नेता रिजालको भनाई थियो । सरकार चलाउनका लागि माओवादी असक्षम भएको टिप्पणी गर्दै उहाँले माओवादीलाई 'नाच्न नजान्ने आँगन टेढो' को संज्ञा समेत दिनुभयो । रिजालले भन्नुभयो, 'सरकारमा वस्ने, सरकार चलाउने तर ब्यबहार व्रि्रोहीको गर्न पाइँदैन ।'
नेता रिजालले तोकिएको समयमा संविधान निर्माण गर्नका लागि शान्ति प्रक्रियालाई निश्कर्षा पुर्‍याउनुपर्ने धारणा समेत राख्नुभयो । 'शान्ति प्रक्रियलाई तार्किक निष्कर्षा पुर्‍याउन माओवादीले सवै सम्झौताहरुको पालना गर्नुपर्छ ।' नेता रिजालको भनाई थियो । अहिलेसम्म कुनैपनि सहमति र सम्झौताहरुको पूर्ण रुपमा पालना नभएको भन्दै यसले गर्दा शान्ति प्रक्रियासमेत धरापमा परेको समेत नेता रिजालको भनाई थियो ।
पत्रकारहरुले सोधको अर्को प्रश्नमा बृहत शान्ति सम्झौतामा माओवादी लडाकु सेनालाई नेपालीमा सेनामा समायोजन गर्ने भनेर उल्लेख नगरेको जानकारी दिनुभयो । 'लडाकुहरुको रेखदेख, समायोजन र पुनर्स्थापना' को सम्झौता भएको भन्दै नेपाली सेनाको मापदण्ड पुगेका माओवादी जनसेनालाई नेपाली सेनामा समायोजन गर्न सकिने रिजालको तर्क थिये । उहाँले मापदण्ड नपुगेका माओवादी सेनालाई समाजमा पुनर्स्थापना गर्न सकिने र यसको विकल्प रोज्न दिने समेत वताउनुभयो ।
पत्रकाहरुको एक अर्को प्रश्नमा नेता रिजालले वाईसीएल विघटन नभएर उसको अर्ध सैनिक संरचना हटाउनुपर्ने वताउनुभयो ।


Posted on:January 9, 2009, 8:41 pm

Tuesday, May 17, 2011

माओवादी नेताको शव मध्यमर्स्याङ्दीको जलाशयमा

आश गुरुङ 'प्रतीक'
Baburam_Ghimireलमजुङ, पुस २० गते - नेकपा माओवादी जिल्ला संगठन समिति लमजुङका सदस्य बाबुराम घिमिरेको शव आज आईतवार दिउँसो मध्यमर्स्याङदी जलविद्युत परियोजनाको जलाशयमा भेट्टएिको छ ।
लमजुङकोर् इशानेश्वर गाउँ विकास समिति वडा नं. ६, लामाचौर घर भएका ४९ वषिर्य घिमिरेको शव उदीपुर गाविसमा पर्ने मध्यमर्स्याङ्दी जलविद्युतको जलाशयमा भेट्टएिको हो ।
घिमिरेको शव जलाशयमा तैरिँदै गरेको अवस्थामा स्थानीयवासिन्दाले देखेपछि प्रहरीले निकालेको थियो । शव पोष्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याईएको छ ।
घिमिरेलाई माओवादी जिल्ला संगठन समितिले आचरण ठिक नभएको भन्दै एकमहिनाअघि निलम्बन गरेको माओवादी कार्यालय सचिब मेखबहादुर भण्डारीले वताउनुभएको छ । घिमिरे करीब २ सातादेखि पार्टीको सर्म्पर्कबीहिन भएको समेत भण्डारीले वताउनुभयो । घिमिरेको निलम्बन र सम्पर्क बीहिन भएको कुरालाई माओवादीले र्सार्वजनिक नगरेकाले उनको मृत्यू रहस्यमय तवरले भएको अनुमान गरिएको छ । २०६१ सालवाट माओवादीमा लागेका घिमिरेका ४ छोरी र आमा छन् ।


Posted on:January 4, 2009, 5:44 am