Showing posts with label Udipur. Show all posts
Showing posts with label Udipur. Show all posts

Sunday, May 15, 2011

मध्यमर्स्याङदी जलबिद्युत परियोजनाको सूरुदेखि अन्त सम्म

मध्यमर्स्याङदी जलबिद्युत परियोजनाको सूरुदेखि अन्त सम्म

रबिन राउत
लमजुङ मसिंर २२
मुलुककै दोस्रो ठूलो, वहु प्रतिक्षीत आम नेपाली र सरकारको चासो र सरोकार बोकेको मध्यमर्स्याङदी जलविद्युत परियोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ । ७० मेघावाट क्षमताको मध्यमर्स्याङदी जलविद्युत परियोजनाको यतिबेला सम्प�र्ण संरचनाको निर्माणकार्य सम्पन्न भई निर्माणभएका संरचनाको परिक्षण कार्य भइरहेको छ । निर्धारित समय भन्दा करिब चार बर्षढिलो सकिन लागेको यो परियोजनाको लागत समेत दोब्बर पुगेको छ । सो मध्यमर्स्याङदी परियोजनाको यही मंसिर २९ गते प्रधान मन्त्रीको बहुलीबाट समुद्घाटन हुने परियोजनाले जनाएको छ । र्
जर्मन सरकार, नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा परियोजननाको निर्माणकार्य सन २००१ को जुन महिनाबाट शुरु भएको हो । लागत अनुमान १३ करोड ६५ लाख अनुमान गरिए पनि अहिले यसको लागत २७ अर्ब रुपैया पुगेको छ । नेपालकै हाल चालु भईरहेका आयोजना मध्ये सबै भन्दा ठूलो मानिएको यो परियोजनाको लागत र समय दोब्बर हुनुमा बिभिन्न रहस्यहरु खुल्दै गएका छन ।
बिस्तृत अध्याननै नगरि ग्लोबाल टेन्डर
तत्कालिन जलस्रोत मन्त्री गोबिन्दराज जोशीले परियोजनाको बिस्तृत अध्यान-DPR_नै नगरि हतारमा ग्लोबल टेन्डर गर्न लगाएको कारण मध्यमर्स्याङदी जलबिद्युत परियोजना निर्धारित समयमा पुरा हुन सकेन भने लागत समेत दोब्बर बृद्धि हुन पुग्यो । यस्ता ठूला परियोजना शुरु गर्नु प�र्बबिस्तृत अध्यान गरि भबिश्यमा आउने समस्या र समाधानका उपायहरु खोज्नु पर्नेमा त्यसो गरिएन । हतारमा शुरु गरिएको यो परियोजना निर्माणको क्रममा धेरै पटक अबरोध र समस्या देखियो ।
ठूला मेघा प्रोजेक्टहरु जलमाफियाको चंगुलमा फस्ने गरेका छन । त्यसो त मध्यमर्स्याङदी जलविद्युत परियोजनामा समेत जलमाफियाको बेलाबखत चलखेल देखियो । परियोजनाको निर्माणसामग्री खरिद गर्दा होस वा प्राबिधिक झिकाउदा जलमाफियाले चलखेल गर्ने र ठूलो कमिसन खाने गरेको कारण बर्षोनी अरबौ रकमको भार परियोजनामा थपिदै गयो । एउँटै योग्यता भएका नेपाली प्राबिधिकहरुलाई मासिक ३० हजारमा काम लगाउने र बिदेशबाट झिकाईएका प्राबिधकहरुलाई तीन लाख सम्म दिने गरिन्छ । व्यक्ति मोटाउने तर राष्ट्रलाई टाट पल्टाउने काममा ठेकेदार,नेपाल बिद्युत प्राधिकरणका उच्च अधिकारी र तल्कालिन सरकारमा मन्त्रीहरुको संलग्नता देखिन्छ
रन अफ रिभर प्रविधिमा निर्माणभईरहेको मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको दातृसंस्था,ठेकेदार र परामर्श दाता तीनवटै निकाय जर्मनीहरु रहेका छन । बिगतमा गरिएको गलत सम्झौताको कारण निर्माण कार्य नभएको दिनमा समेत नेपाल सरकारले जर्मनी ठेकेदार कम्पनी डिडिसी -जेभी-सी) लाई दैनिक २० लाख रुपैया क्षतिपर्ूर्ति तिर्नु पर्छ । त्यो कारणले पनि कुनै सानो अबरोध आउँदा पनि ठेकेदार कम्पनीले निर्माणकार्य रोक्ने गरेको छ । यसरी काम रोकीदा दातृसंस्था,ठेकेदार र परामर्श दाताको मिलेमतो हुने हुदा नेपाल बिद्युत प्राधिकरण निरिह बन्ने गरेको पाईएको छ । काम रोकीदा पनि दैनिक २० लाख रुपैया पाइने हुदा समयमै काम सम्पन्न गर्नु भन्दा समय लम्बाउदानै ठेकेदारलाई फाईदा हुने गर्दछ । त्यसो त माहओवादी द्धन्दकालमा ०५८ देखि ०६२ सम्मको समयमा २४ सै घण्टा परियोजनाको काम हुनु पर्नेमा त्यो हुन नसकेको परियोजनाका अधिकारीहरु बताउँछन् । काम नभ्एको बेलामा पनि मजदुरहरुलाई तलब दिनुपर्नै हुन्ट ।
परियोजना शुरु भए देखि हाल सम्म करिब डेढ बर्षपरियोजनाको निर्माणकार्य रोकीयो । द्वन्दको चपेटामा परेको यो परियोजनाको निर्माणकार्य शुरुमा २४ सै घण्टा निर्मााण कार्य भएपनि पछिल्लो समयमा रातको समयमा निर्माणकार्य हुन सकेन । शान्ति सुरक्षा कारण देखाउदै प्रशासनले रातको समयमा निर्माणकार्य नगर्न आग्रह गरेपछि रातको समयमा निर्माणकार्य रोकीएको हो । शसस्त्र ब्रि्रोह गरि रहेको नेकपा माओबादी र जर्मनी ठेकेदार कम्पनी बिचको द्वन्दले समेत निर्माणकार्य प्रभाबित बनायो । माओबादीले ठेकेदार कम्पनीका काम पारदर्शि नभएको,सुरक्षाको लागि सेना राखेको र भष्ट्रचार भएको भन्दै पटक पटक काम रोक्ने सम्म गरे । मजदुरहरुको आन्दोलन र माओबादी अबरोधको कारण पटक पटक गरि झण्डै डेढ बर्षपरियोजनाको काम रोकीयो । लोकतन्त्र पछि मात्र मध्यमर्स्याङदी परियोजनाको निर्माणकार्यले गति पाएको हो । एक दिन काम नहुदा २० लाख रुपैया घाटा लाग्ने मध्यमर्स्याङदीमा सन् २००४ को वर्षा लगातार ५ महिनास्ाम्म काम हुन नसकेको यथार्त छ ।
मध्यमर्स्याङदी जलबिद्युत परियोजनाबाट उत्पादित बिजुली दक्षिण एशियामानै महंगो पर्ने भएको छ । लागतमा दोब्बर बृद्धि भएको कारण यसबाट उत्पादित बिजुली प्रति यूनिट ७ रुपैया पर्ने भएको छ । यस अघि नेपालमा उत्पादित बिजुली करिब ४ रुपैया प्रति यूनिट भन्दा बढि नपरेको नेपाल बिद्युत प्राधिकरणको दाबि रहेको छ । मध्यमर्स्याङदीको कारण यस्ता ठूला परियोजना नेपालकै लागि टाउको दुखाईको बिषय बन्दै गएको छ । यद्यपी मध्मर्स्याङदी जलबिद्युत परियोजनाबाट ७० मेघावाट मेघावाट बिद्युत उत्पादन भएपछि हाल भइरहेको लोडसेडिङ करिब २५ प्रतिशत कमी हुने अनुमान गरिएको छ ।
मध्यमर्स्याङदी जलबिद्युत परियोजना शुरु भएपछि सडकमा चिल्ला मोटर गुडेका छन । परियोजना स्थलमा सयौको आवत जावत हुने गरेको छ । यो संगै लमजुङमा बिकृती बिसंती समेत भित्रिएको छ । परियोजना शुरु भए लगतै जिल्लामा एच.आई.भि संक्रमितको संख्या झण्डै सय जना पुगेको छ । आठ बर्षअघि एक दर्जन पनि एच.आई.भि नपाइएको लमजुङमा परियोजनामा बाहिरबाट आएर संचालन गरिएको होटल व्यबसायी कतिपयले यौन धन्दा समेत गर्ने गरेका छन । परियोजनाले दिएको बिकास संगै बिकृती,बिसंति र एडस जिल्लामा भित्राएको र्सवसाधरणको गुनासो रहेको छ ।
परियोजनामा निर्माणको क्रममा गरिएको ठूला बिस्फोट र टनेलको प्रबेशद्वारमा जमिनमूनी निर्माणगरिएको थिङ्गराउने पोखरीको कारण लमजुङ भूकम्पीय जोखिमको खतरा बन्दै गएको छ । दुइबर्षयतामात्र लमजुङ केन्द्रबिन्दु भएर चारवटा भूकम्पा गइसकेको छ ।
मध्यमर्स्याङदी जलबिद्युत परियोजनाका नकरात्मक पक्षसंगै सकरात्मक पाटो पनि रहेको छ । परियोजना शुरु भएपछि करिब १ हजार ५ सय नेपालीले प्रत्यक्ष रोजागारीको अबसर पाए भने करिब ८ सय जनाले व्यबसायको अबसर समेत प्राप्त गरेका छन । यो परियोजना सम्पन्न भएलगतै यी अबसरबाट लमजुङे बन्चीत हुने भएका छन । यसैगरी मध्यमर्स्याङदी जलबिद्युत परियोजना प्रभाबित क्षेत्रमा परियोजनाद्वारा संचालन गरिएको छरछिमेक सहयोग कार्यक्रमबाट बिद्यालय,सडक,खानेपानी, विद्युत,स्वास्थ्य, लगायतका लागि झण्डै २० करोड रुपैया खर्च गरिएको मर्स्याङदी जलविद्युत परियोजनाले जनाएको छ । परियोजनाका सह निर्दैशक गोसाइ केसीका हनुसार परियोजनामा ४५ प्रतिशत लमजुङे जनताले रोजगार पाए ।
मध्यमर्स्याङदीबाट निश्कने कवाडीमा अहिले सबैको आँखा परेको छ । त्यसबाट निश्कने झण्डै १० करोड भन्दा बढिको कवाडी कस्ले हात पार्ने भन्ने बिषयमा प्रतिस्पर्धानै चलेको छ । कवाडी आफूले हत्याउने र महंगो मूल्यमा ठेकेदारलाई बेचेर कमिसन खाने चक्करमा स्थानिय यूवा कल्ब,राजनैतिक दल र बाहिरबाट आएका ठेकेदार समेत लागि परेका छन ।
मध्यमर्स्याङदी जलबिद्युत परियोजनाबाट निश्कने कवाडी ठेक्का प्रक्रिया अघि बढाउने बिषयलाई लिएर लमजुङको सदरमुकाम बेसीशहर गत साउन २२ गते तनाबपूर्ण बन्यो स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्र्यूनै लगाउनु पर्यो । कवाडी ठेक्कामा कस्ले प्रभाव जमाउने भन्ने बिषयमा तनाब भएको हो ।
माओबादी राजनैतिक दल भएर पनि टेण्डरको कारोबार गर्न खोजेको आरोप स्थानिय यूवाहरुले लगाएका छन यूवाहरुले कसैलाई पनि टेण्डर खरिद गर्न नदिएर एकलौटी गर्न खोजेको आरोप माओबादीको छ ।
मध्यमर्स्याङदी जलबिद्युत परियोजनाले परियोजनाबाट निस्कने कवाडीको लागि १ करोड ५ लाख ७३ हजार १ सय ८७ रुपैँयाको बोलपत्र आहृवानको सूचना गत साउन १५ गते परियोजनाले जारी गरेको थियो । सूचना जारी गरेपछि ठेक्का लिने बिषयमा लमजुङ तनावमय बनेपछि रद्ध गरिएको उक्त सूचना अहिले सम्म पुन प्रकाशित गरिएको छैन ।
मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको सम्पूर्ण संरचनाहरुको निर्माण कार्य सम्पन्न भई मंसिर तेस्रो साता भित्र संरचनाको परिक्षण सम्पन्न हुने भएकोले मंसिर २९ गते प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्डद्वारा उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल र जर्मनी बिच दौत्य सम्बन्ध कायम भएको ५० बर्षपुगेको दिन मंसिर २९ गते परियोजनाको प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन गर्न लागिएको हो । ७० मेघावाट मध्ये उद्घाटनको दिनसम्म ३५ मेघावाट बिद्युत उत्पादन हुने नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । बाँकी ३५ मेघावाटको लागि भने करिब ४ महिना कुर्नु पर्ने भएको छ ।

Posted on:December 9, 2008, 12:24 am