Showing posts with label Raju Pariyar. Show all posts
Showing posts with label Raju Pariyar. Show all posts

Saturday, May 28, 2011

'सिन्दूर' लिएर आउँदै राजु परियार

आश गुरुङ 'प्रतीक'
Raju aafno album bemochan gardai n geet gaudaiलमजुङ, जेठ १ गते ।
लोक तथा दोहरी गीत गायक राजु परियार अहिले आफ्नो पछिल्लो एल्बम निकाल्ने तयारीमा जुटेकाछन् ।
रेकर्डिङ तथा मिक्सिङ कार्य सकिएको 'सिन्दूर' नाम लोकदोहरी एल्बम जेठको पहिलो हप्ता बजारमा आउने भएको छ । रिमा डिजिटल रेकर्डिङ स्टूडियोको प्रस्तुति रहेको एल्बम 'सिन्दूर' को र्साईड 'ए' मा 'धागो राम्रो रेशम किराको' र र्साईड 'बी' मा 'सम्पत्ति त हातको ठेलामा' बोलको दोहोरी गीत रहेकाछन् । आफ्नै सब्द संकलन रहेको 'सिन्दूर' को र्साईड 'ए' मा राजुलाई विष्णु माझी र र्साईड 'बी' मा देवी र्घर्तीमगरले साथ दिएकाछन् ।


लोकदोहोरी गीतमार्फ सामाजिक कुसंस्कारको विरोध गर्दै आएका राजु परियारले 'सिन्दूर' एल्बममा पनि यसलाई निरन्तरता दिएकाछन् । 'ए' र्साईडमा लमजुङ्गे केटा र बाग्लुङ्गे केटीबीचको मायाप्रेमका वारेमा रमाईलो दोहोरी गीत छ भने र्साईड 'बी' मा गाउँघर तथा शहरबजारमा घटेका यथार्थ घटनालाई चित्रण गरिएको छ । ग्रामीण भेगमा केटाकेटीको विवाह भएपछि श्रीमान् विदेशिने र श्रीमती छोराछोरी पढाउने निहुँमा शहर झर्ने यथार्थलाई गीतिकथाको रुपमा ढालिएको छ । विदेशिएका श्रीमान् हातमा ठेला उठ्ने गरि काम गरेर पैसा कमाउने र श्रीमती शहरमा बसेर धर्मदाइर्-धर्मभाइको नाउँमा अर्कै केटासंग भुल्नेगरेको कथा 'सिन्दूर' मा रहेको छ । गीतको बीचबीचमा संवाद समेत रहेको छ ।
'फूलफूलमा डुल्यो भमरा' देखि एल्बम निकाल्न थालेका राजु परियारको 'सिन्दूर' एल्बम दशौँ गीति एल्बम हो ।

Posted on:May 15, 2009, 7:48 am

राजु परियारको पञ्चवली लमजुङ कालिकालाई

आश गुरुङ 'प्रतीक'
Raju Pariyar in Lamjung Darbarलमजुङ, चैत २३ गते - ठूलो गायक बन्ने सपना साँचेर राजधानी पसेका लोक तथा दोहरी गायकको सपना अहिले पुरा भएको छ । कोही विश्वास गरुन या नगरुन उनी विश्वास गर्छन्, लमजुङ कालिकालाई । आठवर्षघि लमजुङ कालिकालाई भाकल राखेर गीत गाउनकै निम्ति राजधानी गएका राजु परियारले आफ्नो भाकल पुरा गर्न यसपटकको चैते दशैँमा लमजुङ कालिका मन्दिर पुगेर पञ्चवली दिए ।


पञ्चवली जो कसैले पनि दिँदैनन् । आफ्ना मनकार् इच्छा र चाहनालाई पुरा गरिदिन आग्रह गर्दै गरेको भाकलपछिको राम्रो परिणमपछि जो कसैले भगवानको नाउँमा दिईने पाँचवटा जनवारको वली नै पञ्चवली हो ।


लमजुङमा जन्मेर राष्ट्रिय अन्तराष्ट्रिय जगतमा ख्याति कमाएका आधुनिक लोक दोहोरी गायक राजु परियार हामीमाझ कुनै नौलो नाम होईन । लमजुङको गाउँशहर गाउँ विकास समिति-९, चिसापानीमा जन्मेका राजु परियार लमजुङवाट गाउँशहरको कालिका मन्दिरलाई भाकल राखि काठमाडौँ पुगेका थिए ।

bhakal dedai Raju Pariyar in Lamjung Gaushahar at Chaita Dasain
भनिन्छ, मनकोर् इच्छा पुरा गर्न लमजुङ कालिकालाई भाकल गर्नुपर्छ । हुन पनि लमजुङ कालिकाले गायक राजु परियारको मनकोर् इच्छाआकांक्ष पुरा गरिदिएको छ । शुक्रवार लमजुङ कालिका मन्दिरमा निकै भीड थियो जनमानसको । प्रायः वडा दशैँ र चैतेदशैँमा विशेष मेला लाग्ने लमजुङ कालिका मन्दिरमा त्यो दिन निकै रौनक थियो । बाजागाजाका साथ लमजुङ कालिका पुगेका राजु परियारले काठमाडौँवाट शसस्त्र प्रहरीको ब्याण्डबाजा टोलीसमेत ल्याएका थिए ।


आफ्नै घरवाट राँगो र वोका सहित कालिका मन्दिरमा पञ्चवली दिन पुगेका कलाकार राजु परियार त्यतिवेला प्रफुल्ल देखिन्थ्यो । उनी कुनै कलाकार वनेर नभई स्थानीय भक्तजन झैँ पञ्चवली दिन तयार देखिन्थे । राजुका सामु हजारौँ उनका शुभचिन्तक तथा श्रोताहरु थिए । पञ्चवलीको समय सवैको आँखा राजु परियारतिर थियो । राजु परियारको पछिपछि वालवच्चादेखि लिएर वुढापाका सम्म झुम्मिएको दृश्य निकै रोचकपूर्ण देखिन्थ्यो ।


राजु परियारले पञ्चवली दिने भने पछि पुजारीहरु समेत रमाएका थिए । 'वास्तवमा राजुले ख्याति कमाएको नै लमजुङ कालिकाको आशिर्वादले हो' पुजारी माधवप्रसाद बराल भन्दै थिए, 'यो राजुको दोश्रोपटकको पञ्चवली हो, राजुले परार पहिलोपटक पञ्चवली दिएका थिए ।' उनले थपे राजुजस्तो ख्याति प्राप्त ब्यक्तिले लमजुङ कालिकामा आएर पञ्चवली चढाउनु हाम्रोलागि पनि अहोभाग्यको कुरा हो ।'
Mela in Lamjung Gaun Shahar at Chaita Dasainराजु परियारले पञ्चवली दिने भन्ने सुनेपछि उनलाई भेट्नकै लागि लमजुङका मात्र नभएर पोखरा, चितवन, गोरखा, मनाङ साथै तनहूँका भक्तजनहरुको पनि ओईरो लागेको थियो लमजुङ कालिकामन्दिर गाउँशहरमा । भक्तजनहरुले एकातिर कालिका मन्दिरमा पूजा गर्न पनि पाए, अर्कोतिर राजु परियारलाई भेट्ने र हेर्ने धोको पनि मेटाए ।


पत्रकारहरुसंग छोटो प्रतिक्रिया दिँदै राजूले भने, 'मेरो मनकोर् इच्छा र आकांक्ष पुरा गर्राईदिएकाले लमजुङ कालिकाको नाउँमा पञ्चवली दिएको हुँ ।' अविरै अविरले चिन्नै नसकिने अवस्थामा रहेका राजूले थपे, 'मेरो सफलता सवै लमजुङ्गेको सफलता हो, मलाई लमजुङ्गेको आशिर्वाद छ, त्यही भएर आज म यो स्थानमा आईपुगेको छु ।'
'लोकतन्त्र र शान्तिको पुनर्स्थापना संगै गाउँगाउँमा र्सवसाधारण फर्केका रहेछन्' एक अर्को प्रशंगमा उनले भने, 'म त आज त्यसै छक्क छु, मलाई माया गर्ने गाउँघरमा पनि धेरै रहेछन् ।' पञ्चवली दिन आएका राजु परियारसंग स्थानीय र्सवसाधारणले धोको फेरेर गीत गाए, अनि नाचे पनि ।