Showing posts with label Lhochhar. Show all posts
Showing posts with label Lhochhar. Show all posts

Thursday, June 9, 2011

अझै सोनाम ल्होसार

नरमाया तामाङ
तस्वीरः आश गुरुङ 'प्रतीक'
sonam lhochhar
sonam lhochhar
नेपाल बहुजाती र बहुधार्मिक मुलुक हो । धर्म निरपेक्ष राष्ट्र घोषणा भएपछि एक हदसम्म यहाँका आदिवासी जनजातिले आफ्ना कला र संस्कृतिलाई उजागर गर्ने मौका पाएकाछन् र चाडवाड पनि मनाउन पाएकाछन् ।

सरकारले सरकारी विदा दिन थालेपछि आदिवासी जनजाती मध्येको तामाङ समुदायले सोनाम ल्होसारलाई विशेष प्रकारले मनाउन थालेकाछन् । केही वर्षघिसम्म कहीँ कतैमात्र मनाईने ल्होसार अहिले घरआँगनदेखि टोलटोल र शहरबजारमा धुमधामसंग मनाउन थालेकाछन् ।

तिथि र मितिको रुपमा यसवर्षो २८४६ औँ सोनाम ल्होसार माघ २ गते परेको थियो । तर, ल्होसारको दिनले घरआँगनवाट विदा लिएपनि तामाङ समुदायमा यसको रन्को अझै मेटिएको छैन । अहिलेपनि सदरमुकाम वेसीशहर लगायतका शहरबजार र ग्रामीण क्षेत्रमा आफ्नाआफन्तसंगको भेटघाट, राम्राराम्रा लुगा लाउने र मीठा मीठा परिकार बनाएर सामुहिक रुपमा खाने गरिएको नेपाल तामाङ घेदुङ लमजुङका अध्यक्षर् इमानसिंह तामाङले वताउनुभयो ।

ल्होसारकै अवसर पारेर नेपाल तामाङ घेदुङले मंगलवार आफ्नै भवनमा भोजको कार्यक्रम गर्‍यो । त्यस्तै, त्रिवेणी टोल, ठाडोलाईन लगायतका टोलटोलमा पनि ल्होसार कार्यक्रम भयो । ल्होसारको कार्यक्रममा उनीहरुले वर्षरिका दुःखलाई विर्षोर धोको पुग्ने गरि गीत गाए र छम्छमी नाचे । ग्रामीण क्षेत्र ढोडेनी, नौथर, खुदी, भुलभुले, बाँझाखेत लगायतका गाविसमा पनि पोहोरपरारभन्दा यसपटक धुमधामसंग मनाईयो, यसपटकको सोनाम ल्होसार ।

तामाङ सामुदायमा लामा गुरुहरुवाट पूजाआजा गर्नुका साथै घरघरमा टिका लगाएर, राम्राराम्रा लुगा लगाएर, चेलीवेटीलाई खाना खुवाएर, मीठामीठा परिकार खुवाएर ल्होसार मनाउने चलन छ । यसपटकको ल्होसार गत वर्षरुमा भन्दा भिन्दै र रमाईलो तरिकाले मनाएको वताउनुहुन्छ, वेसीशहर सातविसेका सरिता तामाङ ।

तामाङहरुको १२ वटा वर्गचक्रमध्ये माघ २ गतेदेखि ता ल्हो अर्थात बाघ बर्ग प्रारम्भ भएको छ भने लाङ् ल्हो अर्थात गाई बर्गलाई विदाई गरिएको छ । पुरानालाई विदाई र नयाँलाई स्वागत गरिए झैँ तामाङहरुले नयाँ नेपालको नयाँ संरचना पनि छिट्टै खोजेकाछन् ।

Posted on:January 19, 2010, 6:57 am

Tuesday, June 7, 2011

लमजुङमा अझै ल्होसारको रमझम

आश गुरुङ 'प्रतीक',
lhochhar

lhosar
लमजुङ, ३० गते । पुस १५ ले घरआँगनवाट विदा लिएपनि गुरुङहरुको उद्गमस्थल लमजुङमा अझै ल्होसारको रमझम छ ग्रामीण क्षेत्रदेखि शहरबजारका टोलटोलमा अझै स्यो कैँ खाने र नाचगान गर्ने गरिएकाछन् । यसैक्रममा आज विहिवार भुजुङ्गे आमा समूहले स्यो कैँ कार्यक्रम र नाचगान गर्‍यो । कुमार भवन गंगापर्ूण्ा होटलको प्राङ्गगणमा आयोजना गरिएको स्यो कैँ कार्यक्रममा भुजुङ गाउँवाट सदरमुकाम वेसीशहर झरेर वसोवास गर्नेहरु मात्र नभएर विभिन्न ग्रामीण क्षेत्रवाट वेसीशहर झरेका र अन्य स्थानीयवासिन्दाको समेत बाक्लो सहभागिता रहेको थियो ।

१५ पुसमा टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार खाएर नाचगान गरि ल्होसार मनाईएपनि आफ्नै गाउँठाउँका आफन्तजनहरुसंग संगै बसेर ल्होसार मनाउन नपाएका कारण अहिले रमाईलो गर्ने उद्देश्यले स्यो कैँ कार्यक्रमको आयोजना गरिएको आमा समूहकी अध्यक्ष कृष्ण कुमारी गुरुङले जानकारी दिनुभयो ।

ल्होसार मनाउन कुमार भवनमा भेला भएका भुजुङका वासिन्दा साथै स्थानीयवासिन्दाले आज दिनभरि नाचगान गरेकाछन् । गुरुङहरुको १२ वटा वर्गचक्रमध्ये गत पुस १५ देखि तो ल्हो अर्थात बाघ बर्ग प्रारम्भ भएको छ भने लोँ ल्हो अर्थात गाई बर्गलाई विदाई गरिएको छ ।

Posted on:January 15, 2010, 10:59 pm

Thursday, May 19, 2011

लमजुङ्गे ल्होसार

आश गुरुङ 'प्रतीक'
लमजुङ तमु संग्रहालय भवन वेसीशहरको प्राङ्गणमा यसपटक लमजुङका गुरुङहरुले धोको फेरेर नाचे । के बृद्धबुद्धा, के बालबालिका सवै छम्छमी नाचेका थिए । उनीहरुको मुहारमा एउटा खुसी झल्किन्थ्यो, सामुहिक रुपमा अहिले सम्म त्यो अधिकार उनीहरुले प्राप्त गरेको थिएन । भोटो र कछाडमा सजिएका युवाहरु साथै गुन्याचोलीमा सजिएका युवातीहरु एक आपसमा मिलेर सामुहिक रुपमा नाच्ने, गाउने र खाने कार्यक्रमले वेसीशहरको वातावरण नै नौलो बनाएको थियो ।
लमजुङ गुरुङ जातिको उद्गमस्थल । वषौँदेखि लमजुङमा आफ्नो अस्थित्व जमाउँदै आएका गुरुङले हरेक वर्षएकताबद्ध रुपमा मनाउने पर्व ल्होसार । त्यसैले होला कर्मचारी तथा विद्यार्थीहरुले आफ्नो काम कर्तब्यसमेत विर्सर्ेेमात्र सम्झे ल्होसार अनि रमाइलो । हुन पनि निकै रमाईलो देखिन्थ्यो गुरुङहरुले ल्होसार मनाएको । ल्होसारमा सरकारी विदाको माग गर्दै आन्दोलनमा उत्रिएका गुरुङहरुले आफूमात्रै ल्होसार मनाएनन्, आफ्नो खसीमा साथ दिन गैर गुरुङहरुलाई समेत निमन्त्रणा गरेको थियो । उनीहरुको मुहारमा खुसीको सिमा थिएन, किनकि यसवर्षेखि सरकारले ल्होसारमा र्सार्वजनिक विदा दिईएको थियो ।
गुरुङ जातिको १५ पुसमा बर्ग फेरिन्छ । ची -मुसा), लोँ -गाई), तो -बाघ), हिँ -विरालो), सफ्ह्री -नाग अर्थात र्सप), मुफ्ह्री -गरुड), त -घोडा), ल्हु -भेडा), प्र -बाँदर), च्य्ह -चरा),  खि -कुकुर) र फो -मृग तथा हरिण) गरि १२ बर्ग हुन्छ । गुरुङ समुदायमा बर्ग अनुसार उमेर गनिन्छ र पत्ता लगाईन्छ पनि । बर्ग फेर्ने गरेकाले यसैलाई गुरुङ समुदायले नयाँ वर्षो शुरुवातको रुपमा लिईन्छ । वर्षरि आ-आफ्नो कामकर्तब्यमा ब्यस्त हुने गुरुङहरुको ल्होसार नै एउटा माध्यम हो, जहाँ वर्षौँवर्षेखि नभेटेका आफ्ना आफन्त र र्इष्टमित्रहरु भेट्न पाईन्छ । ल्होसारकै अवसर पारेर पोखरावाट लमजुङ आएका राष्ट्रिय फुटवल खेलाडी अनिल गुरुङले भने, 'आफ्नो उद्गमस्थलमा ल्होसार मनाउन पाउँदा ज्यादै खुसी छु ।'
लमजुङका गुरुङहरुको साझा संस्था तमु छोँज धीँ लमजुङको आयोजना मात्रै नभएर विभिन्न संघसंस्थाले पनि समन्वय गरि लमजुङमा ल्होसार मनाईएको थियो । वेसीशहरका युवा क्लबहरुले ल्होसारको अवसर पारेर विविध कार्यक्रमको आयोजना समेत गरेको थियो । सोही अवसर पारेर लमजुङमा पहिलोपटक सडक महोत्सवको समेत आयोजना गरियो । lamjungत्यस्तै, हिमालचुली कलासाहित्य प्रतिष्ठानले लमजुङवाट पहिलो कदम उठायो, गुरुङ भाषको कविता प्रतियोगिता गरे । अन्य संघसंस्थाले पनि ल्होसारका अवसरमा विविध कार्यक्रमको आयोजना गरेको थियो । वेसीशहरमा मात्र नभएर लमजुङका ठूलठूला गुरुङवस्तीहरु भुजुङ, गिलुङ, पसगाउँ, घलेगाउँ, घनपोखरा, तार्कु, कोल्की लगायतका ठाउँहरुमा आमासमूह र युवा क्लबको आयोजनामा ल्होसार पर्व उल्लासय तरिकाले मनाएका थिए ।
विशेष गरि गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि ल्होसारलाई मनाउने गरिन्छ । तर, ल्होसार कहिलेदेखि मनाउन शुरु गरियो, त्यसको वारेमा कोही पनि विज्ञ छैनन् । गुरुङ संस्कतिविद इन्द्रबहादुर गुरुङ भन्छन्, 'पहिल्यैदेखि मनाउँदै आएको पर्व, लिखितर् इतिहास नभएकाले यसको समयावधि भन्न निकै गाह्रो छ ।'
गुरुङहरु प्रकृतिका पुजारी भएकाले सूर्यलाई प्रकृति मान्ने गर्छन् । सूर्यले दिशा परिवर्तन गरि उत्तर फर्केको दिन नै १५ पुस भन्ठान्छन् गुरुङ संस्कृतिविद्हरु ।
गणतन्त्र नेपाल स्थापना र धर्म निरपेक्ष राष्ट्र घोषणापछि गुरुङले अव अर्को मुद्धा अगाडि सारेका छन् । संघीय राज्यको चर्चा चलिरहेको नेपालमा जातीय आधारमा संघीय गणराज्यको माग गरेकाछन् लमजुङका गुरुङले । संघीय राज्यमा तमुवान स्वयत्ता प्राप्त नभएर आन्दोलन गर्ने तमु छोँज धीँ लमजुङका अध्यक्ष प्रेम घलेले वताउँछन् ।
तस्वीरः लेखक
More Pics

Posted on:January 8, 2009, 4:24 am

Tuesday, May 17, 2011

गुरुङहरुको उद्गमस्थल लमजुङमा ल्होसार

आश गुरुङ 'प्रतीक'
Besishahar Magar Khana loh chhar लमजुङ, पुस १५ गते ।
गुरुङहरुको उद्गमस्थल लमजुङका गुरुङहरुले १५ पुस अर्थात आफ्नो महान चाड ल्होसारलाई आज मंगलवार धुमधामका साथ मनाएका छन् ।
विशेष गरि लमजुङका गुरुङहरुले टाढा टाढा रहेका आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मीठा मीठा खानाका परिकार बनाएर खाने र नाचगान गरि हर्षोलासका साथ यसपटकको ल्होसार मनाएकाछन् ।
ल्होसारका दिन लमजुङ सदरमुकाम वेसीशहरमा सडक तथा खाना महोत्सवको आयोजना समेत गरिएको थियो । गाउँमा रहेका टोलटोलमा स्यो कैँ अर्थात भोज खाने चलनको विकल्पमा सदरमुकाम वेसीशहरको गणतान्त्रिक चोकमा महोत्सवको आयोजना गरिएको थियो ।
Newari Khanaवेसीशहरस्थिति त्रिवेणी क्लब, लमजुङ मर्स्याङ्दी क्लब र वेसीशहर युथ सोर्साईटीको आयोजनामा आज दिउँसो सडक र खाना माहोत्सवको आयोजना भएको थियो । त्यस्तै, तमु छोँज धीँ वेसीशहर्रर् इकाईको आयोजनामा तमू संग्रहालय भवनमा वेसीशहर भरिका युवायुवतीहरुबीच चियापान कार्यक्रमको आयोजना गरिएको थियो । वेसीशहर लगायत अन्य बजारहरु भोटेओडार, सुन्दरबजार लगायतका ठाउँहरुको टोलटोलमा भोज अर्थात स्यो कैँ खाने कार्यक्रमको आयोजना गरिएको थियो । त्यस्तै, गुरुङहरुको घना बस्ती भुजुङ, घनपोखरा, पसगाउँ, गिलुङ, कोल्की, तार्कु लगायतका ग्रामीण भेगमा पनि हर्र्सोल्लासका साथ ल्होसार मनाईएको छ ।
ल्होसारकै अवरसरमा लमजुङका गुरुङहरुले हिजो सोमवार साँझदेखि आ-आफ्नो घरमा दिपावली गरेकाछन् । गुरुङहरुको १२ वर्ग अन्तगरत मंगलवार राती १२ बजेर एक एक मिनेट गएदेखि च्यू ल्हो अर्थात मुसा बर्गलाई विदाई गरिएको छ भने लोँ ल्हो अर्थात गाईवर्ग प्रारम्भ भएको छ ।

तस्वीरमा गुरुङ ल्होसारको अवसरमा लमजुङ सदरमुकाम वेसीशहरमा आयोजना गरिएको सडक र खाना महोत्सवमा आ-आफ्ना परिकारका साथ मगर र नेवारी महिलाहरु ।
तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:December 30, 2008, 7:05 am