Showing posts with label Landslides. Show all posts
Showing posts with label Landslides. Show all posts

Thursday, May 19, 2011

नदी कटानले सात घर विस्थापित

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २३ गते ।
लमजुङको भारते गाउँ विकास समिति वडा नं. २ स्थित वेलघारी बजारमा मर्स्याङ्दी नदीले कटान गरेपछि सात घर पूर्ण रुपमा विस्थापित भएकाछन् ।
मर्स्याङ्दी नदीले कटान गरेपछि पहिरोले जमिन भासिँदा स्थानीय नुर महमद मियाको घरमा वस्ने दुर्गा श्रेष्ठको परिवार, विष्णुकमार श्रेष्ठको घरमा वस्ने बिमाया मगर, टेकलाल श्रेष्ठको घरमा वस्ने राजकुमार गुरुङ, छविलाल आले लगायत अन्य तीन घरका परिवार विस्थापिति भएका हुन् । उनीहरु अहिले नजिकैको भोटेओडार छिमेकीको घरमा वसेका छन् ।
त्यस्तै, आशकाजी श्रेष्ठ, चिनकाजी श्रेष्ठ, बिष्णु श्रेष्ठ, ताज महमद मिया, तुलाराज गुरुङ, राज कुमार पाण्डे, रुपकाजी श्रेष्ठ लगाएतका आठ घर जोखिमा छन । जोखिममा परेका घर पनि आधा भत्केर झर्ने क्रम जारी रहेको छ ।
मर्स्याङदी नदीमाथि निर्माण गर्न लागिएको भोटेवडार-बेलघारी मोटरेवल पुलको जग खन्ने क्रमसँगै मध्यमर्स्याङदी जल बिद्युत परियोजनाको विद्युत उत्पादन बन्द भएपछि टनेलको पानीलाई पुरानै बाटोमा फर्काइँदा बढेर आएको नदीले बेलघारी बजार काटन गरको हो । बेलघारीबाट ५ किलोमिटर माथी रहेको बाँध स्थलबाट पानी टनेलमा पठाए पछि मर्स्याङदीको तीरमा पुल निर्माणको कार्य समेत तीब्र पारिएको थियो । पुलको जगमा पानी बहाब परेकाले जमिन भत्कन गई बेलघारी बजारका घरहरु भत्किएको स्थानीय शरद कुमार श्रेष्ठले वताउनुभयो ।


Posted on:January 7, 2009, 6:42 am