Showing posts with label Uttar Kanya. Show all posts
Showing posts with label Uttar Kanya. Show all posts

Thursday, May 19, 2011

लमजुङको उत्तरकन्या माविमा पुस्तकालय स्थापना

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ३ गते ।
Uttar Kanyaलमजुङको उत्तरपश्चिमामा पर्ने उत्तरकन्या गाविसको बगुम गाउँस्थित घलेउत्तरकन्या माध्यमिक विद्यालयमा पुस्ताकालय स्थापना गरिएको छ ।
सरकारी पहुँच नपुगेका कारण विद्यालयका वालवालिका र शिक्षकशिक्षिकाहरुलाई मध्यनजर राखि पुस्तकालय स्थापना गरिएको हो ।
शिक्षाको क्षेत्रमा सहयोग पुर्�याउदै आएको रुम टु रिड नामक गैर सरकारी संस्थाको सहयोगमा वाल स्वास्थ्य तथा वातावरण बचाउ समाज -चेस) नेपालद्वारा स्थापना गरिएको पुस्तकालयमा करीब एकलाख ३० हजार बराबरको पुस्तक र फर्निचर राखिएको छ । पुस्तकालयमा एकहजार एकसय भन्दा बढी पुस्तकहरु छन् ।
पुस्तकालयमा विद्यार्थीका लागि जानकारी, चेतना, मनोरञ्जन, तथा वौद्धिक स्तर बढाउने प्रकारका पुस्तकहरु पुस्तकालयमा राखिएको रुम टु रिड अर्न्तर्गत रिडिङ रुमकी सहजकर्ता वालकाशी गुरुङले वताईन् । पुस्तकालयमा सामान्य ज्ञान, कथा, कविता, वालकथा, वालकविता, चित्रकला, धार्मिक तथा ऐतिहासिक पुस्तकहरु साथै स्वास्थ्यसम्बन्धी र ज्ञानविज्ञानका पुस्तकहरु समेत राखिएकाछन् । त्यस्तै, केही दैनिक तथा साप्ताहिक पत्रपत्रिका साथै वाल पत्रपत्रिकाहरु पनि राखिएकाछन् ।
पुस्तकालयमा कोष स्थापना गर्नका लागि दान बाकस समेत राखिएको छ । पुस्तकालय स्थापनापछि विद्यार्थीमा नयाँ जोस जाँगर पलाएको विद्यार्थी टेककाशी गुरुङ वताउँछिन् । उनी कक्षा १० मा अध्ययन गर्छिन् ।
पुस्तकालयको उत्तरकन्या गाविसका निवर्तमान अध्यक्ष प्रेम घलेले एक समारोहकाबीच उद्घाटन गरेका थिए । कार्यक्रममा सहजकर्ता वालकाशी गुरुङले पुस्तकालयको आवश्यकता र महात्वको वारेमा जानकारी गर्राईन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), ईलाका कार्यालयका टकप्रसाद घले, विद्यालयका प्रधानाध्यापक हरि अधिकारी लगायतले पुस्तकालयको उचित ब्यवस्थापनका लागि स्थानीयवासिन्दको सहयोग अपरिहार्य भएको वताए ।

Posted on:January 16, 2009, 1:01 am