Showing posts with label Ghyuasibas. Show all posts
Showing posts with label Ghyuasibas. Show all posts

Thursday, May 19, 2011

नयाँ गाउँका वासिन्दा झन् नयाँ बनाउन कस्सिए

आश गुरुङ 'प्रतीक'
लमजुङ, माघ ३ गते ।
Nayan gaunलमजुङको उदीपुर गाउँ विकास समितिस्थित नयाँ गाउँका स्थानीयवासिन्दा अहिले गाउँलाई नमूना बनाउन जुटेका छन् ।
उदीपुर गाविसको गुरुङ गाउँ भनेर चिनिने वडा नं. ७ र ८ नयाँगाउँका वासिन्दा गाउँलाई नमूना बनाउनका लागि संगठित रुपमा स्वास्थ्य, शिक्षा र कलासंस्कृतिको जगेर्ना गर्न कम्मर कसेर लागिपरेकाछन् ।
सरसफाई विना गाउँमा परिवर्तन्न नआउने भएकले पहिलो प्राथामिकताका साथ स्थानीयवासिन्दाले साप्ताहिक रुपमा गाउँमा सरसफाई अभियान चलाएकाछन् । स्थानीय रुपमा गठित क्र्होँमैँ टोल सुधार समितिको सक्रियतामा नयाँ गाउँमा सरसफाइ देखि साक्षरता कक्षासम्म शुरु भएको छ । गाउँमा हरेक शनिवार शनिवार सरसफाइ हुने गरेको छ । गाउँका प्रत्येक घर अनिवार्य रुपमा सरसफाइमा जुटेकाछन् । स्वस्थ जीवनका लागि सरसफाई प्रमुख आधार भएकाले गाउँमा सरसफाइ अभियान सञ्चालन गरिएको समितिका उपाध्यक्ष विकास गुरुङले वताउनुभयो । उनका अनुसार सरसफाइका लागि वालवालिकादेखि बृद्धबृद्धासम्म सवै जुटेका र उल्लेख्य सहभागीता रहने गरेको छ ।
टोल सुधार समितिले गाउँका महिलाहरुका लागि प्रौढ शिक्षा कक्षा सञ्चालन गरेको छ । मेलापात तथा घरधन्दाको काम सकिएपछि गाउँका महिलाहरु गाउँमा सञ्चालित साक्षरता कक्षामा सहभागी हुन्छन् । अहिले गाउँका २४ जना महिलाहरुले साक्षरता कक्षा लिइरहेका छन् । पढ्ने लेख्ने उमेरमा पढ्न लेख्न नपाएका उनीहरु ढिलै भए पनि साक्षर बन्न पाएकोमा आफूहरु निकै खुसी भएको नानीकुमारी गुरुङ वताउँछिन् ।
समितिले गाउँका स्कूले विद्यार्थीहरुका लागि अतिरिक्त कक्षा समेत सञ्चालन गरको छ । बालबालिकाहरुले विद्यालयमा नबुझेका पाठ दोहोर्�याएर उनीहरुले बुझने तरिकाले पढाउने र उनीहरुको गृहकार्यमा सहयोग गर्ने उद्देश्यले कक्षा सञ्चालन गरिएको समितिले जनाएको छ । अहिले गाउँका ६५ जना वालवालिका अतिरिक्त कक्षा पढ्न जाने गरेका छन् । अतिरिक्त कक्षाले पढाइमा निकै सहयोग पुगेको कक्षा ५ मा अध्ययनरत लक्ष्मी गुरुङ बताउँछिन् ।
स्थानीयवासिन्दालाई जिल्लामा भएगरेका समसामयिक घटना साथै विविध विषयमा जानकारी दिनका लागि गाउँकै र्सार्वजनिक ठाउँमा पत्रपत्रिका टाँस्ने काम समेत भएको छ । जिल्लावाट प्रकाशित हुने पत्रिकालाई सदरमुकाम वेसीशहरवाट खरिद गरि सामुहिक भवनमा टाँसेर स्थानीयवासिन्दालाई विविध विषयमा जानकारी गराएकाछन् । करीब ४० घरधुरी गुरुङ समुदाय रहेको नयाँ गाउँका स्थानीयवासिन्दा गुरुङ कला, संस्कृति र रीतिरीवाज जोगाउन समेत लागिपरेकाछन् । उनीहरुले साप्ताहिक रुपमा घाँटू, सोरठी, चुड्का, कृष्णचरित्र लगायतका मौलिक नृत्यहरु सिक्दै र सिकाउँदै पनि आएकाछन् ।

Posted on:January 16, 2009, 12:51 am