Showing posts with label Bima Kumari Dura. Show all posts
Showing posts with label Bima Kumari Dura. Show all posts

Tuesday, May 24, 2011

राजुले नचाए, बिमाले रुवाए

आश गुरुङ 'प्रतीक'
बीमाकुमारी दुराले लमजुङ, फागुन ३ गते ।
लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको लमजुङ महोत्सव २०६५ ले दर्शकको मन जित्न सफल भएको छ ।
वेसीशहरको शेरास्थित दनाइँफाँटमा आयोजित महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आज शनिवार संचालित लोकदोहोरी गीतले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिन सफल भयो, कोही गीतको तालमा नाँचे, कोही टोलाए त कोही मन मनै गीत गुन्गुनाउन व्यस्त देखिन्थे ।
कार्यक्रमको आकर्षण बने, ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियार । लमजुङका उपज राजु परियारको सानदार प्रस्तुतिले दर्शकहरुको मन जितेको थियो । गृह जिल्लामा पटकपटक आईरहने भएपनि लमजुङका वासिन्दाले उनको प्रस्तुति हेर्न पाएका थिएनन् । राजुले लमजुङलाई पछिल्लोपटक कोट गरि सिर्जना गरि गाएको 'मर्स्याङ्दीको पानीले ........' बोलको गीत गाउँदा दर्शकहरु छम्छमी नाचेका थिए । त्यस्तै, 'मायाले मन छुन्छ.......' , 'दुराडाँडे दाइ........' गीतमा पनि दर्शकहरुले उफि्र उफि्र नाचेका थिए । उनले रुमाल धोको छु, यो खोलीको पानी कोही नखानु मैले छोको छु भन्ने गीत प्रस्तुत गर्न थालेपछि छम्छमी नाचेका दर्शकहरु भने टोलाएको थिए । सो गीत प्रस्तुत गरिसकेपछि राजुले आफूले जातियवाद र छुवाछुतका विरुद्ध सांगीतिक युद्ध लडेको बताए ।
त्यस्तै, लमजुङकै अर्को उपज बीमाकुमारी दुराले 'अगाभी कर्म......' बोलको गीत गाउन शुरु गर्न थालेपछि मञ्च अगाडि बीमालाई हेरिरहेका दर्शकहरुको आँखावाट आँशुको धारा बगेको देखिन्थ्यो । कोही आँसु थाम्न नसकेर धुरुधुरु रोएका थिए ।Nachdai रुनेमा प्रायः एकल महिला, टुहुरा र जीवनमा दुःख पाएकाहरु थिए । दर्शकको मनलाई केही हदसम्म शान्त पार्न खोज्दै 'लमजुङ तुर्लुङ कोट......' बोलको गीत गाउँदा दर्शकले बीमाको आवाजलाई छोप्दै गीत गाएका थिए । त्यही सुख 'संसारमा म रैछ दुःखी....' बोलको गीतले त्यही खुसी उडाएर फेरि दर्शकको आँखावाट आँसु झरिरहेको दृश्य साँच्चिकै मन कुँढिएको र दुःख लाग्दो देखिन्थ्यो ।
महोत्सवको आतिथ्य ग्रहण गरिरहेका कालाकार कृष्ण गुरुङ, टिकाराम घले, टिका गुरुङ लगायतको गायकगायिकाले पस्काएको सांगीतिक प्रस्तुतिले दर्शकहरुको मन जितको थियो ।
महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी प्रतियोगिताको पनि आयोजना गरिएको छ । तस्वीरः लेखक

Posted on:February 14, 2009, 4:57 am