Showing posts with label Manange. Show all posts
Showing posts with label Manange. Show all posts

Thursday, May 19, 2011

जाडो छल्न शहरबजार झर्दै मनाङ्गी

आश गुरुङ 'प्रतीक'
आश गुरुङ 'प्रतीक', लमजुङ, पुस २३ गते ।
Manangeजाडोले सताउन थालेपछि हिमाल पारिको जिल्ला मनाङका वासिन्दा धमाधम शहरबजार र्झन थालेका छन् ।
हिउँदको मौसम विषेश गरि पुस माघमा अत्याधिक जाडो बढ्ने गरेकाले उनीहरु घरवार छोडेर जाडो छल्न शहरबजार झरेका हुन् ।
सिंगो जिल्लामा १३ वटा गाउँ विकास समिति भएको मनाङमा पछिल्लोपटक हिउँ पर्न थालेपछि एक्कासी बढेको जाडोले खाङ्सर, टंकी मनाङ, मनाङ, ङावल, घ्यारु, पिसाङ लगायत गाविसका वासिन्दाहरु जाडो छल्न झरेका छन् । मनाङ जिल्लाको तल्लो भेग मानिएको चामे, ताचै बगरछाप, थोँचे र धारापानी गाविसका मानिसहरुपनि अहिले शहरबजार र्झन थालेकाछन् ।
मनाङवाट मानिसहरु र्झन थालेपछि त्यहाँका अधिकांश घरहरु खाली भएका छन् । मनाङबाट झर्नेहरु अहिले लमजुङको सदरमुकाम वेसीशहर, नगरोन्मुख भोटेओडार साथै पोखरा, चितवन र काठमाडौँमा डेरा गरि बस्न थालेका छन् । पुस महिना लाग्नेवित्तिकै र्झन शुरु गरेका मनाङवासीहरु फागुनको अन्तिम हप्तामा मात्रै आ-आफ्नो गाउँ र्फकनछन् ।
विटक ग्रामीण क्षेत्रका वासिन्दाहरु आर्थिक हिसावले कमजोर भएका कारण उनीहरु मनाङवाट नजिक सानो शहरमा वसेका हुन् भने आर्धिक हिसाबले धनी मानिनेहरु ठूला ठूला शहर पसेका छन् । गाउँवाट मानिसहरु शहर पस्न थालेपछि गाउँका ४/५ घरलाई हेर्न एक जनको दरले मानिस राख्ने गरेका मनाङकार् इन्सेक प्रतिनिधि कमान गुरुङले वताएकाछन् ।
मनाङवाट जाडो छल्न झर्नेहरु प्रायः महिला तथा बालावलिका छन् । श्रीमान् तथा घरका छोरा मान्छेहरु विदेश गएका र ब्यापारमा लागेकाले महिला साथै वालवालिका शहर झरेका हुन् । मनाङ जिल्लाका विकट ग्रामीण क्षेत्रहरुमा पुरुषहरु प्रायः देखिँदैन ।
जैविक तथा जातीय विविधता भएको नेपालमा यस्ता पनि ठाउँ र मानिसहरु छन्, जहाँका मानिसहरु वर्षरी आफ्नो घरमा समेत वस्न पाउँदैनन् । उदाहरणको रुपमा देखिएको मनाङका वासिन्दा एक/दुई पटक नभएर वर्षौ पिच्छे यसरी र्झन बाध्य छन् ।

Posted on:January 7, 2009, 4:42 am