Showing posts with label Marriage. Show all posts
Showing posts with label Marriage. Show all posts

Tuesday, May 24, 2011

कार्यालयभित्रै प्रहरीको विवाह विवाहमा ढेढसय खर्च

आश गुरुङ 'प्रतीक'
लमजुङ, फागुन ६ गते । लमजुङमा कार्यरत दुई जना प्रहरीरीवीच जिल्ला प्रहरी कार्यालयको परिसरमा आज मंगलवार विवाह भएको छ । कुनै भोज भतेर र दाईजो विना नै नवलपरासी जिल्ला पञ्चनगर गाविस ६, विजयपुरका २४ वषिर्य प्रहरी जवान दीपेशकुमार चौधरी र रुपन्देही जिल्ला सालझण्डी गाविस ५, बिचौवापुरकी २० वषिर्या प्रहरी जवान राजकुमारी चौधरीबीच विवाह भएको हो । वेहुला दीपेशकुमार चौधरी जिल्ला कारागार शाखा र वेहुली राजकुमारी चौधरी जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । विवाहपश्चात वेहुलीलाई जिल्ला कारागारमा भित्र्याईएको छ । वुहुलीको माईतीपक्ष बनेका प्रहरी नायब उपरीक्षक शिवहरि वास्कोटाले कार्यगत सहजतालाई मध्यनजर गरि विवाह गरिदिएको जानकारी दिनुभयो । उहाँले आज मंगलवारदेखि नै वेहुलीलाई पनि जिल्ला कारागार सरुवा गराएको जानकारी दिनुभयो । विवाहमा वेहुलापक्षका तर्फाट प्रहरी निरीक्षक जगत कार्की, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल, सरकारी वकिल बालकृष्ण वाग्ले, सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्याल, प्रहरी, स्थानीयवासिन्दा तथा पत्रकारहरुको उपस्थिति थियो । विवाहमा प्रयोग भएका विस्कृट, चकलेट, केरा, अंगुर र स्याउ साथै सिन्दुर गरि ढेढसय रुपैँया खर्च भएको प्रहरीले जनाएको छ ।

Posted on:February 17, 2009, 7:44 am