Showing posts with label Dance competition. Show all posts
Showing posts with label Dance competition. Show all posts

Thursday, May 19, 2011

नृत्य प्रतियोगितामा भुजुङ प्रथम

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २२ गते ।
तमु छोँज धीँ लमजुङले तमु लोँ ल्होसार २०६५ को अवसरमा आयोजना गरेको नृत्य प्रतियोगितामा लालीगुराँस युवा क्लब भुजुङ प्रथम भएकाछन् ।
प्रतियोगितामा बागिना युवा क्लब वेसीशहरले द्वितीय र शिलादेवि युवा क्लब सिउरुङले तृतीय स्थान हासिल गरेका छन् । भूपू सैनिक आवासीय मावि भोटेओडारले सान्त्वना भएकाछन् ।
प्रतियोगितामा प्रथम हुने लाली गुराँस युवा क्लब भुजुङले सातहजार सहित प्रमाणपत्र हात पारेका छन् भने द्वितीय हुने बागिना वेसीशहरले पाँचहजार, तृतीय हुने शिलादेवी सिउरुङले तीनहजार र सान्त्वना हुने भूपू भोटे ओडारले एक हजार पाँचसय हातपारेका छन् ।
तमु संग्रहालयको प्राङ्गणमा आयोजना गरिएको स्यो कैँ अर्थात सामुहिक भोज कार्यक्रममा तमु छोँज धीँ लमजुङका अध्यक्ष प्रेम घले र प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले प्रतियोगिताका विजेता समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।


Posted on:January 6, 2009, 2:17 am