Showing posts with label CPN-UML. Show all posts
Showing posts with label CPN-UML. Show all posts

Sunday, June 19, 2011

एमालेे कार्यालयमा ताला

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
लमजुङ, असार १४ गते ।
युथफोर्सका कार्यकर्ताले सोमवार दिनभर एमाले लमजुङको कार्यालयमा तालाबन्दी गर्‍यो ।
लमजुङ कारागारमा रहेका युथफोर्स लमजुङका सदस्य बासु बराललाई छुटाउन पार्टर्ीी पहल नगरेको भन्दै युवाहरुले पार्टर्ीीार्यालयमा उनीहरुले तालाबन्दी गरेका हुन् ।

माओवादी निकट अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष हरि दनाईलाई कुटपिट गरेको अभियोगमा युथफोर्सका बराल दर्ुइ महिनादेखि कारागारमा छन् ।
एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्वा गुरुङ र केन्द्रिय सदस्य टुका हमाल जिल्ला आएको मौका छोपी युथफोर्सका सदस्य छुटाउन दबाब दिने उद्देश्यले पार्टर्ीीार्यालयमा तालाबन्दी गरिएको एमाले युवाहरुले बताएका छन् ।

तालबन्दी पछि एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङ, केन्द्रीय सदस्य टुका हमाल, जिल्ला नेताहरु र युवा प्रतिनिधि बीचको छलफलबाट युवाहरुले उठाएको माग प्रक्रियागत ढंगले सम्बोधन गर्ने सहमति भएपछि विहान लगाईएको ताला साँझमात्रै खुलेको थियो ।

UML-office-locked

Posted on:June 28, 2010, 8:36 am

Tuesday, May 17, 2011

एमाले नेता माओवादीमा

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस २१ गते ।
नेकपा एमाले लमजुङ जिल्ला कमिटिका एक सदस्य माओवादीमा प्रवेश गरेकाछन् ।
भोर्लेटार गाउँ विकास समिति वडा नं. ७ स्थायी घर भएका एमाले जिल्ला कमिटि सदस्य श्रीभद्र रेग्मी माओवादीमा प्रवेश गरेका हुन् ।
माओवादीमा प्रवेश पछि एक पत्रकार सम्मेलन गरि एमाले परित्याग गरि माओवादीमा प्रबेश गरेको एक पत्रकार सम्मेलनको आयोजना गरि गणतन्त्रको स्थापनासँगै स्वाधिन र जनमुखि गणतन्त्र तर्फजाने वा यथास्थितिवादी गणतन्त्रमा बस्ने भन्ने प्रश्नमा तीब्र राजनितिक ध्रुवीकरण भएकाले आफू एमाले छोडेर माओवादीमा प्रवेश गरेका रेग्मीले वताए ।
नेकपा एमाले इलाका नं. ५ का इन्चार्ज समेत रहेका रेग्मी २०३६ सालदेखि बाम विद्यार्थी आन्दोलनमा लागेका थिए भने २०३९ सालबाट निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । उनी २०६२ सालबाट जिल्ला कमिटिको सदस्यको जिम्मेवारीमा थिए ।
नेकापा माओवादीका जिल्ला इन्चार्ज देवेन्द्र पराजुलीले रेग्मीलाई पार्टीमा स्वागत गर्दै आवश्यकता अनुसारको जिम्मेवारी दिने वताएकाछन् ।

Friday, May 13, 2011

एमालेको जिल्ला अधिवेशन स्थगित

रबिन राउत लमजुङ

लमजुङ कार्तीक २४- नेकपा एमाले जिल्ला कमिटी लमजुङको आगामी पुस ११ र १२ गते हुने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ ।
नेकपा एमाले पार्टी कार्यालयमा सम्पन्न २५ औ पूर्ण बैठकले केन्द्रीय आठौं महाधिवेशनको तयारी, सांगठनिक काम लगायतका व्यस्तताको कारण देखाएर स्थगित गरिएको जनाको छ । एमाले लमजुङले शुक्रवार एक पत्रकार सम्मेलन गरि यसवारे जानकारी गराएको हो ।
त्यस्तै, गरि बैठकले पार्टीको जिल्ला स्तरीय कार्यकर्ता भेला पौष ५ गते बेसीशहरमा गर्ने, संगठित सदस्यता नविकरणको कामलाई घनिभुत बनाउँदै कार्तिक महिना भित्र नविकरण गरिसक्ने, विभिन्न विभाग र जन वर्गीय संगठनहरुको वैठक तत्काल गर्न लगाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी गर्राईको थियो । त्यस्तै, अनेरास्ववियुको २० औ जिल्ला सम्मेलन आगामी मंसीर ६ र ७ गते बेसीशहरमा हुने भएकाले सो सम्मेलन र अखिल नेपाल किसान महासंघको आयोजनामा पौष ६ देखि १३ गते सम्म हुने बिषयगत किसान संघहरुको भेलालाई आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमार्फ जनाईएको छ ।
बैठक जिल्ला कमिटीका सचिव मायानाथ अधिकारीको अध्यक्षता तथा एमाले केन्द्रिय कमिटी सदस्य एवं गण्डकी अञ्चल इन्चार्ज त्रिलोचन ढकालको प्रमुख आतिथ्यतामा भएको थियो ।

Posted on:November 9, 2008, 4:51 am