Showing posts with label Besisahar. Show all posts
Showing posts with label Besisahar. Show all posts

Tuesday, May 17, 2011

वेसीशहर-स्याँगे सडक खण्ड अवरुद्ध

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस १८ गते ।
बेसीशहर-चामे सडक खण्ड अन्तर्रगत लमजुङको सदरमुकाम वेसीशहरदेखि स्याँगेसम्मको सडक आज शुक्रवार विहानवाट अबरुद्ध भएको छ ।
खुदीस्थित अमर उच्च माध्यमिक विद्यालयको एमाले निकट अनेरास्ववियु विर्द्यर्थीहरुले ४५ प्रतिशत गाडी भाडा छुटको माग गर्दै गाडि चल्न नदिएपछि सडक अवरुद्ध भएको हो । सदरमुकाम वेसीशहरवाट छुटेको गाडि र स्याँगेवाट छुटेको गाडिलाई विद्यार्थीहरुले खुदीबजार नजिकै रोकेर राखेकाछन् ।
तीन दिन अघि अनेरास्ववियुले कालिका माईक्रोबस व्ययबसायी समितिमा विर्द्यर्थी समुहलियत कायम गर्न माग गर्दे ज्ञापनपत्र बुझाए पनि सहुलिएत नदिएको भन्दै अनिश्चितकालीन यातायात बन्द गरेका विद्यार्थीहरुले वताएका छन् । वेसीशहर-स्याँगे सडक खण्डमा गाडि चल्न नदिएपछि अन्नपूर्ण चक्रीय पदमार्गमा जाने र ओहरदोहर गर्ने यात्रुहरु अलपत्र परेकाछन् ।
अनेरास्ववियु अमर उच्च मावि इकाइ कमिटीले विद्यार्थी सहुलिएतको अतिरिक्त अपाङ्ग यात्रुलाई भाडामा पुरै छुट र गरिव तथा असाहृयलाई २५ प्रतिशत छुट दिनुपर्ने माग गरेका छन ।

Posted on:January 2, 2009, 8:18 pm

Sunday, May 15, 2011

वेशिशहरमा वडदै छ सडक अतिक्रमण

रबिन राउत

लमजुङ मसिंर ११
यसै सानो सडक त्यो माथी पनि यहाका व्यापारी तथा फुटपाथे व्यापारी र विभिन्न पसल तथा संघ सस्था का होडिङ वोर्ड वाटौमै राखिदिनाले त झनै सडक साघुरो वनाई राखेको छ । सर-सामान वेच्न हिडेका मालवाहक ट्रक तथा साना गाडिहरुले सडक पेटिमा गर्ने पार्किङ ले त झनै र्सवसाधरण हरुलाई वाटो वाटै हिडन अप्ठायारो वनाएको छ । साना देखि ठुला व्यापारी हरुले सडकको ख्यालै नराखी सामान राखिदिनाले नै सडक अतिक्रमण भएको हो । लमजुङ उद्योग वाणिज्य सघंले पटक पटक त्यस्ता क्रियाकलाप रोक्न चेतावनी दिएता पनि त्यसको कसैले पालना गरेको लाग्दैन ।
वेशिसहर वजारलाई हरियाली वनाउने उद्देश्यले सडकको दुईटै किनारामा असोक वृक्ष लगाइएको छ । सो वृक्षलाई मानिस तथा जनावारवाट संरक्षण दिनको लागी फलामको जाली लगाइएको छ । त्यस जालि तथा वृक्षले त झनै मानिस हिडनको लागी प्रयोग गरिने दाया वाया किनारा ओगटेको छ । वेशिसहर वजारलाई हरियाली वनाउने योजना पनि लमजुङ उद्योग वाणिज्य सघंकै हो । अहिले लमजुङ जिल्लाको विकास तथा आर्थीक स्रोत जुटाउनको लागी सडक छेउमा राखिएको विभिन्न किसिमका सामाग्री हरुको कर भनौ या एक दिनको भाडा भनौ ठेला व्यापारी ,गाडि पाकिङ गर्नेलाई सग रु १० लिने गरेको छ । यसरी उठेको रुपैयाले वेशिसहर वजारको विकास निर्माणमा खर्च गरीने लमजुङ उद्योग वाणिज्य सघंका महासचिव मृगे्रन्द्र घिमिरेले वताउनु भयो । पटक पटक सुचना निकाले पनि कसैले पनि सडक छेउमा सामान राख्न भने छोडेको छैन महासचिव घिमिरेले वताउनु भयो । यसरी सडक अतिक्रमण तथा जथाभावी पाकिङ को समस्या सवारी साधनको उचित पाकिङको व्यवस्था नभएको कारणले भएके हो ।



Posted on:November 26, 2008, 4:35 am

Friday, May 13, 2011

वेसीशहर-स्याँगे यातायात संचालन

रबिन राउत, लमजुङ,

कार्तिक २९ गते - लमजुङ सदरमुकाम वेसीशहरदेखि उत्तरी लमजुङको स्याँगेसम्मको यातायात पाँचमहिनापछि संचालनमा आएको छ ।
वेसीशहर-चामे सडक खण्ड अन्तर्गत पर्ने सो सडक खण्ड अविरल वर्षाका कारण ठाउँठाउँमा बाढीपहिरो भएपछि जेठ महिनाको अन्तिम सातादेखि अवरुद्ध भएको थियो । वेसीशहर-चामे सडकको निर्माण जिम्मा लिँदै आएको नेपाली सेनाले बाटो मर्मत गरेपछि यातायात संचालनमा आएको हो । यसअघि वेसीशहरदेखि भुलभुलेसम्मको सडक खण्डमा मात्रै यातायात संचालन हुँदै आएको थियो ।
वेसीशहरदेखि स्याँगेसम्मको करीब २७ किलोमीटर सडकमा यातायात संचालन भएपछि अन्नपूर्ण पदयात्राका लागि छोटो सयम लिएर आउने पर्यटकलाई फाईदा पुगेको छ । त्यस्तै, हिमालपारिको जिल्ला मनाङ र उत्तरी लमजुङका आधादर्जनभन्दा बढी गाउँ विकास समितिका वासिन्दा प्रत्यक्ष लाभान्वित भएकाछन् ।
यातायात संचालनमा आएपछि मनाङ र उत्तरी लमजुङमा सहज तरिकाले खाद्यान्न ढुवानी समेत हुन थालेको छ ।


Posted on:2008-11-15 07:26:53