Showing posts with label Lamjung Congress. Show all posts
Showing posts with label Lamjung Congress. Show all posts

Tuesday, May 17, 2011

लमजुङ कांग्रेस सभापतिविरुद्ध मुद्दा दायर

आश गुरुङ 'प्रतीक',
लमजुङ, पुस १९ गते - नेपाली कांग्रेस लमजुङका वर्तमान सभापति तुलसी नारायण श्रेष्ठविरुद्ध पूर्व सभापति तथा पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारीले मुद्दा हालेकाछन् । पार्टीको सम्पत्तिलाई मनोमानि र एकलौटी ढंगले चलाएको भन्दै अधिकारीले श्रेष्ठविरुद्ध जिल्ला अदालत लमजुङमा मुद्दा हालेका हुन् । वर्तमान सभापति श्रेष्ठले बीपी स्मृति भवन निर्माणका लागि निर्माण समितिसंग एक बचन नसोधि आफ्नो ढंगले पार्टीको जग्गा विक्री गरि अर्को किनेको आरोप लगाईएको छ । नेपाली कांग्रेस जिल्ला शाखा लमजुङको नाममा वेसीशहर गाविस १, स्थित १ रोपनी ७ आना १ पैसा थियो । त्यस जग्गामा नयाँ भवन निर्माण गर्ने भनिएपनि आफूखुसी सातलाख रुपैँयामा विक्रीगरि वडा नं. २ मा ३२ लाख खर्च गरि गत असारमा भवन खरिद गरेको थियो । बीपी भवन निर्माण समितिका संयोजक समेत रहेका अधिकारीले पार्टी भन्दा एक कदम अगाडि रहेर समितिसंग पनि सरसल्लाह नगरि आफूखुसी पार्टीको चलअचल सम्पत्तीमाथि एकाधिकार प्रयोग गरेको अधिकारीको आरोप छ । जिल्ला कार्यसमिति स्वयत्त संस्था नभएकाले केन्द्रको अनुमति र जिल्ला कार्यसमितिको लिखित निर्णयविना पार्टीको चल तथा अचल सम्पत्ती खरिदविक्री गर्नु विधान बिपरित भएको अधिकारीको तर्क छ । बीपी भवन निर्माण गर्नका लागि पूर्ब सभापति तथा सहायक मन्त्री रामचन्द्र अधिकारीको संयोजकत्वमा गत २०६२ साल असार १३ गते १३ सदस्यीय भवन निर्माण समिति गठन गरिएको थियो । सो भवनको तत्कालीन महामन्त्री तथा वर्तमान राष्ट्रपनि डाक्टर रामबरण यादबले समेत शिलान्याश गरिसकेको हो ।
यता आरोपित सभापति श्रेष्ठले सम्पत्ति खरिदविक्रीको सवालभन्दा आन्तरिक गुटबन्दीका कारण आफूविरुद्ध मुद्धा हालिएको वताएकाछन् । उनले जिल्ला कार्यसमितिको सल्लाहमा पार्टीकै हितका लागि भवन खरिद गरेको यसअघि नै वताएका थिए ।

Posted on:January 3, 2009, 7:39 am