Showing posts with label Himchuli. Show all posts
Showing posts with label Himchuli. Show all posts

Tuesday, May 17, 2011

हिमालचुलीको दोश्रो पर्यटन साहित्य यात्रा

आश गुरुङ 'प्रतीक'
लमजुङ, मंसिर २८ गते ।
लमजुङमा स्थापित हिमालचुली कला साहित्य प्रतिष्ठानले बुधवारदेखि गरेको दोश्रो पर्यटन साहित्य यात्रा सम्पन्न गरेको छ ।
सिउरुङ महोत्सव २०६५ को अवसर पारेर लमजुङ सदरमुकाम वेसीशहरको मनाङ्गे चौतारादेखि यात्रा शुरु गरेको हो । पर्यटन साहित्य यात्रा खुदी गाविसको खुदीबजार, ढगैँ, काँडेचौर, हर्सिङ डाँडा, सिउरुङ, थाकनवेसी, भुलभुले हुँदै वेसीशहर आएर शनिवार टुङ्गएिको छ ।
साहित्यको माध्यमबाट पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हिमालचुली कला साहित्य प्रतिष्ठानले गत जेठबाट पर्यटन साहित्य यात्रा शुरु गरेको हो । दोश्रो पर्यटन साहित्य यात्राका क्रममा प्रतिष्ठानले विभिन्न ठाउँमा गएर कविता, गजल, मुक्तक तथा गीत लेख्ने र सुनाउने कार्य गरिएको प्रतिष्ठानले जनाएको छ । सिउरुङमा पुगेपछि त्यहाँको प्राकृतिक सुन्दरता, हिमाली दृष्यावलोकन, स्थानीय बासीन्दाको हार्दिकता, आत्मीयता र पाहुना सत्कारलाई स्रष्टाहरुले सोही स्थानमा कविता, मुक्तक, गीत तथा गजल रचना गरी सोही मार्फ ब्यक्त गरेको प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरेले जानकारी दिनुभएको छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण तथा पर्यटकीय सिउरुङ गाउँलाई मध्यनजर राखि शुरु गरेको यात्रामा ५० भन्दा बढी श्रष्टा तथा अन्य सहभागी थिए । गुरुङ कला र संस्कृतिका धनी गाउँ मध्ये गनिने सिउरुङमा रहेका कलासंस्कृतिलाई सहित्यिक माध्ययमवाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ दोश्रो पर्यटन साहित्य यात्रा गरेको प्रतिष्ठानका कार्यबहाक सचिब नबीनचन्द्र घिमिरेले जानकारी दिनुभएको छ ।
प्रतिष्ठानले यसअघि ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको पुरानोकोटमा पहिलो पर्यटन साहित्य यात्रा गरेको थियो ।

Posted on:December 13, 2008, 9:46 pm