Showing posts with label Triveni Cup. Show all posts
Showing posts with label Triveni Cup. Show all posts

Tuesday, June 7, 2011

अठारौं त्रिवेणी कपको उपाधी समाजकल्याणलाई

आश गुरुङ 'प्रतिक'










लमजुङ पुस २० गते । अठारौं त्रिवेणी कप राष्ट्रव्यापी खुल्ला फुटवल प्रतियोगिताको उपाधी समाज कल्याण खेलकुँद केन्द्र नयँँाबजार, काठमाण्डौले हात पारेको छ । लमजुङ सदरमुकाम बेसीसहरमा भएको फाइनल खेलमा नक्खीपोट युवा क्लब ललितपुरलाई ट्राइबेकरमा ८-७ को गोलअन्तरले हराउँदै समाजकल्याणले उपाधी हात पार्‍यो भने नक्खीपोट सहविजेतामै चित्त बुझाउन बाध्य भयो ।

जितसँगै समाजकल्याणले त्रिवेणीकप,पचासहजार नगद, स्वर्ण्र्ााक र प्रमाणपत्र पायो भने सहविजेता नक्खीपोटले नगद तीस हजार, रजतपदक र प्रमाण पायो ।

कडा प्रतिस्पर्धा रहेको उक्त खेलमा पहिलो हापसम्म दुवै पक्षबाट गोल हुन सकेन् । ६३ औं मिनेटमा समाजकल्याणका कामारामामा दुवाले पहिलो गोल गरेपनि ८० औं मिनेटमा नक्खीपोटका श्रीमान गुरुङले गोल फर्काउन सफल भए । निर्धारित समयमा बराबरी भएको खेल अतिरिक्त समयमा पनि उस्तै रह्यो । ट्राइबेकरमा पनि बराबरी भैरहेको उक्त खेलमा समाजकल्याणका गोलक्पिर एवं टिमलिडर शैलेश कर्माचार्यको गोल नै निर्ण्ाायक गोल सावित भएको थियो ।

यसैगरी तृतिय स्थानका लागि भएको खेलमा कालिका म्याजिक मार्वल तिलिचे मनाङ खेलकुँद विकास समिति मनाङलाई ६-४ को अन्तरले हराउँदै तेस्रो स्थान जित्न सफल भयो ।

म्याजिक मार्वल तिलिचेका राज पौडेलले ८ गोल गरी र्सवाधिक गोलकर्ता र नक्खीपोटका श्रीमान गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उत्कृष्ट टिम सुन्दरबजार फुटबल क्लब बन्यो । उत्कृष्ट खेलाडी र र्सवाधिक गोलकर्ताले नगद पाँच हजार र प्रमाण पत्र प्राप्त गरे भने उत्कृष्ट टिमले प्रमाणपत्र र ट्रफी पायो ।

Posted on:January 4, 2010, 7:32 am

१८ औ त्रिवेणी कप नखीपोट र कालिका सेमिफाइनलमा

आश गुरुङ 'प्रतीक'
trivini cup


trivini cup


लमजुङ, पुस १७ गते । पहिलो हाफको २२ मिनेटमा मिलन र्राईले गरेको गोलको मद्दतवाट नखीपोट युथ क्लब ललितपुर लमजुङ सदरमुकाम वेसीशहरमा जारी १८ औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

आयोजक त्रिवेणी युवा क्लब 'ए' लाई मुस्किलले टर््राईब्रेकरमा जितेर क्वाटरफाईनमा प्रवेश गरेको बेसीशहर यथ सोर्साईटी 'ए'ले कडा प्रयास गरेपनि नखीपोट ललितपुरसामु कुनै गोल गर्न सकेन ।

यसैगरि, बीवाईसी भोटेओडारलाई कडा परिश्रमपछि पछि पार्दै क्वाटरफाईनलमा प्रवेश गरेको मर्स्याङ्दी युवा क्बल 'ए' कालिका म्याजिक मार्वल तिलिचो मनाङसंग टर््राईब्रेकरमा हार्‍यो । कालिकाका चन्द्र रानामगरले पहिलो हाफको ३१ मिनेटमा गरेको गोललाई दोस्रो हाफको ३० मिनेटमा अमर पुनले फर्काएपनि मर्स्याङ्दीले ५-४ को समाना गर्नुपर्‍यो ।

आज नै भएको प्रि-क्वाटर फाइनल खेलमा अल स्टार क्लब आँबुखैरेनीलाई १ को बिरुद्ध ३ गोल गरि समाज कल्याण खेलकुद केन्द्र काठमाण्डौले क्वाटर फाइनलका लागि आफ्नो बाटो तताएको छ । तस्विरमा १, गोल प्रयास गर्दै मनाङका खेलाडी । २, प्रतिरक्षा गर्दै बल अगाडी बढाउने क्रमम लमजुङ मरर्स्याङ्दी खेलाडी ।
Posted on:January 2, 2010, 10:37 pm

१८ औँ त्रिवेणी कप: शुरुवाती खेलमा आयोजक विजयी

आश गुरुङ 'प्रतीक'

लमजुङ, पुस १२ गते ।
लमजुङ सदरमुकाम वेसीशहरको सहजी खेलमैदानमा संचालन गरिएको १८ औँ त्रिवेणी कप फुटवल प्रतियोगिताको शुरुवाती खेल आयोजकले जितेको छ ।

आज आईतवार भएको खेलमा आयोजक त्रिवेणी क्लब 'ए' ले जनविकास कलेज वेसीशहरलाई ० का विरुद्ध ३ गोल गरि हरायो ।
खेल शुरु भएको १० मिनेटमा त्रिवेणीका छविन्द्र गुरुङले गोलखाता खोले, २० मिनेटमा वसन्त गुरुङले दोश्रो गोल गरे । जनविकासले गोल गर्ने प्रयास गर्दागर्दै दोश्रो हाफको ८ मिनेटमा फेरि वसन्त गुरुङले गोल गरेपछि त्रिवेणीले आफ्नो जीत शुनिश्चित बनाएको थियो ।

भोलि सोमवारको पहिलो खेल मर्स्याङ्दी युथ क्लव 'ए' र त्रिवेणी युथ क्लब 'बी' बेसीशहर, दोश्रो खेल वेसीशहर युथ सोर्साईटी 'ए' र आदर्श युथ क्लब, तेश्रो खेल त्रिवेणी युथ क्लब मु्ग्लीन र बीवाईसी नीलो भोटेओडार, चौँथो नाखीपोट युथ क्लब र घनपोखरा युवा क्बल र पाँचौ खेल कालिका म्याजिक मार्बल तिलिचो मनाङ र नाईङङ्गिल युथ क्लब भोटेओडारबीच हुने छ ।


प्रतियोगितामा काठमाडौँ, चितवन, पोखरा लगायत विभिन्न ठाउँका २८ टिमले सहभागिता जनाएकाछन् ।

खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद पोखरेलले खेलकुद क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आ-आफ्नो धारणा राखेका थिए ।

उद्घाटन कार्यक्रम आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा भएको थियो ।




Posted on:December 27, 2009, 9:36 am