Showing posts with label Suirung village. Show all posts
Showing posts with label Suirung village. Show all posts

Sunday, June 5, 2011

लमजुङको सिउरुङमा पर्यटक आगमनमा बृद्धि

आश गुरुङ 'प्रतीक'





























लमजुङ, असोज २२ गते । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा स्वदेशी तथा विदेशी पर्यटक आगमनमा बृद्धि भएको छ ।
ग्रामीण पर्यटन प्रवर्द्धनमा स्थानीयवासिन्दाको प्रयास र गाउँलाई संचारमाध्यमले स्वदेश तथा विदेशमा प्रचारप्रसार गरेपछि पर्यटक आगमनमा बृद्धि भएको हो ।
लमजुङको पर्यटकीय गाउँ सिउरुङमा स्वदेशी तथा विदेशी पर्यटक आगमनसिउरुङमा असोज महिनमा मात्रै विदेशी छ वटा ग्रुप घुम्न आएको ग्रामीण पर्यटन विकास उप-समिति सिउरुङले जनाएको छ । अघिपछि थोरैमात्रामा आउने गरेपनि अहिले विदेशीका अलाव स्वदेशी पर्यटकहरुसमेत गाउँमा त्यतिकैमात्रामा आउने गरेको समितिका सचिव उमर गुरुङले जानकारी दिनुभएको छ ।
सदरमुकाम वेसीशहरवाट करीब एकदिन पैदल हिँडेर पुगिने सिउरुङमा यसवर्षचारसय मात्रै विदेशी पर्यटक आईसकेको पर्यटन विकास उप-समितिसंग तथ्याङ्क रहेको छ ।


सिउरुङमा आउने पर्यटकले गाउँका आमा समूह, युवा क्लब तथा विद्यालयलाई सहयोग समेत गर्दै आएकाछन् । केहीदिनअघि स्प्रिड अफ हिमालयमार्फ पेमा तामाङको नेतृत्वमा आएको १३ जना स्पेनका पर्यटकहरुले स्थानीय लताकुञ्ज निमाविस्थित हरित क्लबलाई एकहजार पाँचसय रुपैँया दिएका शिक्षक रमेशचन्द्र घिमिरेले वताउनुभयो ।


समुद्री सतहवाट १८५४ मीटरको उचाईमा रहेको सिउरुङ गाउँमा पर्यटकहरु आएपछि स्थानीयवासिन्दाल गुरुङ कला तथा संस्कृति झल्कने घाँटू, सोरठी, कृष्णचरित्र, सारङ्गीनाच लगायत सांस्कृतिक झाँकीहरु देखाउने प्रचलन छ ।

Posted on:October 9, 2009, 11:28 am