Showing posts with label Tarkughat. Show all posts
Showing posts with label Tarkughat. Show all posts

Tuesday, May 17, 2011

गन्धर्व गाउँ अझै पहिरोको खतरामा गाउँभरि खानेपानीको समस्या

आश गुरुङ 'प्रतीक'
लमजुङ, पुस ४ गते ।
Elamjungपूर्वी लमजुङको तार्कुघाट गाउँ विकास समितिमा रहेका लोपुन्मुख गन्धर्व वस्ती पहिरोको चपेटामा परेको छ ।
गत भदौमा गएको पहिरो अझै नरोकिएपछि तार्कुघाट गाविसको पिपलटारी र कमलवारीका गन्धर्वहरु दिनानुदिन असुरक्षित बन्दै गएको छ । घर भएका स्थानलाई छोडेर माथि र तलवाट अहिलेपनि पहिरोले च्यापीरहेको छ । पहिरो निरन्तर चलेका कारण गर्न्धर्व जातिका करीब १६ घरपरिवार विस्थापित अवस्थामा पुगेको स्थानीय बुद्धिमान गन्धर्वले वताउनुभएको छ ।
आर्थिक स्थित नाजुक भएका कारण आफ्नो घर छोडि कतै जान नसकेका गन्धर्वहरु माथि र तलवाट पहिरो चलेपछि निकै चिन्तित बनेकाछन् । गन्धर्व वस्तीमात्रै नभईकन पहिरोले तार्कुघाटका अन्य गाउँपनि बगाउन लागेको छ ।
अविरल वर्षाका कारण भदौ १४ गते बाढीपहिरो हुँदा त्यस स्थानका मधुमाया नेपाली र समुन्द्रा नेपालीले घटनास्थलमानै ज्यान गुमाएका थिए । मानवीय क्षतिसंगै त्यसवखतदेखि करीब एकदर्जन भन्दा बढी घरपरिवारले विस्थापित जीवन विताउँदै आएकाछन् । तार्कुघाट र धमिलिकुवा गाविसको सिमानामा पर्ने लुपु खोलमा आएको बाढीले खानेपानीको पाईप, मुहान र ट्याङ्की बगाईदिएपछि स्थानीयवासिन्दालाई समस्याले पिरोलेको छ । विगतमा सजिलोसंग खानेपानी उपभोग गदै आएका स्थानीयवासिन्दा अहिले कुवा र खोलाको पानी खान बाध्य छन् । हुनेखानेले खानेपानीको मुहानवाट पाईप जडान गरि ल्याएकाछन् भने त्यही पाईपपनि जथाभावी फुटेका र मानिसले काट्ने गरेकाले खानेपानीको चरम समस्या भएको स्थानीय मोहन गन्धर्वले वताउनुभयो ।
खानेपानीको पाईप, मुहान र ट्याङ्की बगाईदिएपछि तार्कुघाट गाविस वडा नं. ७ र ८ का सयभन्दा बढी घरपरिवारहरु अहिले खानेपानीवाट बञ्चित छन् । समस्या धेरै भएपनि संवन्धित निकायले चासो नदिएको स्थानीयवासिन्दाको गुनासो छ ।
तस्वीरमाः भदौ १४ गते तार्कुघाटमा गएको पहिरोले आधा भाग बगाएको एउटा घर । बाढीपहिरोका कारण त्यतिवेला एकदर्जन भन्दा बढी घरपरिवार विस्थापित भएका थिए ।
तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:December 20, 2008, 9:57 pm