Showing posts with label Pacific Development Bank. Show all posts
Showing posts with label Pacific Development Bank. Show all posts

Sunday, June 5, 2011

प्यासिफिक विकास बैंकले कारोबार शुरु गर्यो

आश गुरुङ 'प्रतीक'
pacific_bank in Lamjungलमजुङ, साउन १० गते ।
प्यासिफिक विकास बैंकले आज आईतवारवाट लमजुङ सदरमुकाम वेसीशहरमा कारोवार शुरु गरेको छ ।
वित्तिय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट ख श्रेणीको इजाजत पाएको यो बैंक लमजुङमा नीजि क्षेत्रबाट स्थापना भएको पाँचौ बैंक र लमजुङेहरुको स्वामित्वको पहिलो बैंक हो । लमजुङका उद्योगी, ब्यापारी, समाजसेवी तथा लब्धप्रतिष्ठीत ब्यक्तिहरुद्वारा स्थापित बैंकले ग्रामीण क्षेत्रमा छरीएको पूँजीलाई एकत्रित गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्�याउने लक्ष्य सहित स्थापित बैंकले लगानीका नयाँ नयाँ क्षेत्र खोज्ने बताएको छ ।
जारी पूँजी ३ करोड र १ करोड ९५ लाख चुक्ता पूँजी रहेको बैंकले साधारण बचत, मेघा वचत, वरीष्ठ नागरिक सुरक्षा योजना, गृहणी बचत खाता, विद्यार्थी बचत, कर्मचारी बचत खाता, सुनौलो क्रमिक बाल बचत खाता, मुद्दती खाता लगायतका खाता सञ्चालनको ब्यवस्था गरेको बैंकका अध्यक्ष भेषबहादुर पौडेलले बताउनुभयो ।


प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले बैंकले ब्यक्तिगत आवश्यकता, बैदेशिक रोजगार, शैक्षिक, घर निर्माण, घडेरी खरीद, कृषि, जलश्रोत लगायतका क्षेत्रमा लगानी गर्ने र प्रक्रिया पुगी आएमा २४ घण्टाभित्रै कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो । साथै निकट भविष्यमै बेसीशहरमा एटीएम सुविधा समेत प्रदान गर्ने उहाँले बताउनुभयो ।


लमजुङमा हाल राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सनराइज बैंक, एभरेष्ट बैंक, गण्डकी विकास बैंक, रिलायवल फाइनान्स लिमिटेड लगायतका वित्तिय संस्थाहरुले बैंकिङ्ग कारोबार गर्दै आएका छन् ।

Posted on:July 26, 2009, 6:52 am