Showing posts with label NTC. Show all posts
Showing posts with label NTC. Show all posts

Friday, May 13, 2011

मोवाईल फोनको सिष्टम परिवर्तन नमस्ते मोवाईल अवरुद्ध

रबिन राउत लमजुङ,

कार्तिक २७ गते - नेपाल टेलिकमले सञ्चालन गरेको नमस्ते मोवाईल सेवालाई गुणस्तरीय बनाउनको लागि लमजुङमा सिष्टम परिवर्तन तथा क्षमताबृद्धि कार्य सुरु गरिएको छ ।
विगतमा टेलिकमले 'डब्लु.एच.वाई' कम्पनीको सिष्टम मार्फ सेवा दिँदै गरेकोमा अहिले 'जीटीसी' कम्पनी मार्फ् सेवा प्रदान गर्न लागिएको टेलिकम लमजुङका प्रमुख रुद्रकुमार श्रेष्ठले वताएकाछन् ।
सिष्टम परिवर्तनका लागि 'जीटीसी' कम्पनीका चाईनिज प्राविधिकहरुले काम गरीरहेका छन् । 'जीटीसी' कम्पनीका सिष्टम जोड्न लागेका कारण लमजुङमा हिजो मंगलवार दिउँसो १२ बजेदेखि नमस्ते टेलिफोन सेवा अवरुद्ध छ ।
सिष्टम परिवर्तन गरेपछि चार हजार पाँचसय सिम क्षमता बाट बृद्धि भई त्यसको दोब्बर सम्म थेग्न सक्ने वताईएको छ । लमजुङमा अहिले सम्म सातहजार आठ सय थान नमस्ते मोवाईलको सिमकार्ड र तीनहजार छ सय थान स्काई मोवाईलको रिमकार्ड वितरण भईसकेको टेलिकमले जनाएको छ ।


Posted on:November 12, 2008, 11:17 pm