Showing posts with label Manoj Gujural. Show all posts
Showing posts with label Manoj Gujural. Show all posts

Tuesday, May 24, 2011

मनोज गजुरेलले ततायो लमजुङ महोत्सव

आश गुरुङ 'प्रतीक'
लमजुङ, फागुन २ गते ।
मनोज गजुरेल र हवनकलीलमजुङको सदरमुकाम वेसीशहरमा आयाजित 'लमजुङ महोत्सव २०६५' मा दर्शकहरुको ओईरो लागिरहेको थियो । कार्यक्रममा मनोज गजुरेल आउने भनेपछि लमजुङका वासिन्दा एकाएकगरि महोत्सवस्थलमा आफ्नो ठाउँ ओगट्नतर्फलागे । उनको पर्खाइमा वसेका दर्शकहरु उनी नआएपछि बाहिरिएका समेत थिए । सवैको आँखा मञ्चतिर मात्रै केन्द्रित थियो । एक्कासी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भेषमा मनोज गजुरेल मञ्चमा उभिए । कसैले चिनेनन् उनलाई, सवैले भने 'मनोज गजुरेल भनेको त प्रचण्ड पो आएछ ।' दर्शकदीर्घ कोही रिसाए, कोही छक्क परे ।
आफ्नो प्रस्तुति संगै मञ्चमा उपस्थित मनोज गजुरेल खैरो पाईन्ट र खैरो कोटसहित कालो टोपी र चश्मा लगाएर प्रचण्डको 'क्यारीकेचर' गर्न तम्सिए । सवैले ताली पिटे । उनले आफ्ना प्रस्तुति देखाउँदै गर्दा दर्शकहरु कोही मन्त्रमुग्ध थिए त कोही टोलाएका थिए । उनलाई साथ दिएका थिए, हवनकली नामले परिचित पोखराका शुष्मा पौडेलले । कार्यक्रम थियो, कुराकानी अर्थात अन्तरवार्ताको । संचारकर्मी भन्दै हवनकलीले प्रश्न तेर्स्याइरहँदा मनोज गजुरेलको जवाफले दर्शकहरु हाँस्दा हाँस्दै हैरान परेका थिए । उनको क्यारिकेचरले दर्शकमात्रै हाँसेनन्, उनको गार्ड र वाईसीएल बनेका अर्का कलाकार सन्तोष बस्नेतलाई पनि हाँसो खपि नसक्नु भएको थियो ।
गजुरेलले एघार वर्षो जनयुद्ध पछि सरकारको नेतृत्व गर्न समेत पुगेका प्रचण्डको जस्तै अभिनय गरेर उपस्थित दर्शकहरुलाई पेट मिचिमिचि हँसाएका थिए । गजुरेलले प्रचण्डको कुनै पनि अभिब्यक्ति दिँदाको 'मने.....मने' थेगोलाई विशेष रुपमा प्रस्तुत गरेका थिए । प्रचण्डको कुम हल्लाउने देखि लिएर मुख हल्लाउने, भाषणमा गरिने हातका इशारको नक्कल, सम्मेलनमा गरिने क्रियाकलाप तथा नक्कललाई दर्शकसामु पस्काएका थिए । कहिले शारीरिक हाउभाउमार्फ तथा कहिले वोलीको माध्यमवाट प्रचण्डको नक्कल गर्न खप्पिस गजुरेलले करीव आधा घण्टा दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए । कसैकसैले भने उनी गजुरेल भएको पत्तै पाएनन् । आफ्नो प्रस्तुति सकिएपछि दर्शक अगाडि आएर अभिवादन गरेको दृश्य निकै रोचक थियो ।
गत शुक्रवारवाट शुरु भएको लमजुङ महोत्सव २०६५ मा मनोज गजुरेल निकै आकर्षणको केन्द्रविन्दुमध्ये एक भयो ।
महोत्सवमा औद्योगिक तथा ब्यापारिक प्रदर्शनी, हस्तकला तथा घरेलु प्रदर्शनी, कृषि मेला प्रदर्शनी, बाल उद्यान, सरकारी तथा गैरसरकारी कार्यालयका गतिविधि प्रदर्शनी, पुष्प प्रदर्शनी गरिएकाछन् । त्यस्तै, प्याराग्लाईडिङ, आन्तरिक पर्यटन प्याकेज टूरका कार्यक्रमहरु राखिएकाछन् ।
उद्योग, ब्यापार, पर्यटन र कृषिको प्रवर्द्धन, लमजुङको कला, सीप र सांस्कृतिक संरक्षण भन्ने नाराका साथ आयोजना गरिएको महोत्सव फागुन ४ गते सकिँदै छ । महोत्सव लमजुङ उद्योग बाणिज्य संघ र जिल्ला विकास समिति लमजुङको संयुक्त आयोजनामा भईरहेको छ ।

Posted on:2009-02-13 06:36:24