Sunday, June 5, 2011

प्यासिफिक विकास बैंकले कारोबार शुरु गर्यो

आश गुरुङ 'प्रतीक'
pacific_bank in Lamjungलमजुङ, साउन १० गते ।
प्यासिफिक विकास बैंकले आज आईतवारवाट लमजुङ सदरमुकाम वेसीशहरमा कारोवार शुरु गरेको छ ।
वित्तिय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट ख श्रेणीको इजाजत पाएको यो बैंक लमजुङमा नीजि क्षेत्रबाट स्थापना भएको पाँचौ बैंक र लमजुङेहरुको स्वामित्वको पहिलो बैंक हो । लमजुङका उद्योगी, ब्यापारी, समाजसेवी तथा लब्धप्रतिष्ठीत ब्यक्तिहरुद्वारा स्थापित बैंकले ग्रामीण क्षेत्रमा छरीएको पूँजीलाई एकत्रित गरी जिल्लाको आर्थिक विकासमा टेवा पुर्�याउने लक्ष्य सहित स्थापित बैंकले लगानीका नयाँ नयाँ क्षेत्र खोज्ने बताएको छ ।
जारी पूँजी ३ करोड र १ करोड ९५ लाख चुक्ता पूँजी रहेको बैंकले साधारण बचत, मेघा वचत, वरीष्ठ नागरिक सुरक्षा योजना, गृहणी बचत खाता, विद्यार्थी बचत, कर्मचारी बचत खाता, सुनौलो क्रमिक बाल बचत खाता, मुद्दती खाता लगायतका खाता सञ्चालनको ब्यवस्था गरेको बैंकका अध्यक्ष भेषबहादुर पौडेलले बताउनुभयो ।


प्रमुख कार्यकारी अधिकृत महेन्द्र अधिकारीले बैंकले ब्यक्तिगत आवश्यकता, बैदेशिक रोजगार, शैक्षिक, घर निर्माण, घडेरी खरीद, कृषि, जलश्रोत लगायतका क्षेत्रमा लगानी गर्ने र प्रक्रिया पुगी आएमा २४ घण्टाभित्रै कर्जा उपलब्ध गराइने जानकारी दिनुभयो । साथै निकट भविष्यमै बेसीशहरमा एटीएम सुविधा समेत प्रदान गर्ने उहाँले बताउनुभयो ।


लमजुङमा हाल राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक, सनराइज बैंक, एभरेष्ट बैंक, गण्डकी विकास बैंक, रिलायवल फाइनान्स लिमिटेड लगायतका वित्तिय संस्थाहरुले बैंकिङ्ग कारोबार गर्दै आएका छन् ।

Posted on:July 26, 2009, 6:52 am

एचआईभी र एड्स प्रशिक्षक प्रशिक्षण शुरु

आश गुरुङ 'प्रतीक'
HIV testing traning in Lamjungलमजुङ, साउन ९ गते ।
लमजुङ सदरमुकाम वेसीशहरमा आज शुक्रवारदेखि एचआईभी र एड्सवारे छ दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ ।
एकीकृत सामुदायिक विकास कार्यक्रम अन्तरगत नौलो घुम्ती, नेपालको आयोजनामा शुरु गरिएको कार्यक्रममा विकट गाविसका २४ जना सहभागी छन् ।


पूर्वी लमजुङको फलेनी, ढोडेनी र पाचोक गाविसका युवायुवतीदेखि आमा समूह, शिक्षकशिक्षिका साथै स्वास्थ्य कार्यकर्ता तालिममा सहभागि छन् । कार्यक्रमको एक समारोहवीच जिल्ला विकास समिति लमजुङका योजना अधिकृत देवबहादुर अधिकारीले एक समारोहबीच उद्घाटन गर्नुभएको थियो । तालिममा जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङमा प्रमुख टंकप्रसाद चापागाइँसहित जनस्वास्थ्यमा कार्यतर लक्ष्मण वसौला, झलक पौडेल र त्रिलोक गुरुङले प्रशिक्षण दिएकाछन् । प्रशिक्षकहरुले तालिम लिएपछि गाउँगाउँमा गएर एचआईभी र एड्सवारे जनचेतना दिने नौलो घुम्तीका कार्यक्रम संयोजक किसानबहादुर गुरुङले जानकारी दिनुभएको छ ।


उदघाटन कार्यक्रममा जिल्ला जनस्वास्य प्रमुख चापागाइँ, निमित्त जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामी, जिल्ला एड्स समन्वय समितिका कार्यक्रम संयोजक विष्णुबहादुर थापा, गैरसरकारी संस्था महासंघका अध्यक्ष राजेन्द्र बोहोरा, नेपाल रेडक्रस सोर्साईटीका अध्यक्ष अर्जुन पराजुली, नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष किसान 'संगीत' नेपाली, नौलो घुम्ती नेपालका फिल्ड अधिकृत रोशन अधिकारी लगायतले लमजुङमा एचआईभी एड्स संक्रमितहरुको अवस्था विकराल रुपमा देखिँदै गएकोले संवन्धित निकाय र र्सवसाधारण चनाखो भएकाले सचेत हुनुपर्ने धारणा राखेका थिए ।


कार्यक्रम नौलो घुम्ती नेपालका सचिव पदमराज पहारीको सभापतित्वमा भाएको थियो । तालिम आगामी १४ गते सकिने नौलो घुम्ती अन्तरगत असल छिमेकी सहयोग संघ गोनेसाका लमजुङ फिल्ड सहजकर्ता शुभाष पौडेलले जानकारी दिनुभएको छ ।

Posted on:July 24, 2009, 4:48 am

धान रोप्न पाएनन् किसानले

आश गुरुङ 'प्रतीक'
Planting rice in Ngadi, Lamjungलमजुङ, साउन ९ गते ।
साउन महिनाको दोश्रो साता वित्न लाग्दा पनि लमजुङको दक्षिणीपश्चिमी भेगमा रोपाइँ हुन सकेको छैन ।
दक्षिण पश्चिमी लमजुङको सूर्यपाल, तान्द्राङ टक्सार, रम्घा, समिभञ्ज्याङ, जीता लगायत एकदर्जन भन्दा बढी गाउँ विकास समितिमा पानी नपरेपछि धान रोपाइँ कार्य हुन नसकेको हो ।


यसअघि आकाशेपानीको भरमा धान केहीमात्रामा धान रोपेपनि खेतहरु सवै धाजा फाटेकाछन् भने विउ पहेँलै भएर मरेका स्थानीय किसानहरुले वताएकाछन् । पानी नपरेपछि मुल फ्ट्न नसक्दा भएका सिँचाई योजनामा खोलाको पानी समेत आउन सकेको छैन । कषि विकास कार्यलय लमजुङले अन्य जिल्लाको तुलनामा लमजुङमा धेरै रोपाइँ भएको दावी गर्दै करिब ३० प्रतिशत खेतमा मात्र रोपाइँ हुन नसकेको जनाएको छ । कार्यलयका वागवानी अधिकृत डोल कृष्ण सुवेदीले विगतको वर्षरुमा जस्तै समयमा रोपाइँकार्य सकिने दावी गरेकाछन् ।


यता, लगातार परेको वर्षाका कारण उत्तरी लमजुङका किसानहरु भने आकाशे पानीमा रोपाइँ गर्न पाएपछि निक्कै खुसी भएकाछन् । उत्तरी लमजुङको बाहुनडाँडा, भुलभुले, ताघ्रिङ, घर्ेर्मू, खुदी लगायतका गाविसमा अहिले सजिलैसंग रोपाइँकार्य भईरहेको स्थानीय किसानहरुले वताएकाछन् । उत्तरी लमजुङको घनपोखरा गाउँ विकास समिति वडा नं. ८ स्थित धातुका वासिन्दाहरु गाउँमा सिँचाई आयोजना निर्माण भएपछि हषिर्तछन् । कृषि विकास कार्यलयकोे ४० हजार अनुदान र १६ हजार जनश्रमदानबाट धातुका वासिन्दाहरुले धातु सिँचाइ योजना सम्पन्न गरपछि विगतमा आकाशे भरमा खेतमा रोपाइ गर्दै आएका स्थानीय किसानहरुले असारमा नै रोपाइ गर्न सफल भएकोे उपभोक्ता समितिका अध्यक्ष खड्ग वहादुर गुरुङले जानकारी दिनुभएको छ ।


तस्वीरमा उत्तरी लमजुङको भुलभुले गाविसको ङादीमा धान रोप्दै स्थानीय किसानहरु । तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:July 23, 2009, 9:24 pm

माओवादी नेता एमालेमा प्रवेश

आश गुरुङ 'प्रतीक'
लमजुङ, साउन ८ गते ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक एवं प्रथम महासचिव पुष्पलाल श्रेष्ठको ३१ औँ स्मृति दिवसका अवसर पारेर एकीकृत नेकपा माओवादीका एक नेता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।
एकीकृत नेकपा माओवादी लमजुङ इलाका नं. १ कार् इन्चार्ज तथा माओवादी संवद्ध भूपू संनिक संघ क्रान्तिकारीका अध्यक्ष ठगबहादुर अधिकारी एमालेमा प्रवेश गरेका हुन् ।


अखिल नेपाल महिला संघले बुधवार सदरमुकाम वेसीशहरस्थित मदन-आश्रति स्मृति भवनमा आयोजना गरेको प्रवचन कार्यक्रममा अधिकारीले एकीकृत माओवादी त्यागेको घोषणा गरेका थिए । एकीकृत माओवादीमा भनाई र गर्राई आकास पातलको फरक रहेका र हतियार देखाएर शान्ति प्रक्रियालाई खल्बलाउने षडयन्त्रमा लागेकाले आफूले एकीकृत माओवादी त्यागेको अधिकारीले सो अवसरमा बताएका थिए । अधिकारीलाई नेकपा एमाले पोलिट ब्यूरो सदस्य तथा कार्यक्रममका प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले टिका, फूल साथै खादा ओढाएर स्वागत गर्नुभएको थियो ।
सदरमुकाम वेसीशहरको मदन-आश्रति स्मृति भवनमा आयोजना गरिएको एक कार्यक्रममा सहमागीले पुष्पलालको तस्वीरमा पुष्प तथा अविर अर्पण गरेका थिए । प्रवचन कार्यक्रमलाई संवोधन गर्दै गुरुङले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको भूमिका उल्लेखनीय भएको वताउनुभयो ।


एकीकृत माओवादीतर्फइंगित गर्दै उहाँले माओवादीको उग्रपन्थी विचारधारले गर्दा देशमा सँधैको डामाडोल परिस्थिति भईरहेको आरोप लगाउनुभयो । माओवादीको हत्या हिंसात्मक चरित्र अहिले पनि उस्तै रहेकोप्रति आपत्ति जनाउँदै सत्तामा वस्न नपाएपछि माओवादी छट्पटिएको समेत आरोप लगाउनुभयो । उहाँले माओवादी सच्च कम्युनिष्ट पार्टी भए पुष्पलालले देखाएको वाटोमा आएर सिद्धान्त र ब्यवहारमा रहन आग्रह समेत गर्नुभयो । कार्यक्रममा सभाषद् डीबी कार्कीले पुष्पलाल र संयुक्त मोर्चा संवन्धि अवधारणा प्रस्तुत गनुएभएको थियो । एमाले केन्द्रीय सदस्य टुका हमालले पुष्पलालले कम्युनिष्ट पार्टीको निर्माणमा पुर्�याएको योगदान र लोकतान्त्रिकरणको चर्चा गर्नुभएको थियो । कार्यक्रममामा नेकपा एमालेका जिल्ला सचिव मायानाथ अधिकारी, विभिन्न भातृ संगठनका प्रमुख एवं प्रतिनिधिहरुले पुष्पलालको विचार र सिद्धान्तलाई अंगालेर नयाँ नेपाल निर्माण गर्नुपर्ने धारण राखेका थिए ।


कार्यक्रम अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष कमला अधिकारीको अध्यक्षतामा भएको थियो ।

Posted on:July 23, 2009, 3:32 am

अन्नपूर्ण पदमार्गमा बाढीपहिरो

आश गुरुङ 'प्रतीक'
Annapurna ma pahiroलमजुङ, साउन ६ गते ।
लमजुङको उत्तरी क्षेत्रमा एकसातादेखि परेको अविरल वर्षाका कारण बाढीपहिरो हुँदा अन्नपूर्ण पदयात्रा मार्ग अवरुद्ध भएको छ ।
वेसीशहर-भुलभुले सडक खण्ड अन्तरगत चण्डीस्थान गाविसको विभिन्न ठाउँमा पहिरो जाँदा करीब ३० किलोमीटरको यातायात सेवा बन्द भएको छ । ढुवानीको एकमात्र साधन खच्चड पनि हिँड्न नसक्दा ढुवानी हुन सकेको छैन । त्यस्तै, ताघ्रिङ र खुदी गाविसमा पर्ने विभिन्न ठाउँमा पहिरोले सडक साथै गोरेटो बाटो वगाएपछि अन्नपूर्ण पदमार्गका लागि हिँडेका पर्यटकपनि विचबाटोमा नै अलपत्र परेकाछन् ।

Posted on:July 21, 2009, 2:59 am