Sunday, June 5, 2011

परीक्षा शिक्षा शास्त्रको, लब्धाङ्क पत्र ब्यवस्थापक शास्त्रको

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ ३ गते ।
उच्च माध्यमिक शिक्षा परिषद् परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले १२ कक्षाको लागि गत बैशाख-जेठमा लिएको परीक्षाफल प्रकाशनमा गम्भीर त्रुटी देखिएको छ ।
शिक्षा शास्त्रको परीक्षा दिएर वसेका लमजुङका एक विद्यार्थीलाई ब्यवस्थापन शास्त्र संकायको लब्धाङ्क पत्र पठाए पछि उमावि शिक्षा परिषद्को त्रुटी फेला परेको हो ।


लमजुङ सदरमुकाम वेसीशहर घर भई काठमाडौंको कीर्तिपुरस्थित जनसेवा उच्च माध्यामिक विद्यालयलवाट शिक्षा शास्त्र संकाय लिएर कक्षा १२ को परीक्षा दिएका छात्रा शुशिला दबाडीलाई परीक्षा नदिएको संकायको लब्धाङ्क पत्र पठाएपछि उनी आर्श्चर्यचकित परेकीछन् । रजिस्टे्रसन नम्बर ६५३६०२०२७ र सिम्बोल नम्बर २७६९७००६ भएकी छात्रा दबाडीले ब्यवस्थापन विषयको लब्धाङ्कपत्रमा ब्यवस्थापन संकाय अर्न्तर्गत अनिवार्य अंग्रेजी, एकाउण्टेन्सी, बुम, अर्थशास्त्र र विजनेश म्याथम्याटिक्स परीक्षा दिएको उल्लेख छ । उनले सबै विषयको परीक्षा दिएकीमा लब्धाङ्क पत्रमा अनिवार्य अंग्रेजी विषयमा ३६ नम्बर आएको छ भने बाँकी विषयको परीक्षामा अनुपस्थित रहेको देखाइएको छ । गएको कक्षा १२ को परीक्षामा उनले शिक्षा शास्त्र अर्न्तर्गत अनिवार्य अंग्रेजी, बाल विकास तथा सिकाइ, नेपाली, प्राथामिक शिक्षा र शैक्षिक मूल्याङ्कन विषयको परीक्षा दिएकी थिइन् ।


उच्च माध्यामिक शिक्षा परिषद्को यस्तो गम्भीर लापार्वाहीले स्नातक तहको अध्यापनको तयारी गरिरहेकी दवाडी मात्र होइन, उनको विद्यालयका शिक्षकहरु पनि दंग परेका छन् ।




Posted on:August 19, 2009, 10:47 pm

पश्चिमाञ्चलकै सवैभन्दा उत्कृष्ठ खानेपानी प्रशोधन केन्द्र

आश गुरुङ 'प्रतीक'
Khane pani bhaban banaudaiलमजुङ, साउन २६ गते ।
लमजुङको सदरमुकाम वेसीशहर गाउँ विकास समिति वडा नं. ९, ठूलोपँधेरोमा पश्चिमाञ्चलकै सवैभन्दा उत्कृष्ठ खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको छ ।
नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालयको खानेपानी तथा ढल निकास विभागको ८० प्रतिशत र २० प्रतिशत स्थानीय जनसहभागितामा निर्माण थालिएको खानेपानी प्रशोधन केन्द्रको ७० प्रतिशत निर्माणकार्य सकिएको छ ।


कुल एक करोड ८८ लाख ८९ हजारको लागतमा निर्माण हुन लागेको खानेपानी प्रशोधन केन्द्रले प्रति सेकेन्ड १७ लिटर पानी प्रशोधन गरिने छ । एकलाख ५० हजारको तीनवटा र २० हजारको तीनवटा ट्याङ्कीमा गरि पाँचलाख १० हजार लिटर प्रशोधित पानीवाट सदरमुकाम वेसीशहरका २० हजार सवैसाधारण प्रत्यक्ष लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका प्राविधिक सल्लाहकार एवं खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङका निमित्त प्रमुख कमल अर्यालले जानकारी दिनुभयो । खानेपानी प्रशोधन केन्द्रमा नाल्मा र गाउँशहर गाविसको सिमानामा पर्ने डुँढखोलाको प्रतिसेकेण्ट छ लिटर, लभ्ले खोला र महभीरको चार/चार लिटर गरि १४ लिटर र ठूलोपँधेरोको तीन गरि प्रतिसेकेण्ड जम्मा गरिने छ । प्रशोधन केन्द्रको तीनवटा संरचनाबाट पानी थिग्य्राउने, छान्ने र शुद्धिकरण गर्ने प्रकृया पुरा गरि क्लोरिन मिसाएर ९९ प्रतिशत शुद्ध पानीलाई उपभोक्तमाझ पुर्‍याउने खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेब अधिकारीले वताउनुभयो । खानेपानी प्रशोधन केन्द्रको निर्माण सकिएपछि मर्मत संभार नगरिकन वेसीशहरका वासिन्दाले १५ वर्षम्म शुद्ध खानेपानी उपभोग गर्न पाउनेछन् ।


आशिष, माछापुच्छे्र, पराजुली जोईन्ट भेन्चरद्वारा २०६२ साल माघमहिनावाट निर्माणकार्य थालिएको सो खानेपानी प्रशोधन केन्द्र आगामी पुस महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ ।


तस्वीरमाः पानी शुद्धिकरणका लागि संरचना निर्माण गर्दै मजदुरहरु ।

तस्वीरः आश गुरुङ 'प्रतीक'

Posted on:August 10, 2009, 8:22 am

लमजुङको नजरे गाउँ खुला दिसामुक्त क्षेत्र घोषणा

आश गुरुङ 'प्रतीक'
Rupa n Basanta in Najare Village of Lamjungलमजुङ, साउन २२ गते ।
लमजुङको बाग्लुङपानी गाउँ विकास समिति वडा नं. ५, नजरेगाउँलाई घरको आँगनबाटै खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ ।
ग्रीन सोसाइटी र वर्ल्डभीजन लमजुङ एडीपीको सहयोगमा लालीगुराँस आमा समूहले गाउँका ४० घरमा शौचालय निर्माण गरेपछि स्थानीय मोहनबहादुर गुरुङको आँगनमा एक कार्यक्रमको आयोजना गरि गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । ३५ गुरुङ र नौ घर दलितको गरि कुल ४४ घर रहेको नजरे गाउँमा यसअघि चारवटा शौचालय थियो ।



खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई संवोधन गर्दै स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेलले खुला दिसामुक्त क्षेत्र घोषणा भन्दा कार्यन्वयन ठूलो पक्ष भएको वताउनुभयो । कार्यक्रममा सोर्साईटीका महासचिव देवेन्द्र पौडेल, वर्ल्ड भिजनका रामहरि अधिकारी, पत्रकार आश गुरुङ 'प्रतीक', गाविस सचिव नवराज पराजुली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कमल अर्याल, शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङ शिक्षक अमिराज गुरुङ लगायतले आमा समूहले गरेको कार्यको प्रशंसा गरेका थिए ।



Najare ka basinda haruगाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि स्थानीयवासिन्दाले विभिन्न प्लेकार्डसहितको नाराबाजी गरेर गाउँ परिक्रमा गरेका थिए । गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यन्वयन गर्नका लागि स्थानीय वासिन्दाले शौचालय बाहिर दिसापिसाब गरेमा एकसय रुपैँया जरिवाना गर्ने र देख्नेलाई ५० रुपैँया पुरस्कार दिने साथै बाहिरी गाउँकालाई पाचास रुपैँया जरिवाना गर्ने र देख्नेलाई २५ रुपैँया पुरस्कार दिने घोषणा गरिएको छ ।


सो अवसरमा खुला दिसामुक्त क्षेत्र घोषणा तथा गाउँको विकासका लागि योगदान पुर्�याएको भन्दै ग्रीन सोसाइटीको कार्यक्रम संयोजक विमला पौडेल, वर्ल्ड भिजनका रेणुका ठकुरी र उत्प्रेरक नुनकाशी गुरुङलाई पछ्यौराद्वारा सम्मान गरिएको थियो । कार्यक्रम स्थानीय लालीगुराँस आमा समूहकी अध्यक्ष सीता गुरुङको अध्यक्षतामा भएको थियो ।

Posted on:August 6, 2009, 11:56 pm

लमजुङमा स्लाईसको बोत्तलमा पुकार भेट्टीयो

आश गुरुङ 'प्रतीक'
Gutka found in side the Slice bottle in Lamjung Besishaharलमजुङ, साउन २१ गते ।
लमजुङको सदरमुकाम वेसीशहरको एक रेष्टुरेन्टवाट स्लाईस नामक पेय पदार्थको शिलबन्दी बोत्तलभित्र पुकार नामक गुट्खा भेटिएको छ ।
वेसीशहरको शेराबजारस्थित मिलन रेष्टुरेन्टमा पेय पदार्थ पिउनका लागि पुगेका स्थानीय ऋषि वस्नेत लगायतका युवाहरुसंग स्लाईसको बोत्तलमा पुकार नामक गुट्खा भेट्टीएको हो ।



बरुण बेभरेजेज नेपाल प्रार्इभेट लिमिटेड सिनामङ्गल, कोटेश्वर काठमाडौँवाट उत्पादित तथा वितरित स्लाईसको बोत्तलमा यसअघि पनि सिसा, बच्चालाई दूध चुसाउने भाँडा, कपडा लगायतका अखाद्य वस्तु भेटिएको र डिलर आएर खोजतलास गरि नष्ट गरेको युवाहरुले वताएकाछन् । बरुण बेभरेजले पेप्सी, मिरिन्डा, ड्यू, सेभेन अप लगायतका पेय पदार्थ उत्पादन गरेर विक्रीवितरण गर्दै आएको छ ।



वेसीशहर बजारमा देखिएको स्लाईसलाई अहिले युवाहरुले नै राखेकाछन् । कम्पनीसंग मिलेमतो गरेर घटनालाई लुकाउन सक्ने आशंका गर्दै प्रहरीले माग्दा समेत युवाहरुले दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले र्सवसाधारणको जीवनमाथि खेलवाड गर्ने जो कोही र दोषीमाथि कानुनी कार्वाही गरिने वताउनुभएको छ ।

Posted on:August 6, 2009, 9:05 pm

अझै चैन छैन खुदी बजारवासीलाई

आश गुरुङ 'प्रतीक'
Land slide in khudi, Lamjungलमजुङ, साउन १५ गते ।
वस्ती नजिकै बगेको खुदी खोला अलि जोडले कराउन थालेपछि उनीहरुको मन काम्न थाल्छ । खोला जोडले कराउने वित्तिकै बाढी पहिरो आएर घरवारी नै बगाउँछ या ज्यानै समेत लान्छ कि भन्ने चिन्तालाई उनीहरुलाई सताईरहन्छ ।
'अगुल्टोले हानेको कुकुर विजुली चम्कँदा तर्सन्छ' भने झैँ उनीहरु सँधै डर्राईरहेकाछन् । गत वर्षो भदौमा अविरल वर्षा हुँदा खुदीखोलामा आएको बाढीले घरखेतमा क्षति पुर्याएपछि उनीहरु विस्थापित भएका थिए । हिउँदा लागेपछि घर त फर्केकाछन् उनीहरु । तर, वर्षो भेल उर्लिनेको कुनै समय थाह नहुँदा उनीहरुलाई चैन छैन, रातभर सुत्न समेत सकेका छैनन् ।


गतसालको बाढीले बगरको उत्तरतर्फमानववस्ती हानेपछि हानेपछि खुदी गाविसको खुदीबजार र सिम्पानी गाविसको पूर्वेलीटोलका गरी १५ भन्दा घरपरिवार विस्थापित भएका थिए । 'खोलामा थुनछेक गरेको छैन पानी परेपछि अझै पनि खोलामा बाढी आएर घरवारी नै लैजाने हो कि भन्ने चिन्ताले सताइरहन्छ' स्थानीय लेखमान कतिला भन्छन्, 'आकाशमा कालो बादल मडारिने वित्तिकै डर लाग्छ ।'
बाढी आएपछि खोलाले भङ्गालो नै परिवर्तन गरी बजारतर्फहानेपछि बजारक्षेत्रमा निकै कटान गरेको छ । स्थानीय गणेश तामाङ भन्छन्, 'खोलालाई पुरानै अवस्थामा बहने वातावरण बनाउन सके राति आरामसंग निन्द्र पथ्र्यो ।'Khudi ma khudi khola ko pairo


बाढीले कटान गरेका कारण खुदीस्थित खुदी उपस्वास्थ्य चौकी, प्रहरी चौकी र कृषि सेवा केन्द्र पनि खतरामा परेको छ । बाढीले कटान गरेका कारण उपस्वास्थ्य चौकी स्थानीय देवेन्द्र भण्डारीको घरमा सारिएको छ । पुरानो भवन पहिरोले लैजाने खतराका कारण स्वास्थ्य केन्द्र सारिएको र नयाँ भवन बन्न पनि २/३ बर्षलाग्ने भएकाले भाडाको घरको सिमित कोठामा स्वास्थ्य केन्द्र सञ्चालन गरिएको स्वास्थ्य चौकीका प्रमुख परमेश्वर पिया वताउँछन् ।


खुदी खोलमा आएको बाढीले गतसाल खुदी जलविद्युत आयोजना बगाएको थियो । अहिले पनि आयोजनाकोर् इन्टेकमा क्षति पुर्याएको छ । बाढीका कारणर् इन्टेका ढुङ्गामुढा र बालुवा भरेपछि आयोजना बन्द छ ।
तस्वीरमा १) खुदीखोलाले कटान गरेपछि जोखिममा रहेको खुदीबजार ।
२) खुदीखोलाको कटानसँगै गएको पहिरोले तान्न लागेको खुदी उपस्वास्थ्य चौकी ।

Posted on:July 30, 2009, 6:15 am