Sunday, June 5, 2011

महिला विकास सूर्तीजन्य तथा मध्यपान निशेधित कार्यालय

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १७ ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित महिला विकास कार्यालयलाई सूर्तिजन्य पदार्थ तथा मद्यपान निशेधित कार्यालय घोषणा गरिएको छ ।
सूर्तिजन्य पदार्थ र मद्यपानले मानवीय जीवनमा नकारात्पक असर पर्ने र अकालमै ज्यान जाने खतरा बढ्ने भएकाले सरकारी कार्यालयवाटै यसको थालनी गरिएको वताईएको छ ।


देशभरका कतिपय सरकारी तथा गैरसरकारी कार्यालयमा दिउँसै सूर्तिजन्य पदार्थको सेवन र मद्यपान गरेर विकृति विसंगति फैलाउने कार्य भईरहेको अवस्थामा लमजुङको यो पहललाई स्थानीयवासिन्दाले सकरात्मक रुपमा लिएकाछन् ।
लमजुङका सरकारी तथा गैरसरकारी कार्यालयमध्ये महिला विकास कार्यालय सूर्तिजन्य तथा मद्यपान निशेधित कार्यालयको रुप्मा पहिलो पटक घोषणा भएको हो । महिला विकासलाई सूर्तिजन्य पदार्थ र मद्यपान निशेधित कार्यालय घोषणा गरेपछि कार्यालयमा विगतदेखि सेवन गर्दै आएका कर्मचारीहरुले सूर्तिजन्य पदार्थ र मद्यपान सेवन गर्न छाडेका कार्यालयका निमित्त प्रमुख सोविता पन्तले जानकारी दिनुभएको छ ।

Posted on:September 2, 2009, 5:18 am

प्रहरीले खने सयमीटर बाटो

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १७ गते ।
लमजुङको नगरोन्मुख शहर सुन्दरबजारमा २५ जना प्रहरीले एकसय मीटर बाटो खनेकाछन् ।
प्रहरी नायक उपरीक्षक प्रकाश अधिकारीको नेतृत्वमा खटिएका २५ जना प्रहरीले स्थानीय लक्ष्मी नारायण मन्दिर जाने बाटो खनेका हुन् । प्रहरीलाई स्थानीयवासिन्दाले समेत सहयोग गरेका थिए ।
मन्दिरमा जाने वाटो भिरालो भएकाले सिँढी लागउनका लागि बाटो खनिएको लक्ष्मी नारायण मन्दिर संरक्षण विकास समितिका अध्यक्ष परमेश्वर अधिकारीले वताउनभयो ।
५२ रोपनी क्षेत्रफल रहेको मन्दिर परिसरमा निकट भविश्यमा पार्क स्थापना गर्ने लक्ष्य राखिएको छ । सुन्दरबजारमा रहेको लक्ष्मी नारायण मन्दिर करीब दुर्इसय बर्षपुरानो भएको वताईएको छ ।



Posted on:September 1, 2009, 11:24 pm

दारिमबोट बाल आवाज भित्ते पत्रिका प्रकाशन

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १२ गते ।
पूर्वी लमजुङको फलेनी गाउँ विकास समिति वडा नं. १, दारिमबोटस्थित बाल कल्याण निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरुले 'दारिमबोट वाल आवाज' नामक भित्ते पत्रिका प्रकाशन गरेका छन ।
बालबालिकाको गतिविधिलाई समेटने तथा साहित्य र कलालाई उजागर गर्ने उदेश्यले प्रकाशन गरिएको भित्ते पत्रिकाको सम्पादकमा उत्तर बहादुर गुरुङ र सह-सम्पादकमा मीनकुमारी गुरुङ रहेकाछन् । त्यस्तै ब्यवस्थापकमा युवराज गुरुङ, रामप्रसाद गुरुङ र पशुपति गुरुङ रहेकाछन् भने सहयोगीमा पृथीमाया गुरुङ, आईतराम तामाङ, राजु विश्वकर्मा र सुरज घले रहेकाछन् । भित्ते पत्रिकामा स्थानिय तहमा हुने बाल गतिबिधि, साहित्य, मनोरञ्जन, चित्र साथै खेलकुदका सामाग्रीहरु समेटिएका छन ।


पत्रिकालाई व्यवस्थित रुपमा संचालन तथा विद्यार्थीहरुलाई सहयोग गर्नका लागि विद्यालयका प्रधानाध्यापक नुरनीधि पाण्डे, चन्द्रकान्त घिमिरे, पुष्पराज घिमिरे र लालबहादुर गुरुङ सल्लाहकार रहनेगरि समिति समेत गठन गरिएको छ ।
भित्ते पत्रिका प्रकाशनका लागि २५ जना बिद्यार्थीले भदौ ९, १० र ११ गते गरि तीनदिने आधारभूत पत्रकारिता, भित्ते पत्रिका प्रकाशन र बालअधिकार सम्बन्धी तालिम लिएका थिए । असल छिमेकी सहयोगी संघको एकीकृत सामुदायिक विकास परियोजना अर्न्तर्गत महिला, वालवालिका तथा युवा सशक्तिकरण कार्यक्रम गोनेसा पोखराले आयोजना गरेको सो तालिममा पत्रकार आश गुरुङ 'प्रतीक' ले आधारभूत पत्रकारिता तथा भित्ते पत्रिका प्रकाशन संवन्धि साथै मानवअािधकारीकर्मी एवं इन्सेक लमजुङका प्रतिनिधि कृष्ण प्रसाद अधिकारीले बाल अधिकार सम्बन्धी प्रशिक्षण दिएका थिए ।


विद्यार्थीलाई तालिम तथा पत्रिका प्रकाशनका लागि असल छिमेकी सहयोगी संघले सहयोग गरेको संघका फिल्ड सहजकर्ता शुभाष पौडेलले जानकारी दिनुभएको छ ।

Posted on:August 28, 2009, 7:35 am

भैँसी स्यहार्दै 'द ब्रेभ बीरलाल हनिहन्टर' बृत्तचित्रका नायक

आश गुरुङ 'प्रतीक'
The Hero of the ' Honey Hunter" Mr. Bir Lal Gurung from Lamjungलमजुङ, साउन २८ गते ।
'द बे्रभ बीरलाल हनिहन्टर' अर्थात साहसिक बीरलाल मह शिकारी नामक बृतचित्रवाट एकपटक चर्चामा आएका लमजुङका मह शिकारी बीरलाल गुरुङ अहिले भैँसी स्यहार्दै वसेकाछन् ।
बृत्तचित्र निर्माता तथा विभिन्न संघसंस्थाले वेलायत लाने भन्दै प्रलोभन देखाएर अन्ततः घरमा लगेर राखेपछि बुढेसकालमा सुनौलो भविश्य देखेका गुरुङ अहिले घाँस काट्दै, भैँसी स्यहार्दै बस्नुपरेको छ ।


८१ बषिर्य बृद्ध बीरलाल गुरुङको सहासिक कार्यलाई बृत्तचित्रमार्फ देखेका वेलायतमा वसोवास गर्ने नेपालीहरुले त्यहाँ आइदिन अनुरोध गरेपछि गतसालको उनी बेलायत जान तम्सिएका थिए । बेलायत जाने पहिलोपटक ढोका खुलेपनि आफूले अभिनय गरेको 'द ब्रेभ बीरलाल हनि हन्टर' का निर्देशक तथा निर्माताले वेवास्ता गरेका कारण उनी बेलायत जानबाट बञ्चित भएका हुन् । बेलायमा गए आफ्नो कला देखेर सवैले सहयोग गर्ने अपेक्षा लिएका गुरुङले गोरे गुरुङको असहयोगका कारण आफू बेलायत जानवाट बञ्चित भएको वताए ।
जिल्ला प्रशासन कार्यालय लमजुङले राहदानी समेत प्रदान गरिसकेका गुरुङलाई बृत्तचित्रका निर्माता निर्देशक गुरुङले एकलाख आर्थिक सहयोग दिएर भुलाएको बीरलालले आरोप लगाएकाछन् । गोरेसंगै लमजुङ सदरमुकाम वेसीशहरस्थित वेलायती भूपू क्याप्टेन रणवहादुर गुरुङले पनि असहयोग गरको उनको भनाई छ ।


चारवर्षघि बीरलाल गुरुङले 'द बे्रभ बीरलाल हनिहन्टर' अर्थात साहासिक बीरलाल मह शिकारी बृत्तचित्रमा नायकको भूमिका निर्वाह गरेको थियो । बीरलाल गुरुङले हाल सम्म लमजुङ, कास्की, गोरखा लागयत अन्य ठाउँका कहलीलाग्दा भीरहरुमा सयाँैपटक महको शिकार गरिसकेका छन् ।
लमजुङको विकट ग्रामीणक्षेत्र भुजुङ गाउँ विकास समिति वडा नंं. ६, मा विक्रमसंवत १९८५ साल फागुन १५ गते शनिवार जन्मिएका उनी वावा मनसुब्बा गुरुङ र आमा मंगलसरी गुरुङको काइँलो छोरा हुन् । उनको दुर्इछोरा, एक छोरी र नातीनातिना रहेकाछन् ।


१८ वर्षो उमेरदेखि भीरमौरीको मह काढ्न थालेका बीरलाल गुरुङले विशेष गरि गोरे गुरुङद्वारा निर्मित र निर्देशित 'द ब्रेभ बीरलाल हनी हन्टर' नामक बृत्तचित्रवाट चर्चा पाएको हो । यसका अलाव गोरेद्वारा निर्माण गरिएको गुरुङ चलचित्र हेर्वे च्ह, अर्थात हिउँपुत्र अथवा 'सन अफ् दी हिमालायज'मा पनि बीरलाल गुरुङले अविभावकको विशेष भूमिका निर्वाह गरि आफ्नो कला प्रस्तुत गरेका छन् ।

Posted on:August 23, 2009, 6:06 am

पासाचौरका घरघरमा पक्की शौचालय निर्माण गाउँ खुला दिसामुक्त क्षेत्र

आश गुरुङ 'प्रतीक'
Relly ma Gaun ka youba youbati haruलमजुङ, भदौ ४ गते ।
लमजुङको सदरमुकाम वेसीशहरसंगै जोडिएको बाँझाखेत गाउँ विकास समिति वडा नं। ९, पासाचौरका घरघरमा पक्की शौचालय निर्माण गरिएको छ ।
एकदुर्इवर्षघि पाखपखेरा तथा खेतवारीमा दिसापिसाव गर्दै आएका स्थानीयवासिन्दा अहिले शौचालयमा दिसापिसाव गर्न थालेकाछन् ।
सदरमुकाम वेसीशहरवाट पाँच किलोमीटर पुर्वतर्फपर्ने पासाचौर गाउँका २२ घर गुरुङ, १३ घर क्षेत्री र आठ घर दलित गरि ४३ घरमा शौचालय निर्माण गरिएको छ । घरघरमा शौचालय निर्माण भएपछि उनीहरुले गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा समेत गरेकाछन् । घरघरमा शौचालय निर्माण भएपछि स्थानीयवासिन्दाले स्थानीय कालिका प्राथामिक विद्यालयको प्राङ्गणमा नाचगान गर्नुका साथै दिनभर खुसीयाली मनाएकाछन् ।


वातावरण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको ग्रीन सोसाइटी र वर्ल्डभीजन लमजुङ एडीपीको सहयोग तथा स्थानीय सितामाई आमा समूहको सक्रियतामा पासाचौरका घरघरमा शौचालय बनेको हो । शौचालय निर्माण सम्पन्नपछि आयोजित खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई संवोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि ग्रीन सोर्साईटीका केन्द्रीय महासचिव देवेन्द्र पौडेलले खुला दिसामुक्त क्षेत्र घोषणा भन्दा कार्यन्वयन ठूलो पक्ष भएको वताउनुभयो । कार्यक्रममा वर्ल्ड भिजनका रामहरि अधिकारी, पोखरा विश्वविद्यालयका प्राध्यपक तुलसी भण्डारी, कालिका प्राथामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर भण्डारी, विद्यालयका प्रधानाध्यापक लेखनाथ शर्मा, वर्ल्ड भिजनका सरस्वती भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सभाषद् आश गुरुङ 'प्रतीक', भाविश्य निर्माण प्रावि पाङ्ग्रे क्यूका प्रअ बालकृष्ण खनिया, पासाचौर वातावरण समूहका भीमकुमारी गुरुङ, कन्यादेवी आमा समूह पुमागाउँका सुकमाया गुरुङ, सुन्दरीडाँडा आमा समूहका काशीमाया गुरुङ, शान्ति युवा क्लव पासाचौरका नमिता भण्डारी लगायतले आमा समूहले गरेको कार्यको प्रशंसा गरेका थिए ।


गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेपछि स्थानीयवासिन्दाले विभिन्न प्लेकार्डसहितको नाराबाजी गरेर गाउँ परिक्रमा गरेका थिए । गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणालाई कार्यन्वयन गर्नका लागि स्थानीय वासिन्दाले शौचालय बाहिर दिसापिसाब गरेमा एकसय रुपैँया जरिवाना गर्ने र देख्नेलाई ५० रुपैँया पुरस्कार दिने साथै बाहिरी गाउँकालाई पाचास रुपैँया जरिवाना गर्ने र देख्नेलाई २५ रुपैँया पुरस्कार दिने घोषणा गरिएको छ ।


सो अवसरमा खुला दिसामुक्त क्षेत्र घोषणा तथा गाउँको विकासका लागि योगदान पुर्‍याएको भन्दै ग्रीन सोसाइटीका महासचिव देवेन्द्र पौडेल, कार्यक्रम संयोजक बिमला पौडेल, सहजकर्ता शकुन्तला भण्डारी र वर्ल्ड भीजनका सरस्वती भण्डारीलाई सितामाई आमा समूहले सम्मान गरेका थिए । त्यस्तै, वातावरण र सरसफाई क्षेत्रमा काम गरेर गाउँमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै ग्रीन सोर्साईटीले आफ्ना १५ जना वास भोलिन्टियरलाई सम्मान गरेको थियो ।


कार्यक्रम स्थानीय सितामाई आमा समूहकी अध्यक्ष यमकुमारी भण्डारीको अध्यक्षमा भएको थियेा भने सरस्वती गुरुङले संचालन गर्नुभएको थियो ।

Posted on:August 20, 2009, 10:03 pm