Sunday, June 5, 2011

पाँचदिने आधारभूत स्वास्थ्य पत्रकारीता तालिम

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ २५ गते ।
लमजुङको सदरमुकाम वेसीशहरमा आजदेखि पाँचदिने आधारभूत स्वास्थ्य पत्रकारीता तालिम शुरु भएको छ ।
राष्ट्रिय संचार विकास समितिले आयोजना गरेको तालिममा रुकुम, कैलाली, कञ्चनपुर, सुर्खेत, काभ्रे, सुनसरी, महेन्द्रनगर, काभ्रे, म्याग्दी, लमजुङ लगायत जिल्लाका २२ जना पत्रकारहरु सहभागी छन् ।


तालिमको एकसमारोहबीच प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा उहाँले पत्रकारहरुले स्वास्थ्यका विषयमा औपचारिकतामा भन्दा खोजमुलकमा आफ्नो कलम बढीमात्रामा चलाउन सुझाव दिनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्ण केसी, मिडिया पोईन्टका निर्देशक श्रीरामसिंह वस्नेत, एकीकृत नेकपा माओवादीका सेक्रेटरी मोहनहरि पौडेल, स्थानीय विकास अधिकारी पेशलकुमार पोखरेल, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख त्रिलोकचन्द्र गुरुङ, साधना मासिकका सम्पादक लक्ष्मण अधिकारी, लमजुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष रामकुमार श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा राष्ट्रिय संचार विकास समितिका अध्यक्ष विष्णुप्रसाद शर्मा पराजुलीले तालिमको उद्देश्यवारे प्रकाश पार्नुभएको थियो ।


नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङको सह-आयोजनामा शुरु गरिएको तालिम भदौ २९ गतेसम्म संचालन हुने छ । उद्घाटन सत्र महासंघका अध्यक्ष किसान 'संगीत' नेपालीको सभापतित्वमा भएको थियो ।

Posted on:September 10, 2009, 10:11 pm

सहकर्मी आश गुरुङलाई सम्मान

लमजुङ समाचारदाता
filter with Ash Gurungभदौ २४ गते ।
वातावरणी स्वास्थ्य र सरसफाई सम्बन्धी गतिविधिहरुलाई संचारमाध्ययममा उच्च प्राथामिकताका साथ प्रकाशन तथा प्रशारण गरेको भन्दै लमजुङ सहकर्मी आश गुरुङ 'प्रतीक'लाई सम्मान गरिएको छ ।


बाग्लुङपानी गाउँ विकास समिति वडा नं. ९, बिम्दावेसीमा स्थानीय शिवशक्ति बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा वातावरण र सरसफाईको क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था ग्रीन सोर्साईटीले गुरुङलाई सम्मान गरेको हो ।
ग्रीन सोर्साईटीका महासचिव देवेन्द्र पौडेल र सहकारी संस्थाकी अध्यक्ष पद्मा गुरुङले सम्मान पत्र र तामाको १८ लिटर क्षमताको पानी छान्ने फिल्टर प्रदान गरेका थिए ।


कुल एकसय ३५ घरधुरी रहेको बिम्दावेसीका सवै घरमा सौचालय निर्माण भएपछि आयोजना गरिएको खुला दिसामुक्त क्षेत्र घोषणाका क्रममा पुगेका गुरुङलाई स्थानीयवासिन्दाले ढाकाको टोपीसमेत ओढाएका थिए ।




















Posted on:September 9, 2009, 3:41 am

लमजुङका ७२ वटा विद्यालयमा पुस्तकालय स्थापना

आश गुरुङ 'प्रतीक'
Library in Lamjung's schoolलमजुङ, भदौ १९ गते ।
लमजुङको गाउँगाउँमा संचालित ७२ वटा विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ ।
सरकारी पहुँच नपुगेका ग्रामीण भेगमा पढ्ने वालवालिकालाई मध्यनजर राखि शिक्षाको क्षेत्रमा सहयोग पुर्‍याउदै आएको रुम टु रिड नामक गैर सरकारी संस्थाको सहयोगमा वाल स्वास्थ्य तथा वातावरण बचाउ समाज -चेस) नेपालले पुस्तकालय स्थापना गरेको हो ।
सन् २००८ मा ३१ वटा विद्यालयमा र सन् २००९ को अहिलेसम्म ४१ गरि ७२ वटा पुस्कतालय स्थापना भएको चेस नेपालले जनाएको छ । रुम टु रिड र चेस नेपालले पुस्तकालय स्थापनाका लागि प्राथामिक विद्यालयमा ६० प्रतिशत साथै निम्न माध्यमिक र माध्यमिक विद्यालयमा गरि ४० प्रतिशत लगानी गरेकाछन् । प्राथमिक विद्यालयहरुमा एहजार दुर्इसयसम्म साथै निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयमा एकहजार चारसय पुस्तकहरु राखिएका रुम टु रिङ अन्तर रिङङि रुमका कार्यक्रम संयोजक मनोज सुवेदीले वताएकाछन् ।


पुस्तकालय स्थापनका लागि प्राथामिक विद्यालयमा करीब एकलाख ७० हजार साथै निमावि र माविमा करीब एकलाख ८० हजारका दरले खर्च गरिएको छ । पुस्तकालयमा विद्यार्थीका लागि जानकारी, चेतना, मनोरञ्जन, तथा वौद्धिक स्तर बढाउने प्रकारका पुस्तकहरु राखिएको रिडिङ रुम कार्यक्रमका अशोक सापकोटाले वताएकाछन् ।
पुस्तकालयमा सामान्य ज्ञान, कथा, कविता, वालकथा, वालकविता, चित्रकला, धार्मिक तथा ऐतिहासिक पुस्तकहरु साथै स्वास्थ्यसम्बन्धी र ज्ञानविज्ञानका पुस्तकहरु पनि राखिएको छ । १० देखि १ हजार रुपैँयासम्मका पुस्तकहरु राखिएका पुस्तकालयमा दैनिक तथा साप्ताहिक बाल पत्रपत्रिकाहरु तथा अन्य पत्रपत्रिकाहरु पनि राखिएको पुस्तकालय ब्यवस्थापन समितिले जनाएको छ । प्रत्येक विद्यालयको पुस्तकालयमा कोष स्थापना गर्नका लागि दान बाकस समेत राखिएको छ । पुस्तकालय स्थापना भएपछि अनिवार्य रुपमा प्रत्येक दिन ४५ मिनेट पुस्तकालय खुल्ला गरिनर्ुपर्ने नियम सो संस्थाले बनाएका छन् ।


लमजुङका शहरी क्षेत्रका विद्यालयमा बाहेक ग्रामीण क्षेत्रका विद्यालयहरुमा यसअघि कुनैमा पनि पुस्तकालय थिएनन् । विकट ग्रामीण भेगको विद्यालयहरुमा पुस्तकालय स्थापना भएपछि विद्यार्थी र शिक्षकहरुलाई आन्तरिक तथा बाहृय ज्ञान लिन सजिलो भएको छ । गाउँगाउँमा पुस्तकालय नभएका कारण उनीहरु सदरमुकाम वेसीशहरका पुस्तक पसलवाट महंगो मुल्य तिरेर पढ्नुपर्ने बाध्यता थियो । तर, अहिले पुस्तकालय स्थापना भएपछि ग्रामीण भेगका विद्यार्थी तथा शिक्षकहरुलाई धेरै राहत मिलेको चेस नेपालका संस्थापक अध्यक्ष राजकुमार पाण्डेको दावी छ ।

Posted on:September 4, 2009, 12:28 am

मृत्यूको प्रचार भएकी महिला सकुशल

आश गुरुङ 'प्रतीक'
Raj Kumari Gurungलमजुङ, भदौ १८ गते ।
घरेलु कामदारको रुपमा कुवेत गएकी लमजुङकी एक महिला मृत्यू भएको जानकारी आएपनि सकुशल नै रहेको रहस्य खुलेको छ ।
भारते भारते गाउँ विकास समिति वडा नं ५ झहरेकी २२ बषिर्य राजकुमारी गुरुङको मृत्यू भएको खवर घरमालिकले ९६५९९९२६८१९ नम्बरको टेलिफोनबाट राजकुमारीकी भाउजु खिमायालाई जानकारी गराएपनि उनी अत्यत्रै भएको जानकारी प्राप्त भएको छ ।
राजकुमारीको मृत्यू भएको खबर टेलिफोनवाट जानकारी आउनु र अरब र्टाईम्सको हवला दिँदै एक घरायसी नेपाली कामदारको कुवेतमा मृत्यू भएको समाचार संचारमध्ययमले प्रकाशन प्रशारण गरेपछि परिवारमा रुवावासी भएको थियो ।


काम गरेको घरमा तलब पनि नदिने र कुटपिट गर्ने गरेपछि राजकुमारी कुवेतमा रहेको नेपालीमार्फ साउदी अरब पुगेको पारिवारिक श्रोतले जनाएको छ । राजकुमारीलाई बैदेशिक रोजगारीमा पठाउने पोखराकी दिलमाया गुरुङ मार्फ उनको मृत्यू नभई सकुशल नै रहेको जानकारी पाएको राजकुमारीकी भाउजु खिमायाले जानकारी दिनुभएको छ ।


गत असार ६ गते मुम्बइबाट अल जजिरा एयरवेजबाट कुवेत गएकी राजकुमारी कुवेतको उम अल हाइमान भन्ने ठाँउमा घरेलु कामदारको रुपमा काम गर्दे आएकी थिइन । सुर्योदय मावि भारते बाट गत बर्षएसएलसी पास गरेकी राजकुमारी शुरुमा अष्ट्रेलिया जान प्रयास गरेपनि पछि दलाल मार्फ कुवेत गएकी थिइन । घरबाट जेठको पहिलो साता काठमाडौँ गएकी गुरुङ असार ६ गते मात्र मुर्म्बईबाट कुवेत पुगेकी थिईन् ।

त्यतिका समय उनी कहाँ बसिन, के गरिन भन्ने बिषय भने अझै खुलेको छैन ।

Posted on:September 3, 2009, 4:34 am

महिला विकास सूर्तीजन्य तथा मध्यपान निशेधित कार्यालय

आश गुरुङ 'प्रतीक'
लमजुङ, भदौ १७ ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित महिला विकास कार्यालयलाई सूर्तिजन्य पदार्थ तथा मद्यपान निशेधित कार्यालय घोषणा गरिएको छ ।
सूर्तिजन्य पदार्थ र मद्यपानले मानवीय जीवनमा नकारात्पक असर पर्ने र अकालमै ज्यान जाने खतरा बढ्ने भएकाले सरकारी कार्यालयवाटै यसको थालनी गरिएको वताईएको छ ।


देशभरका कतिपय सरकारी तथा गैरसरकारी कार्यालयमा दिउँसै सूर्तिजन्य पदार्थको सेवन र मद्यपान गरेर विकृति विसंगति फैलाउने कार्य भईरहेको अवस्थामा लमजुङको यो पहललाई स्थानीयवासिन्दाले सकरात्मक रुपमा लिएकाछन् ।
लमजुङका सरकारी तथा गैरसरकारी कार्यालयमध्ये महिला विकास कार्यालय सूर्तिजन्य तथा मद्यपान निशेधित कार्यालयको रुप्मा पहिलो पटक घोषणा भएको हो । महिला विकासलाई सूर्तिजन्य पदार्थ र मद्यपान निशेधित कार्यालय घोषणा गरेपछि कार्यालयमा विगतदेखि सेवन गर्दै आएका कर्मचारीहरुले सूर्तिजन्य पदार्थ र मद्यपान सेवन गर्न छाडेका कार्यालयका निमित्त प्रमुख सोविता पन्तले जानकारी दिनुभएको छ ।

Posted on:September 2, 2009, 5:18 am