Wednesday, July 6, 2011

रेडियो लमजुङ आजबाट दोस्रो वर्षा प्रवेशर्

इलमजुङ समाचारदाता
लमजुङको सदरमुकाम बेसीसहरबाट प्रशारण भैरहेको रेडियो लमजुङ ८८.४ मेगाहर्ज आजबाट दोस्रो वर्षा प्रवेश गरेको छ । २०६७ साल असार २० गते आजैको दिन रेडियो लमजुङले परिक्षण प्रशारण शुरु गरेको थियो ।

गाउँसहर गाउँ विकास समितिको वडा नं. १ आलडाँडामा स्टेशन राखी सदरमुकाम बेसीसहरको शेराबजारस्थित स्टुडियोबाट प्रशारण हुँदै आएको यस रेडियोको एक वर्षो अबधीमा सहयोग, मायाँ र सल्लाह सुझाव दिनुहुने समस्त श्रोता तथा विज्ञापनदाता र सहयोगी निकायप्रति रेडियो लमजुङका अध्यक्ष राजकुमार पाण्डेले धन्यबाद ज्ञापन गरेकाछन् ।

शान्ति, विकास र लोकतन्त्रको लागि प्रतिबद्ध रही विकासका लािग सकरात्मक आवाजका रुपमा प्रशारण भैरहेको यस रेडियो आगामी दिनमा पनि आफ्नो प्रतिवद्धता प्रति विचलित नहुने रेडियोका अध्यक्ष पाण्डेले आज विहान एक शन्देश प्रकाशित गरी जनाएकाछन् । लमजुङका सञ्चारकर्मी, विकासकर्मी तथा उद्योगीब्यबसायी सम्मिलित सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो लमजुङको एक वर्षो यो यात्रामा रेडियोबाट खसभाषा, गुरुङ भाषा र तामाङ भाषामा समाचार प्रशारण गर्नुका साथै विभिन्न किसिमका सचेतनामुलक, मनोरञ्जनमुलक र जानकारीमुलक कार्यक्रमहरुपनि प्रशारण हुँदै आएको छ ।

नागरिकमा सही, सत्य र निश्पक्ष खबर थाहा पाउने अधिकारलाई सुनिश्चित गर्दै रेडियोले प्रत्येक २ घण्टाको फरकमा लमजुङ खबरका साथै रेडियो नेपाल, साझा खबर, नेपाल दर्पण, विविसी नेपाली सेवा लगायतका समाचारहरु पनि प्रशारण गर्दै आएको छ । रेडियोबाट, बालबालिका, युवा, बृद्धा, महिला तथा विभिन्न जातजाती तथा धर्मलाई समेट्नेगरी, शिक्षा, पर्यटन, स्वास्थ्य, जनजिवन, साहित्य आदि क्षेत्रका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नागरिकका र्सवपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उचो राख्न, सरकारले लागु गरेको ऐन नियम, सुचना तथा सञ्चार सहकारीको विधान, पत्रकारिताको आचार संहिता, अनुकुल रही स्थापना भएको सूचना तथा सञ्चार सहकारीद्धारा सञ्चालित यस रेडियो लमजुङले आम नागरिकको गुणस्तरीय, सत्य-तथ्य र निश्पक्ष सूचना प्राप्त गर्ने हकको सम्मान गर्दै सकारात्मक शोचको विकासमा टवा पुर्‍याउने उद्देश्य राखेको अध्यक्ष पाण्डेद्धारा जारी शन्देशमा उल्लेख छ । हाम्रा सामाग्री स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पर्ूण्ा, सकारात्मक शोचको विकास गर्ने खालको र इमानदार रेडियो लमजुङ प्रतिवद्ध छ, अनि हामी जसका बारेमा लेख्छौं र बोल्छौं उनीहरुलाई सम्मान गर्नेमा प्रतिबद्ध पनि छौं शन्देशमा उल्लेख छ ।

रेडियोको दोस्रो वर्षप्रवेशको अबसरमा समस्त स्रोता, विज्ञापनदाता, सहयोगी निकाय, सहकर्मी कर्मचारी आदी सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि भरपुर सहयोगको अपेक्षा रेडियोले गरेको छ ।
लमजुङका सबै श्रोतासामु रेडियोको पहुँच पुर्‍याउन आगामी दिनमा रेडियोले आफ्नो भुमिका कायम राख्ने छ । विविध कारणबस आजका दिन मनाउन नसकिएको बाषिर्क उत्सव कार्यक्रम र सहरकारीको साधारणसभा साउन पहिलो हप्तामा गरिने रेडियोका अध्यक्षले वताए । एक वर्षप्रवेश गरेको उपलक्ष्यमा सूचना तथा सञ्चार सहकारीले लमजुङमै पहिलो पटक लमजुङ खबर नामक दैनिक पत्रिका समेत प्रकाशनमा ल्याएको छ ।

Posted on:July 4, 2011, 6:43 am

'ब्लड क्यान्सर' पीडितद्धारा सहयोगको याचना

आश गुरुङ
आश गुरुङ, लमजुङ, असार २० गते । ब्लड क्यान्सरवाट पीडित लमजुङकी एक युवतीले आफूलाई सहयोगका लागि आग्रह गरेकीछन् ।
पर्ूर्वी लमजुङको बन्सार गाउँ विकास समिति वडा नम्बर ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङले आफूलाई सहयोग गर्न याचना गरेकी हुन् । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन ज्यादै कठिनाई परेको भन्दै उपचारमा सहयोग गरेर आफ्नो जीवन रक्षाका लागि सहयोग गरिदिन पूणिर्माले आग्रह गरेकी हुन् ।

ब्लड क्यान्सरवाट पीडित पूणिर्मा गत असार १२ गतेदेखि बीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचार गरिरहेकीछन् । पूणिर्माकी फुपू तेजमाया गुरुङले घरायसी आर्थिक अवस्था ज्यादै नाजुक भएका पूणिर्मालाई सहयोग गरिदिनुहुन सवैलाई आग्रह गरेकीछन् ।
पूणिर्मालाई सहयोग गर्नुहुने महानुभावले टेकमाया गुरुङको फोन नम्बर ९८४६१२७९९१ मा सर्म्पर्क गर्नुहुन परिवारजनले अनुरोध गरेकीछन् । पूणिर्माको परिवारले बैंकमा आफ्नो खाता नभएकाले पूणिर्मालाई सहयोग गर्नुहुने महानुभावले टेकमाया गुरुङको प्यासिफिक डेभलपमेन्ट बैंक, बेसीशहर, लमजुङको खाता नम्बर ००१००७३७४५ र राष्ट्रिय बाणिज्य बैंक, वेसीशहर, लमजुङ शाखाको खाता नम्बर ९८७६ मा रकम जम्मा गरिदिनुहुन अनुरोध समेत गरेको छ ।





Posted on:July 4, 2011, 6:28 am

दलित प्रेमीसंग छुटाएपछि केटीद्धारा आत्महत्या

आश गुरुङ,
लमजुङ, असार १८ गते । दलितसंग प्रेम विवाह गरेर गएको भन्दै आफ्नो परिवार र आफन्तले छुटाएपछि लमजुङका एक किशोरीले आत्महत्या गरेकीछन् । लमजुङ धमिलिकुवाका २० बषिर्य राजन सुनारले भगाएर लगेका भलायखर्क गाविस ८, बोराङका कौशिला भनिने १७ बषिर्या प्रतीक्षा न्यौपानेले आफ्नै धन्सारमा, घाँटीमा पासो बेरेर आत्महत्या गरेकी हुन् ।

भलायखर्कस्थित बोराङको महेन्द्र बाल विकास माविवाट यसबर्षएसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तर्ीण्ा भएकी न्यौपानेलाई चितवनमा स्नातक तह प्रथम वर्षा अध्ययनरत सुनारले जेठ ४ गते भगाएका थिए ।

२ साता संगै बसेका सुनार र न्यौपानेलाई जेठ १७ गते छुटाएर केटीलाई चितवनस्थित आफ्नो दाजुको घरमा राखिएको थियो । आफन्तको सहयोगवाट गत विहिवारमात्रै बोराङस्थित घर आएकी न्यौपानेले शुक्रवार विहान आत्महत्या गरेको उनका बाबु कमलनाथ न्यौपानेले वताए ।

'केही बर्षेखि एकआपसमा प्रेम गरिरहेका सुनार र न्यौपानेको बारे घरपरिवार र आफन्तले थाह पाएपछि आफूलाई भगाउन केटीले केटालाई आग्रह गरेका थिए' नाम प्रशाशित नगर्ने शर्तमा एक स्थानीयले भने, 'केटीले हैरान गरेपछि उनीहरु जेठ ४ गते चितवन भागेका हुन् ।' उनीहरु भागेपछि केटीको परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा उनीहरु दुबैलाई चितवन प्रहरीले बोलाएर 'विवाह गर्ने भए उमेर पुगेपछिमात्रै गर्नू' भनेर छुर्टाईदिएको स्थानीय चन्द्रकान्त न्यौपानेले वताए । चारित्रिक प्रमाणपत्रमा केटाको विवाह गर्ने उमेर पुगेपनि केटीको भने १६ बर्षपुरा भएको छैन । केटासंग छुटिएको र गाउँमा आएर सवैले आफूप्रति हर्ेर्ने दृष्टिकोण फरक देखिएकाले केटीले आत्महत्या गरेको हुनसक्ने चन्द्रकान्तले वताए ।

केटीको बाबु कमलनाथले आफ्नो छोरीले आत्महत्या गरेको कारण खुलाई जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको लमजुङका प्रहरी प्रमुख सन्दिप भण्डारीले वताए । दलित केटासंग गएकी छोरीलाई छुटाएर ल्याएपछि आफ्नो छोरीले आत्महत्या गरेको कमलनाथको जाहेरीमा जनाईएको छ । मृतक न्यौपानेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा शनिवार पोष्टमार्टम गरिएको छ ।

Posted on:July 2, 2011, 7:08 am

जनगणनामा मिथ्याङ्क ः जनजाति

आश गुरुङ,
लमजुङ, असार १७ गते । असार ३ गतेदेखि शुरु भएको राष्ट्रिय जनगणनाका क्रममा गणकहरुले तथ्याङ्कका सट्टा मिथ्याङ्क संकलन गरेको लमजुङका आदिवासी जनजातिले आरोप लगाएका छन् ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् लमजुङले यस पटककको तथ्याङ्क संकलनले आदिवासी जनजातिको अस्तित्व खतरामा पारेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

गणकहरुले घरमुलीको अनुपस्थितिमा छोराछोरीसंग सोधेर तथ्याङ्क संकलन गरेको, आधिकांश जनजातिको घरहरुमा मातृभाषा नेपाली लेखेको, गणकहरुले मातृभाषा र धर्म नसोधिकन आफूखुसी लेखेको, हृयोल्मो जातिलाई तामाङ लेखेको, प्रतिवन्धित सिसाकलम प्रयोग गरेको, विभिन्न जातिले बोल्ने दोश्रो भाषालाई पनि नसोधिकनै खस भाषा लेखेर तथ्याङ्क संकलन गरेको आदिवासी समन्वय परिषद् लमजुङले आरोप लगाएको छ ।

परिषद्का अध्यक्ष खेमजंग गुरुङले यसपटकको जनगणनामा आदिवासी जनजाति, दलित तथा पिछडाबर्गलाई उपेक्षित गरि राजनीतिक नियुक्ती र भाइभतिजालाई जागिर खुवाउने काम मात्रै गरेको आरोप लगाए ।

Posted on:July 2, 2011, 2:07 am


लमजुङको जनसंख्या २२ प्रतिशतले घट्यो

आश गुरुङ,
लमजुङ, असार १७ गते । दश बर्षछि गरिएको राष्ट्रिय जनगणनामा लमजुङको जनसंख्या २२ प्रतिशतले घट्ने अनुमान गरिएको छ । नेपालको भने २ दशमलव १३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

जिल्ला जनगणना कार्यालयका अनुसार लमजुङमा २०५८ को जनगणनामा १ लाख ७७ हजार १ सय ५९ जनसंख्या रहेकोमा यस वर्षो जनगणनामा १ लाख ६२ हजार मात्रै हुने अनुमान गरिएको छ ।

'प्रारम्भिक तथ्याङ्क सरर्सर्दी हर्ेदा लमजुङको जनसंख्या २२ प्रतिशतले घट्ने देखिन्छ' जिल्ला जनगणना कार्यालयका प्रमुख पुष्पराज पौडेलले भने, 'जिल्लाका विकट २० देखि २५ गाविसको जनसंख्या यसवर्षघटेको छ ।' वैदेशिक रोजगारी, वसाइसराइँ, अध्ययन लगायतका कारणले जनसंख्या घटेको पौडेलको भनाई छ ।

लमजुङमा महिलाको जनसंख्या भने २० प्रतिशतले बढेको जनगणना कार्यालयले जनाएको छ । पुरुषहरु बैदेशिक रोजगार र अध्ययनमा जिल्ला बाहिर गएकाले महिलाको जनसंख्या बढी देखिएको हो । लमजुङमा बैदेशिक रोजगारमा संलग्नको संख्या अत्याधिक बढी हुने देखिएपनि यसको यकीन तथ्याङ्क निकाल्न नसकिएको कार्यालय प्रमुख पौडेलले वताए । उनका अनुसार यस बर्षहिन्दू धर्मलम्बीको संख्या कम र अन्य धर्मलाम्बीको संख्या बढेको छ ।

'कोही नछुटौं, कोही नदोहोरिऔ' भन्ने नाराका साथ भएको एघारौं राष्ट्रिय जनगणनामा संकलन गरिएका फारमहरु केन्द्रीय कार्यालयमा पठाउने तयारी भईरहेको जनगणना कार्यालयले जनाएको छ । गत असार ३ देखि १३ गतेसम्म संचालन गरिएको जनगणना कार्यमा लमजुङका ६१ गाविसमा २ सय ५४ गणक तथा ६८ जना सुपरिवेक्षकहरु स्थलगत रुपमा खटिएका थिए ।

Posted on:July 2, 2011, 2:03 am