Saturday, May 28, 2011

श्रम गरेरै धर्मशाला, वाटो, चौतारो र धारा निर्माण

आश गुरुङ 'प्रतीक'
Silanyas Tayari लमजुङ, बैशाख १३ गते ।
लमजुङको पर्यटकीय गाउँ भुजुङका युवायुवतीहरुले श्रमदान गरेरै गाउँको सन्तानेश्वर महादेव मन्दिर परिसरमा धर्मशाला, बाटो, चौतारो र धारा निर्माण गरेकाछन् ।
मन्दिरमा जाने तथा आउने भक्तजनहरुको सजिलोका लागि भुजुङस्थित झाप गु्रप र टैँ थेमै फौदाको समूहमा आवद्ध १९ जना केटा तथा २१ जना केटीहरुको समूहले करीब तीनलाख बराबरको श्रमदान दिएर धर्मशाला, बाटो, चौतारो र धारा निर्माण गरेकाहुन् ।
गाउँवाट करीब साढे एक घण्टा लाग्ने सन्तानेश्वर महादेव परिसरको धर्मशाला, बाटो, चौतारो र धारा निर्माणका लागि विदेशीएका साथीहरुसंग नाचगान गरेर संकलन गरिएको करीब एकलाख रुपैँयासमेत खर्चेको छ । निर्माणका लागि झाप गु्रप र टैँ थेमै फौदाले दुईहप्ता लगातार र गाउँका अन्य युवायुवती साथै गाउँका वासिन्दाले पनि सक्दो श्रमदान गरेको टोलीप्रमुख टेकबहादुर गुरुङले जानकारी दिनुभएको छ ।
Dhunga Bokdai समूहले सयजना भन्दा बढी अट्ने क्षमताको धर्मशाला, डेढसय मीटरको बाटो, धारा र तीनवटा चौतारो निर्माण गरेकाछन् । सन्तानेश्वर महादेवमा पूजा गर्न जाँदा फोहर गर्न नहुने र भक्तजनहरुलाई मध्यनजर गरि परिसरमा धर्मशाला बनाउनुका साथै बाटो, धारा र चौतारो निर्माण गरेको कार्यक्रमका संयोजक रामकुमार गुरुङले वताउनुभयो । हरेकवर्षो चैतेदशैँमा विशेष मेला लाग्ने सन्तानेश्वर महादेवमा गएर पूजाआज गर्नाले सन्तान नहुनेले सन्तान प्राप्त गर्ने मान्यता रहीआएको छ । भुजुङस्थित सन्तानेश्वर महादेवमा पूजाका लागि शुद्ध गाईको दूध र नौनी घ्यू हालेरमात्रै धूप बाल्नुपर्ने र पूजाआज गर्नुपर्ने हुन्छ । कुनै पनि कृतिम धुप, रंग र अविर प्रयोग गरेमा र रजस्वला भएका महिलाले पूजा गरेमा महादेव रिसाउने र नसहने भएकाले दैवी बिपत्ति आईपर्ने स्थानीयवासिन्दाको भनाई छ ।  Shilanyas Gardai
झाप गु्रप र टैँ थेमै फौदाले देवताको हाताभित्र दिसापिसाब गर्न, फोहर, थुक, सिँगान तथा जुठो नफाल्न, कुनैपनि प्रकारका जुत्ता, चप्पल तथा छालाका वस्तुहरु देवताको हाता भित्र नलान, देवताको हाताभित्र फोटो नखिच्न र कुनै पनि प्रकारका क्यामरा तथा मोवाईल समेत नलान सवैलाई आग्रह समेत गरेको छ ।
तस्वीरमा
१, धर्मशाला अगाडि तस्बीर खिच्दै झाप गु्रप र टैँ थेमै फौदा
२, श्रमदानका लागि ढुङ्गा बोक्दै टैँ थेमै फौदा
३, धर्मशाला निर्माणका क्रममा शिलान्यास गर्दा वरपर झाप गु्रपका युवाहरु
४, धर्मशाला निर्माणका क्रममा शिलान्यास गर्दै कार्यक्रमका संयोजक रामकुमार गुरुङ  DharmaShala Agadi

Posted on:April 26, 2009, 7:52 am

लमजुङको घलेगाउँमा पर्यटकको चहलपहल

आश गुरुङ 'प्रतीक'
Beautiful Village Ghalegaunलमजुङ, बैशाख १० गते - र्सार्क राष्ट्रको नमूना मानिएको लमजुङको घलेगाउँमा हिजोआज आन्तरिक तथा बाहृय पर्यटकको चहलपहल निकै बढेको छ ।
अघिपछि पर्यटकको सामान्य चहलपहल देखिने घलेगाउँमा दैनिक २० देखि ३० जनासम्म पर्यटकहरु पुग्ने गरेकाछन् । धेरैमात्रामा आन्तरिक पर्यटकको गन्तब्यस्थल बनेको घलेगाउँमा गत साउनदेखि देखि हाल सम्ममा करीब दुर्इहजार नेपाली र दुर्इसय ५० भन्दा बढी विदेशी पुगेकाछन् । समुन्द्री सतहदेखि २१ सय मिटरको उचाइमा रहेको घलेगाउँमा एक सय गुरुङ र २२ दलित गरि एकसय २२ घरधुरी रहेकाछन् ।


प्राकृतिक सौर्न्दर्यता र कला संस्कृतिको खानी भएकाले दिनानुदिन घलेगाउँ पुग्ने पर्यटकको संख्या बढ्दै गएको घलेगाउँ पर्यटन ब्यवस्थापन समितिका संरक्षक प्रेम घलेले वताउनुभयो । उहाँका अनुसार हिजोआज छिटफुट रुपमा मात्र नभएर शैक्षिक भ्रमणका लागि र प्याकेज टुरका लागि पनि घलेगाउँ सवैको गन्तब्यस्थल बनेको छ । घलेगाउँ पुगेपछि पर्यटकले आफ्नो चाहनाअनुसारको स्थानीय परम्परागत खाना उपभोग गर्न पाउनुका साथै परम्परागत गुरुङ संस्कृतिका झलक तथा झाँकी, संग्रहालय, चियाबगान साथै दर्जनौ हिमश्रङ्खलाहरु देख्न सक्नेछन् ।


गाउँलाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गरि आन्तरिक तथा बाहृय पर्यटक भित्र्याउने उद्देश्यले २०५७ सालबाट स्थानीयवासिन्दाले महोत्सवको आयोजना गर्दै आएको छ । पर्यटकका लागि ५५ वटा घरलाई तोकेर 'होम स्टे'को ब्यवस्था मिलाईएको छ । ओछ्यानबाटै सूर्योदय साथै र्सर्ूयस्तको मनोरम दृश्य अवलोकन गर्न सकिने Paraytak (visitor) haru lai swagat(wel come) gardai Ghalegaun Basi haruघलेगाउँवाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनास्लु, गणेश, लगायतका हिमश्रृङ्खलाहरु नजिकैवाट नियाल्न सकिन्छ । त्यस्तै, मर्स्याङदी, मिदिम तथा खुदी लगायतका नागवेली नदीनालाले पनि जो कसैको मन पनि त्यतिकै लोभ्याएकाले घलेगाउँमा पर्यटकको चहलपहल निकै बढेको स्थानीयवासिन्दा वताउँछन् । त्यसो त चिरबिर गर्ने चरा चुरुङ्गी, काँडे भ्याकुर, कालिज, लुइँचे, पिउरा, कालिज तथा मृगका आवजले पनि पर्यटकको मन लोभ्याउने गरेको स्थानीयवासिन्दा वताउँछन् ।
घलेगाउँमा आरामदायी सौर्य बिजुलीको उज्यालोमा सुत्ने कोठा, शौचालय, नुहाउनको लागि बाथ रुम र जाडो तथा गर्मीयाममा नुहाउन र्सार्वजनिक नुहाउने घरको व्यवस्था छ । परालको गुन्द्री माथि गाउँमै बरुवाल भेडाको उनबाट बुनेको राडी र गलैंचामा पलेटी मारेर बस्दा पारिवारिक वातावरणमा रहेको अनुभव हुने पर्यटकहरु वताउँछन् । घलेगाउँमा बिदेशी भन्दा स्वदेशीलाई मेनु ३० देखि ४० प्रतिशत सस्तो बनाइएको छ । पाहुनाको बर्साई बढाउन र गाउँको सुन्दरतका लागि घलेगाउँको डाँडामा पार्क र भ्यू टावर वनाइएको छ ।


घलेगाउँ पुग्नका लागि धेरैवटा बाटाहरु छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहरसम्मको मोटरयात्रापछि पदयात्रा गर्ने पर्यटकहरु ७ घण्टामा सजिलै घलेगाउँ पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हँंदै र बेसीशहरबाट खुदी घनपोखरा हुँंदै पनि घलेगाउँ पुग्न सकिन्छ । अहिले सदरमुकाम वेसीशहरवाट घलेगाउँको वेसी तस्यूसम्म मोटर पुगेका कारण १५ मिनेटमात्रै हिँडेर पनि घलेगाउँ सजिलै पुग्न सकिन्छ ।

Posted on:April 23, 2009, 4:52 am

लमजुङ अब लोक-पपतिर

आश गुरुङ 'प्रतीक'
lamjungnews@gmail.com
Sajak बैशाख ८ गते ।
कला र संस्कृतिको राजधानी मानिने लमजुङ सांगीगित क्षेत्रमा पनि निकै अगाडि छ । अहिलेका जल्दाबल्दा लोकदोहोरीका गायक राजु परियारदेखि बिमाकुमारी दुरा र युक्त गुरुङदेखि कृष्ण गुरुङले लोक सँस्कृतिको क्षेत्रमा धेरै योगदान गरेकाछन् । करीब दुईदशकदेखि लोकदोहोरीवाट लमजुङलाई चिनाईरहेका यी कलाकारहरु लमजुङका श्रष्टा हुन्, राष्ट्रकै अमुल्य नीधि हुन् ।
पश्चिमाञ्चलमा बहुचर्चित मानिएको लोक भाका लमजुङवाट नै उत्पति भएको मानिन्छ । लोक तथा दोहोरी गीतको खानी मानिएको लमजुङ पछिल्लोपटक लोकपपतिर पनि ढल्किन थालेको छ । लोक गीत गायन क्षेत्रमा आफ्ना पहिचान बनाएका श्रष्टालाई पछिल्लो पटक लमजुङका युवायुवतीहरुले पछ्याउँदै पनि आएका छन् । एउटा कुनै अवसर, जहाँ कार्यक्रम नहुने कुनैपनि ठाउँ हुँदैन । त्यसमा पनि मानिसहरुको जमात देखिने सदरमुकाम वेसीशहरमा कुनै चाड र अवसर आउने वित्तिकै स्थानीय युवायुवतीहरु जुट्छन् अनि गीत गाउन र नाच्न थाल्छन् ।
दशैँ होस् या तिहार, ल्होसार होस् या नयाँ बर्षअनि अन्य अवसर किन नहोस्, लोक-पपका गीत गाएर लमजुङ्गेलाई मनोरञ्जन दिन युवायुवतीहरु पछि पर्दैनन् । युवाहरुमाझ पनि कलाकारहरुको यो समूहको छुट्टै पहिचान छ । दिनभर सवै आ-आफ्ना काममा ब्यस्त रहेपनि कार्यक्रम हुने वित्तिकै एकजुट हुनु उनीहरुको विशेषता हो ।
वेसीशहरमा सजक चुँडाल, हुमेन्द्र गुरुङ, श्रृजना श्रेष्ठ, मिरिन गुरुङ, भारती घले, मणीप्रसाद गुरुङ, बुद्ध गुरुङ, करण गुरुङ, विक्रम जोशी लगायतका लोक-पप तथा पप गीत गाउने कलाकारहरु छन् । यी मध्ये सजक चुँडाल जल्दाबल्दा गायक पनि हुन् । उनी कुनै पनि कार्यक्रममा जाने वित्तिकै सवैले गीत प्रस्तुत गर्न आग्रह गर्छन् र वातावरण हेरेर उनी गीत गाउन पनि पछि पर्दैनन् । उनको स्वर सुन्ने जो कोही पनि मख्ख पर्छन्, र भन्छन्, 'वान्स मोर सजक ।'
पप गीतको इतिहास लमजुङको लागि नौलो हो, भर्खर कोरिँदै छ पनि । अहिलेसम्म लोकगीत र दोहोरीमा रमाईरहेका लमजुङका वासिन्दाले पछिल्लोपटक पप, लोक-पप र लोक आधुनिक गीत पनि रुचाएका छन् । त्यसैलाई मध्यनजर गरेर यी युवायुवतीहरुले नयाँ वर्षो अवसरमा शुभकामना सहित 'अनप्लगट् नाईट' नामक सांगीतिक साँझ कार्यक्रमको संचालन गरे । कर्न्र्सटमा सजक चुँडालले मात्रै १३ वटा गीत प्रस्तुत गरेका थिए । उनकै रचना र संगीत रहेको 'विर्सु भन्छु' र मुटु चोरी लानेलाई' गीत प्रस्तुत गर्दा दर्शकहरु छम्छमी नाचेका थिए । उनलाई संगीतर्फजर्मनी नागरिक उटनले वेश गिटारमा, मणी प्रसाद गुरुङले ड्रम साथै बुद्ध गुरुङ, करण गुरुङ र विक्रम जोशीले गिटारमा साथ दिएका थिए । समूहका अन्यले गायन तथा नृत्यमा साथ दिएका थिए । कार्यक्रममा चारवटा नृत्यसहित २५ वटा आईटम प्रस्तुत गरिएको थियो ।
एकताका लमजुङमा 'मर्स्याङ्दी ब्याण्ड' नामक समूहको निकै चर्चा थियो । २०५५/५६ सालतिर 'डाँडापारि हिमाल' बोल लगायतका गीतलाई अडियो एल्बममार्फ दर्शकसामु प्रस्तुत गरेका थिए ती समूहले । एकातिर मर्स्याङ्दी ब्याण्ड चर्चामा रहँदा त्यही संगसंगै 'लिटिल रोजेस' ब्याण्ड पनि आयो लमजुङमा । मर्स्याङ्दी ब्यण्डका सदस्यहरु पछिल्लोपटक त्यतिकै पलायन भए, लिटिल रोजेसका भोकलिष्ट सजक चुँडाल बाँकी रहे । उनले 'लिड' गरेर नै अहिले लमजुङ सदरमुकाम वेसीशहर लगायतका ठाउँमा कर्न्र्सट तथा सांगीतिक कार्यक्रमहरु हुँदै आएको छ । उनी अहिले आफ्नो एकल एल्बम निकाल्ने तयारीमा समेत जुटेकाछन् ।

Posted on:April 21, 2009, 3:34 am

अपाङ्गले पाएनन् कसैको सहयोग

आश गुरुङ 'प्रतीक'
Putli Bahadur लमजुङ, चैत ३० गते ।
पुत्ली बहादुर गुरुङ, उमेरले ४५ वर्षपुगेपनि केही गर्ने चाहना लिएर अपांग जीवन जिउँदै छन् । र्'इश्वरले तँ आँट म पुर्‍याउँछु' भन्ने वाक्यलाई सम्झेर जीवनमा केही गर्ने उद्देश्यका साथ भौतारीरहेका उनलाई सरकारले पनि उपेक्षा गर्‍यो । दुईवटा खुट्टा र एउटा हात नचलेपनि उत्पादनशील काम गर्नेकै लागि उनले हजार विन्ती गरे, तैपनि उनको बचन खेर गयो । यसरी नै उनको २५ वर्षवितेको छ । न उसलाई ईश्वरले नै हेर्‍यो न सरकारले नै ।
लमजुङ जिल्लाको घनपोखरा गाउँ विकास समिति वडा नं. १ भाचेका वासिन्दा गुरुङ शारिरिक अपाङ्ग भएर पनि आफ्नै पौरखमा बाँच्ने उनको ठुलो चाहना छ । आफन्तको बुई चढेर सदरमुकाम वेसीशहरमा सहयोग खोज्न आएका गुरुङले भने, 'कसैले आर्थिक सहयोग गरेदेखि उद्यमशील काम गरेर खान्थेँ, अपाङ्गले पनि काम गरेर खान सक्ने रहेछ भन्ने उदाहण दिन्थेँ ।'

१० वर्षो उमेरमा पक्षघात भएका र हाडजोर्नीको समस्याले ग्रसित भएका उनी अपाङ्ग हुँदा अहिले दुनियाको हेला गरेको गुनासो पोख्छन् । रोगले छुनासाथ उनले आफ्नै दिदीको कानको रिङ बेचेर उपचार गर्न पोखरा गए । तर, प्रयाप्तमात्रामा रकम नहुँदा उपचार सफल हुन सकेन र गरिबीकै कारण उनले दुवै खुट्टा र एउटा हात गुमाउनु पर्‍यो । चरम गरिवीको मार उपचारमा मात्रै नभएर विद्यालयमा पनि भोग्नुपर्‍यो उनले । गाउँकै त्रिभुवन माविमा कक्षा ५ सम्म अध्ययन गरेका गुरुङले परीक्षा शुल्क तिर्न नसक्दा परीक्षाफल समेत रोकिएको थियो । सँधै प्रथम भईरहने गुरुङले शारिरिक र आर्थिक कमजोरीका कारण बीचैमा पढाई छोड्न बाध्य भएको वताए । भन्नुभयो- 'कसैले दया गरी सहयोग गरे आफ्नै पौरखमा बाँच्ने थिएँ, उदाहरण बनेर देखाउने थिएँ । उनी अहिले ८० वर्षी बृद्ध आमा र भाईबुहारीको साथमा वस्छन् ।

सानै उमेरदेखि अनेकन दुःख र कष्ट झेल्दै आएका उनले हैरानीकासाथ आक्रोस पोख्दै भने, 'हामी जस्ता अपाङ्गलाई त कसैले पनि हेर्दा रहेनछन् ।' 'सरकारी कार्यालयमा गए तिमीजस्तालाई एनजिओ/आइएनजिओले हेर्छन् भन्छन् यता एनजिओहरु भने हामीले हैन सरकारी निकायमै जाउ भन्छन्' उनको दुखेसो थियो । आर्थिक सहयोगकै लागि यता र उता चाहार्दैमा गलित भएको र कसैले पनि सहयोग नगरको उनको भनाई छ ।

अपाङ्गका लागि राज्यले सहयोग गर्छ भन्ने थाहा उनलाई पनि छ । सहायता भत्ताका लागि उनले पहिलोपटक गाविसको कार्यालयमा २०५२ सालमा निवेदन दिएका थिए । त्यतिवेला ६ महिना सम्म मासिक सय रुपैँयाका दरले भत्ता बुझेपनि त्यसयता उनले सरकारको कुनैपनि खालका राहात भेट्टाउन सकेनन् । २०६० सालमा सरकारी राहात खोज्न सदरमुकाम बेसीसहर आएका गुरुङलाई ५ सय रुपैया जिविसले दिएको थियो । गणतान्त्रिक सरकारले सवै अपाङ्गलाई मासिक भत्ताको ब्यबस्था गरेको सुनेका गुरुङलाई यसपटक गाविसले भत्ता नदिई जिल्लाएको छ । गाविस सचिव राममायाँ भट्टराईले गाविसमा अपाङ्गभत्ता कोटा नै सकिएको जानकारी गुरुङलाई गराएका थिए । घनपोखरामा ८४ जना अपाङ्ग रहेकामा गविसबाट ७८ जनाले भत्ता पाउने भएका छन् । छुट्ने मध्यमा गुरुङ सहित ६ जना रहेका छन् भने अन्य शारीरिक हिसावले अपांग छैनन् ।

Posted on:April 12, 2009, 4:49 am

गुरुङ र तिवारीलाई अभिनन्दन

आश गुरुङ 'प्रतीक'
Ps Gurungलमजुङ, चैत २९ गते ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले पूर्व पर्यटनमन्त्री तथा लमजुङ क्षेत्र नं. २ वाट निर्वाचित संविधानसभा सदस्य पृथ्वीसुब्बा गुरुङ र संगठनका संस्थापक अध्यक्ष हृदयनीधि तिवारीलाई अभिनन्दन गरेको छ ।
संगठनका पूर्व अध्यक्ष समेत रहेका गुरुङ र तिवारीलाई नेपालको शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्‍याएको भन्दै ३० औँ शिक्षक दिवसको अवसर पारेर अभिनन्दन गरिएको हो ।
लमजुङ सदरमुकाम वेसीशहरस्थित मदनआश्रति स्मृति भवनमा आयोजना गरिएको कार्यक्रममा संगठनका केन्द्रीय सदस्य तथा गण्डकी अञ्चल अध्यक्ष मातृकाप्रसाद खनाल र संगठनका अध्यक्ष तीर्थ वस्नेतले अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा गुरुङ र तिवारी लगायत ६५ जना शिक्षकशिक्षिकालाई सम्मान गरिएको थियो ।
यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठन लमजुङले एक प्रेस विज्ञप्ति जारी गरि नेपाल शिक्षक युनियन र नेपाल शिक्षक संघ लमजुङ प्रति कडा शव्दमा खेद व्यक्त गरेको छ । विज्ञप्तिमा नेपाल शिक्षक युनियनको २/२ पटकको नेतृत्वले अस्थायी शिक्षकको आवाजलाई उठाउन नसकेको, शिक्षकलाई राहत दिने अभियानमा लाग्नुको सट्टा आहात दिने अभियानमा लागेको आरोप लगाएको छ । जस्का कारण नेपाल शिक्षक युनियन हाँक्न यस पटकको नेतृत्व अधिकांस शिक्षकहरुको चाहाना अनुसार नेपाल राष्ट्रिय शिक्षक संगठनले दावी गरेको बताएको छ । विज्ञप्तिमा नेपाल राष्ट्रिय शिक्षक संगठन सहमति र समजदारीमा विश्वास गर्ने बताउदै नेपाल शिक्षक संघको छुद्र व्यवहार तथा कार्यशैलीबाट सचेत हुन आफ्ना संगठनमा आवद्ध तथा सवै शिक्षकहरुलाई आग्रह समेत गरेको छ ।

Posted on:April 11, 2009, 8:07 am