Sunday, July 17, 2011

ढुंगाले लागेर एक सैनिकको मृत्यू

आश गुरुङ,
२ जना गम्भीर
लमजुङ, साउन १ गते । निर्माणाधिन वेसीशहर चामे सडक निर्माण कार्यगणको मनाङ धारापानी गाविस १, सिरानतालमा रहेको अस्थायी क्याम्पमा ढुंगा खस्दा एक सैनिकको मृत्यू भएको छ । २ जना सैनिक गम्भीर र्घाईते भएकाछन् ।

आईतवार विहान भीरवाट खसेको ढुंगाले लागेर काभ्रे जिल्ला श्यामपाती गाविस १ घर भएका ४० बषिर्य नेपाली सेनाका प्राविधिक, हवलदार कुमारसिंह तामाङको घटनास्थलमै मृत्यू भएको हो ।

ढुंगाले लागेर लमजुङ, वेसीशहर ५ का उमेश राउत र नुवाकोट छाप गाविस ५ का सेलपोत तामाङ गम्भीर र्घाईते भएकाछन् ।
उनीहरुलाई हेलिकप्टरमार्फ उपचारका लागि काठमाडौँ लगिएको वेसीशहर चामे सडक निर्माण कार्यगण वेसीशहरले जनाएको छ ।

Posted on:July 17, 2011, 6:12 am
http://www.elamjung.com/local_view.php?id=3118

Saturday, July 16, 2011

आफूलाई बचाउन 'ब्लड क्यान्सर' पीडित पूणिर्माको आग्रह

आश गुरुङ, lamjungnews@gmail.com
लमजुङ, असार ३१ गते । ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङले आफूलाई बचाउन सवैलाई आग्रह गर्नुभएको छ । बाबुआमा गाउँमा खेतिकिसानी गर्ने र आर्थिक अवस्था ज्यादै नाजुक भएकाले उपचार गराउन नसकेको भन्दै सवैले सक्दो सहयोग गरिदिन आग्रह गर्नुभएको हो ।

ब्लड क्यान्सरवाट पीडित पूणिर्मा गत असार १२ गतेदेखि चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको छ । 'मलाई बाँच्ने चाहना छ, मलाई बचाएर सवैले मानवीय ब्यवहार देखाईदिनुहुन अनुरोध छ' पूणिर्माले भन्नुभयो, 'तपाईहरुले सहयोग गरेमा मैले नयाँ जीवन पाउने छु ।' यसवर्षो एसएलसी परीक्षामा दोश्रो श्रेणीमा उत्तर्ीण्ा हुन सफल पूणिर्माको पढेर गाउँघरका दुःखी, दर्रि्र तथा असाहयहरुको सेवा गर्ने ठूलो धोको छ ।

पूणिर्माले आफूलाई सहयोग गर्ने महानुभावका लागि लमजुङ सदरमुकाम वेसीशहरको बैंकमा खाता खोल्नुभएको छ । पूणिर्मा गुरुङले आफ्नै नाममा रिलायबल फाईनान्स लिमिटेड, शाखा कार्यालय वेसीशहर, लमजुङमा ००३००००५४७२५ नम्बरको खाता खोल्नुभएको हो । उहाँले आफ्नो खातामा सहयोग रकम जम्मा गरेर आफ्नो जीवन बचाईदिनुनहुन विशेष गरि आफ्नो गाउँघरवाट विदेश जानुभएका सवै दाज्युभाइ तथा दिदिबहिनीहरुलाई आग्रह गर्नुभएको छ । र सहयोगका लागि पूणिर्माले आफ्नो फूपू टेकमाया गुरुङको मोवाईल नम्बर ९८४६१२७९९१ मा सर्म्पर्क गर्नुहुन समेत अनुरोध गर्नुभएको छ ।

पूणिर्माको सहयोगका लागि पोखरावाट पनि सहयोग रकम संकलन कार्य तीब्र पारिएको छ । पोखराको सिटि डेभलपमेन्ट बैंकमा खोलिएको खाता नम्बर ००१०००००६०१ एच -ज्) मा ३३ हजार ८ सय ८८ रुपैँया रकम जम्मा भएको छ । दोहा कतारबाट दर्ुगाप्रसाद र्राईले पोखराको सिटि डेभलपमेन्ट बैंकमा पूणिर्माको पर्ूण्ा स्वास्थ लाभको कामना गर्दै ५ हजार ४ सय ९९ जम्मा गर्नुभएको छ ।


http://www.elamjung.com/local_view.php?id=3116

Posted on:July 15, 2011, 2:36 am

Saturday, July 9, 2011

विदेशी पर्यटकको पासपोर्ट र नगद चोरी

युवराज श्रेष्ठ,
लमजुङ, असार २३ गते । विश्वविख्यात अन्नपर्ूण्ा पदमार्ग घुम्न गएका एक विदेशी पर्यटकको सामान लमजुङमा चोरी भएको छ ।
फिलिपिन्स नागरिक लोट्टा केसी नेनको चालिस हजार रुपैयाँ नगद, पासपोर्ट र एक थान मोवाईल सेट चोरी भएको हो ।
लमजुङ सदरमुकाम वेसीशहरको मनाङ्गेचौतारास्थित होटल माउण्टेन कैलाशमा बास बस्न पुगेका नेनको सामाग्री चोरी भएपछि उनले आज विहिवार प्रहरीमा उजुरी दिएकाछन् ।

गएराती अबेर कोठावाट खाना खाएर फर्किँदा आफ्नो सामान कोठामा नभएको नेनले वताएकाछन् ।
यसबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख सन्दिप भण्डारीले जानकारी दिएकाछन् ।

Posted on:July 8, 2011, 9:09 pm

Wednesday, July 6, 2011

माओवादीद्धारा बन्द मर्स्याङदी-२ संचालनमा आउने

आश गुरुङ,
लमजुङ, असार २१ गते । डेढ बर्षघि एकीकृत नेकपा माओवादीले बन्द गराएको माथिल्लो मर्स्याङदी-२ जलविद्युत परियोजनाको निर्माणकार्य शुचारु हुने भएको छ । भारतीय कम्पनी जीएमआरको लगानीमा हिमताल हाईड्रोपावर कम्पनीले निर्माण गर्न लागेको ६ सय मेगावाट क्षमताको परियोजना खुलाउन माओवादी सकरात्मक देखिएपछि यसको निर्माणकार्य शुचारु हुने भएको हो ।

डीपीआर तयारी भईरहँदा आदिवासी जनजाति र राष्ट्रिय हित विपरित भएको भन्दै एकीकृत माओवादीको भातृसंगठन तमू राष्ट्रिय मुक्तिमोर्चाले अघिल्लो वर्षो फागुन ३ गते परियोजनाको परीक्षण शुरुङ ताघ्रिङको स्याँगेमा झण्डा गाडेर निर्माणकार्य बन्द गराएका थिए ।
परियोजनाको निर्माणकार्य अगाडि बढाउन काठमाडौँमा वसेको तमू राष्ट्रिय मुक्ति मोर्चा, लमजुङका ४ राजनीतिक दल, जलविद्युत पर््रवर्द्धन समिति, परियोजना निर्माण कम्पनी जीएमआरका प्रमुखप्रतिनिधि, लमजुङका सभाषद्हरु सम्मिलित र्सवपक्षीय बैठकमा तत्कालका लागि परियोजनाको निर्माणकार्य अगाडि बढाउने सहमति भएको एकीकृत माओवादी लमजुङका सेक्रेटरी लालबहादुर गुरुङले जानकारी दिएकाछन् । परियोजनाको निर्माणकार्य सूचारुका लागि यसअघि पटक-पटक भएको वार्ता र छलफल विना निश्कर्षटुङ्गएिको थियो । परियोजना खुलाउन माओवादी र उसको भातृ संगठन तमू राष्ट्रिय मुक्तिमोर्चामाथि चौतर्फी दबाब परिरहेको बेला काठमाडौँमा भएको बैठकमा माओवादीले परियोजना खुलाउन सहमति जनाएको हो । राष्ट्रिय स्वाधिनताको पक्षमा भन्दै यसअघि भारतीय लगानीका सवै परियोजनाहरु बन्द गर्ने क्रममा माओवादीले माथिल्लो मर्स्याङ्दी २ परियोजना समेत बन्द गराएको थियो । परियोजना बन्द गराएपछि हिमताल हाईड्रो पावर कम्पनीले डीपीआरको निर्माणकार्य नसकिँदै उर्जा मन्त्रालयमा रिपोर्ट बुझाएको थियो ।

अहिले एकाएक माओवादीले जीएमआरद्धारा निर्माणाधिन परियोजना सूचारु गर्ने सहमति जनाएपनि यसको कारणभने केही खुलाएको छैन । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीलाई भारतीय दबाब आएपछि परियोजना खुलाउन केन्द्रीय नेतृत्व सकरात्मक देखिएको श्रोतले वतायो । यसअघि माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई पक्ष खुलाउनुपर्ने र प्रचण्ड-बैद्यपक्ष कुनैपनि हालतमा खुलाउन नदिने पक्षमा उभिएका थिए । परियोजना खुलाउने विषयमा माओवादीका बैद्यपक्ष भने अझै असन्तुष्ट देखिएकाछन् । बैठकमा सहभागि तमू राष्ट्रिय मुक्तिमोर्चाका सल्लाहकार संयोजक एवं माओवादी स्थायी समिति सदस्य देव गुरुङले, सरकारले छुट्टै उर्जा नीति नबनाएसम्म तत्कालका लागि उत्पादन अनुमतिमा रोक लगाउने तर, त्यस भन्दा पहिले डीपीआर र वातावरणीय प्रभाव मुल्याङ्कनका काम भने गर्न दिईने वताए । बैठकमा एमाले पोलिटब्यूरो सदस्य तथा लमजुङ क्षेत्र नम्बर २ वाट निर्वाचित सभाषद् पृथ्वीसुब्बा गुरुङ, तमू राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय अध्यक्ष अमर तमू, लमजुङ क्षेत्र नम्बर २ वाट एकीकृत माओवादीतर्फाट निर्वाचित सभाषद् बुद्धिराम गुरुङ, राप्रपा महामन्त्री हेमजंग गुरुङ, एकीकृत माओवादी लमजुङकार् इन्चार्ज देवेन्द्र पराजुली, कांग्रेस सभापति कृष्णप्रसाद कोईराला, एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठ, जलविद्युत पर््रवर्द्धन समितिका संयोजक स्थानीय विकास अधिकारी उत्तमप्रसाद नागिला, जलविद्युत निर्माण कम्पनीका राष्ट्रिय निर्देशक लगायत सहभागि थिए ।

तस्विरमाः उत्तरी लमजुङको स्याँगेमा निर्माण भईरहेको माथिल्लो मर्स्याङ्दी २ जलविद्युत परियोजनाको परीक्षण शुरुङमा २०६६ फागुन ३ गते झण्डा गाढ्दै तमू राष्ट्रिय मुक्ति मोर्चा सम्मिलित माओवादी कार्यकर्ताहरु ।


फाईल तस्विरः आश गुरुङ
http://www.elamjung.com/local_view.php?id=3112

रेडियो लमजुङ आजबाट दोस्रो वर्षा प्रवेशर्

इलमजुङ समाचारदाता
लमजुङको सदरमुकाम बेसीसहरबाट प्रशारण भैरहेको रेडियो लमजुङ ८८.४ मेगाहर्ज आजबाट दोस्रो वर्षा प्रवेश गरेको छ । २०६७ साल असार २० गते आजैको दिन रेडियो लमजुङले परिक्षण प्रशारण शुरु गरेको थियो ।

गाउँसहर गाउँ विकास समितिको वडा नं. १ आलडाँडामा स्टेशन राखी सदरमुकाम बेसीसहरको शेराबजारस्थित स्टुडियोबाट प्रशारण हुँदै आएको यस रेडियोको एक वर्षो अबधीमा सहयोग, मायाँ र सल्लाह सुझाव दिनुहुने समस्त श्रोता तथा विज्ञापनदाता र सहयोगी निकायप्रति रेडियो लमजुङका अध्यक्ष राजकुमार पाण्डेले धन्यबाद ज्ञापन गरेकाछन् ।

शान्ति, विकास र लोकतन्त्रको लागि प्रतिबद्ध रही विकासका लािग सकरात्मक आवाजका रुपमा प्रशारण भैरहेको यस रेडियो आगामी दिनमा पनि आफ्नो प्रतिवद्धता प्रति विचलित नहुने रेडियोका अध्यक्ष पाण्डेले आज विहान एक शन्देश प्रकाशित गरी जनाएकाछन् । लमजुङका सञ्चारकर्मी, विकासकर्मी तथा उद्योगीब्यबसायी सम्मिलित सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्धारा सञ्चालित रेडियो लमजुङको एक वर्षो यो यात्रामा रेडियोबाट खसभाषा, गुरुङ भाषा र तामाङ भाषामा समाचार प्रशारण गर्नुका साथै विभिन्न किसिमका सचेतनामुलक, मनोरञ्जनमुलक र जानकारीमुलक कार्यक्रमहरुपनि प्रशारण हुँदै आएको छ ।

नागरिकमा सही, सत्य र निश्पक्ष खबर थाहा पाउने अधिकारलाई सुनिश्चित गर्दै रेडियोले प्रत्येक २ घण्टाको फरकमा लमजुङ खबरका साथै रेडियो नेपाल, साझा खबर, नेपाल दर्पण, विविसी नेपाली सेवा लगायतका समाचारहरु पनि प्रशारण गर्दै आएको छ । रेडियोबाट, बालबालिका, युवा, बृद्धा, महिला तथा विभिन्न जातजाती तथा धर्मलाई समेट्नेगरी, शिक्षा, पर्यटन, स्वास्थ्य, जनजिवन, साहित्य आदि क्षेत्रका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नागरिकका र्सवपक्षीय हित र पत्रकारिता क्षेत्रको मर्यादालाई उचो राख्न, सरकारले लागु गरेको ऐन नियम, सुचना तथा सञ्चार सहकारीको विधान, पत्रकारिताको आचार संहिता, अनुकुल रही स्थापना भएको सूचना तथा सञ्चार सहकारीद्धारा सञ्चालित यस रेडियो लमजुङले आम नागरिकको गुणस्तरीय, सत्य-तथ्य र निश्पक्ष सूचना प्राप्त गर्ने हकको सम्मान गर्दै सकारात्मक शोचको विकासमा टवा पुर्‍याउने उद्देश्य राखेको अध्यक्ष पाण्डेद्धारा जारी शन्देशमा उल्लेख छ । हाम्रा सामाग्री स्वतन्त्र, स्पष्ट, निष्पक्ष, दुरुस्त, पर्ूण्ा, सकारात्मक शोचको विकास गर्ने खालको र इमानदार रेडियो लमजुङ प्रतिवद्ध छ, अनि हामी जसका बारेमा लेख्छौं र बोल्छौं उनीहरुलाई सम्मान गर्नेमा प्रतिबद्ध पनि छौं शन्देशमा उल्लेख छ ।

रेडियोको दोस्रो वर्षप्रवेशको अबसरमा समस्त स्रोता, विज्ञापनदाता, सहयोगी निकाय, सहकर्मी कर्मचारी आदी सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा पनि भरपुर सहयोगको अपेक्षा रेडियोले गरेको छ ।
लमजुङका सबै श्रोतासामु रेडियोको पहुँच पुर्‍याउन आगामी दिनमा रेडियोले आफ्नो भुमिका कायम राख्ने छ । विविध कारणबस आजका दिन मनाउन नसकिएको बाषिर्क उत्सव कार्यक्रम र सहरकारीको साधारणसभा साउन पहिलो हप्तामा गरिने रेडियोका अध्यक्षले वताए । एक वर्षप्रवेश गरेको उपलक्ष्यमा सूचना तथा सञ्चार सहकारीले लमजुङमै पहिलो पटक लमजुङ खबर नामक दैनिक पत्रिका समेत प्रकाशनमा ल्याएको छ ।

Posted on:July 4, 2011, 6:43 am