आश गुरुङ 'प्रतीक'
लमजुङको सदरमुकाम वेसीशहरवाट एकदिन लाग्ने कोल्की गाविस वडा नं. ६ सिम्लेमा करीब ५० घर छन् । अहिलेसम्म करीब २० घरमा मात्रै शौचालय छन् भने अन्य घरहरुमा शौचालय निर्माण भईरहेको छ । शौचालय आवश्यक रहेर पनि परिवार एक्लैले केही गर्न नसकेका कारण बालबालिकाहरुले शौचालय निर्माणको अवधारण ल्याएको बालक्लबका अध्यक्ष अभिषेक परियारले वताउनुभयो ।
त्यसो त वालवालिकाहरुले मात्रै गर्न सक्ने केही हैन । उनीहरुको अवधारणालाई मूर्त रुप दिन आमाहरु पनि शौचायल निर्माणका लागेको आमा समूहका अध्यक्ष गौमाया गुरुङले वताउनुभयो । उहाँका अनुसार वालवकालिका र आमाहरु मिलेर शौचालयको खाल्डो खन्नेदेखि लिएर ढुंगा बोक्ने, काठ बोक्ने लगायतका काम गरिएको छ । पर्खाल बनाउनुका साथै काठका फल्याकले बार्न तथा विछ्याउन भने वावा समूहले सहयोग गरेको छ । गाउँको विकासका लागि वालवालिका र आमा समूहको यस्तो प्रयास देखेर आफू निकै खुसी भएको निवर्तमान वडा अध्यक्ष नरबहादुर गुरुङले वताउनुभयो ।
कोल्की गाविसको सिम्ले गाउँमा वालवालिका र आमाहरुको सहयोगमा धेरै उदाहरणीय र अनुकरणीय कार्यहरु भईरहेका छन् । त्यसका लागि प्रत्यक्ष र अप्रत्यक्षरुपमा महिला आपासी सहयोग केन्द्रले पनि सहयोग गर्दै आएको छ ।
तस्वीरमा कोल्की ६ सिम्लेका वालवालिकालाई संवोधन गर्दै सिद्धिगणेश वाल क्लबको अध्यक्ष अभिषेक परियार । गाउँमा कुनै कार्यक्रम अगाडि वढाउनका लागि वालवालिकाहरु जम्मा भएर योजनाहरु तय गरिन्छ ।
तस्वीरः आश गुरुङ 'प्रतीक'
No comments:
Post a Comment