आश गुरुङ 'प्रतीक'
लमजुङ, असार २० गते - क्षमताभन्दा बढी बन्दी रहेको लमजुङ कारागार अहिले पियनको भरमा संचालित छ । कारागारमा सुब्बा, खरिदार र लेखापालको दरबन्दी वर्षौँदेखि खाली रहेका र निमित्त प्रमुख नेत्रराज अधिकारी पनि एकमहिनादेखि विभागीय कर्वाहीमा परेका कारण कारागार पियनले चलाउँदै आएको छ ।
खरिदार पदका अधिकारीले करीब आठवर्षअघिदेखि कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएपनि उनी नियमित उपस्थित नहुने र भएपनि मदिरा सेवन गरि आउने गरेकाले अधिकारीलाई विभागको निर्देशनअनुसार कारागारवाट हर्टाईएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले वताउनुभयो ।
कारागारमा जिम्मेवार ब्यक्ति कोही नभएपछि बन्दीहरुको सेवा सुविधा, तालिम, सुरक्षा तथा कानुनी र प्रशासकीय काममा बाधा पुगेको छ । दरबन्दीका कर्मचारी पर्ठाईदिन पटकपटक माग गर्दापनि संवन्धित निकायले कुनैपनि सुनुवाई नगरको प्रजिअ पोखरेलले वताउनुभयो । कारागारको समस्या सामाधानका लागि जिल्ला प्रशासन कार्यालयले एकमहिना यता प्रशासनका सुब्बा तिर्थ अधिकारीलाई कारागारको कामकार्वाही हेर्ने जिम्मा दिएको छ । तर, दोहोरो काम हेर्नुपर्ने भएकाले समस्या भएको प्रजिअ पोखरेलको भनाई छ । कार्वाहीमा परेका नेत्रराज अधिकारीलाई कारागारवाट हटाएर जिल्ला प्रशासनमा बोलाईएको छ । तर अहिलेसम्म एकदिनपनि उपस्थित नभएको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
२५ जना क्षमताको जिल्ला कारागारमा अहिले दुर्इ महिलासहित ३८ जना बन्दीहरु छन् । यसअघि ३१ जना रहेकोमा नयाँ दुर्इजना थपिएको र तनहुँवाट पाँचजना ल्याईएपछि बन्दीहरुको संख्या ३८ पुगेको हो । क्षमता भन्दा बढी बन्दी भएपछि अहिले सुत्नदेखि शौचालय जाँदा धेरै समय कुर्नुपरेको बन्दीहरुले वताएकाछन् ।
Posted on:July 3, 2009, 10:46 pm
गतवर्षो भदौमा बाढीले बगाएपछि क्षत्रि ग्रस्त भएको आयोजनालाई मर्मत गरिएपछि गत माघको अन्तिम सातावाट दुर्इ मेगावाट विद्युत उत्पादन हुँदै आएको थियो ।निर्माणको सवै कार्य सकिनुका साथै बर्षायाम शुरुभएपछि खोलामा पानीको मात्रामा बढेकाले पुरै क्षमतामा विद्युत उत्पादन थालिएको खुदी जलविद्युत आयोजना संचालक समितिका निर्देशक स्थिरबाबु घिमिरेले जानकारी दिनुभएको छ ।आयोजनाको बाँध, पानी फर्काउने डार्इभर्सन, इन्टेक र विद्युत गृहमा गतवर्षो बाढीले क्षति पुर्याएको थियो । बाढीले ३ करोडभन्दा बढी क्षति पुर्याएको आयोजनाले जनाएको छ ।
अध्ययन अवलोकनका क्रममा परियोजना निर्माणका लागि धेरै समय लाग्नुमा परियोजना सुरु भएपछि ८ सय दिन सम्म बन्द, माओवादीले शुरु गरेको जनयुद्ध, राजनीतिक उतार-चढाव, अस्थिरता, हड्ताल, चक्काजाम लागयत रहेको टोलीले प्रारम्भिक प्रतिवेदन निकालेको छ । त्यस्तै, मुख्य ठेकेदार कम्पनी डीडीसी जेभीले परियोजनाको डिजाइन परिवर्तन गरी भेरिएसन अर्डर गराउनु पनि मध्यमर्स्याङ्दीको लागत तथा समयावधि दोब्बर हुनुको कारण रहेको संसदीय छानविन उपसमितिका संयोजक डाक्टर प्रकाशचन्द्र लोहनीले जानकारी दिनुभयो । प्रतिवेदनको अन्तिम प्रतिवेदन भने एक महिना भित्र तयार पारेर सार्वजनिक गरिने संसदीय छानविन उपसमितिले जनाएको छ ।
मध्यमर्स्याङ्दी जलविद्युत परियोजनाको ग्लोबल टेण्डर आब्हान पछि मात्र विस्तृत योजना बनेको छानविन समितिले लेखा समितिलाई यस अघि प्रारम्भिक जवाफ पठाइ सकेको छ । लेखा समितिलाई पठाएको जवाफमा परियोजनाले विस्तृत डिजाइन कार्य टेण्डर पछि हुँदै रहनु भन्ने नीतीगत कारणले गर्दा लागत र समय बढेको उल्लेख छ । डिजाइन नै नगरी आयोजनाको टेण्डर आब्हान गरिएको विषयमा समितीले परियोजना प्रमुख र नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुखलाई लेखा समितिमा बोलाइएर जबाफ मागेको थियो । समितले लेखालाई पठाएको जवाफमा प्राधिकरणले ठेकेदार कम्पनी डीडीसी जेभीलाई विग्रिएका सिमेन्ट र सामाग्रीको पनि भुक्तानी दिएको बताएको छ । अध्ययन नै नगरी परामर्शदाताको नियुक्ति, परियोजनामा परेको द्धन्द्धको प्रभाव, सम्झौतामा भएको विलम्वका कारण र ब्यहोर्नु परेको क्षतिपुर्ति लगायतका विषयमा समितिले छानविन गरिरहेको छ । लागत दोब्बर हुनुमा परियोजनामा कार्यरत कर्मचारीको तलब अन्यको तुलनामा तेब्बर बढि हुनु ,परियोजनाको गाडीको व्यापक दुरुपयोग, इन्धनमा हुने अनियमितता र जलमाफियाको चलखेल समेत यसुको कारण भएको समितिले जनाएको छ । यस अघि परियोजना निमार्णमा ब्यापक घोटाला भएको भन्दै अख्तियार दुरपयोग अनुसन्धान आयोगमा समेत रिट परेको थियो । अख्तियारले पनि यस विषयमा छानविन गरिरहेको जनाएको छ ।
पत्रकारहरुको जिज्ञासामा मन्त्री शेर्माले सरकारको पहिलो प्राथामिकता संविधान निर्माण भएको वताउनुभयो । दोश्रो शान्ति प्रक्रियालाई तार्किक निश्कर्षमा पुर्�याउने र तेश्रो प्रथामिकता दण्डहीनताको अन्त्यगरि कानुनी राज्यको निर्माण रहेको उहाँको भनाई थियो । एक अर्को प्रशंगमा मन्त्री शेर्माले देशभर रहेका रिक्त सचिवहरुको पदपूर्ति तत्काल थालिने समेत वताउनुभयो । एउटा सचिवले धेरै गाविस हेर्नुपर्दा धेरै समस्या देखिएको र गाउँमा प्राविधिक नहुँदा विकास बजेट खेर गएकाले अब प्रत्येक गाविसमा सचिव र प्राविधिक नियुक्त गरिने उहाँको भनाई थियो । उहाँले गाउँको विकास भए मात्र देशको विकास हुने भएकाले अबको सरकारले गाउँ विकास समितिको बजेटमा केहीमात्रामा बृद्धि गरिने समेत जानकारी दिनुभएको छ ।
लमजुङ, असार, २ गते ।
'बाचा' गर्नुपूर्व दौतरी युवायुवतीहरु रोधीँमा आवस्यक सामाग्रीहरुको तयारीमा जुट्छन् । सेलरोटी, मासु, गुन्द्रुक, तरकारी लगायत खानाका परिकारहरु 'बाचा' गर्दा खाने परिकारहरु हुन् । यसपूर्व युवा दौतरीहरुको लागि केही मात्रामा जाँडा तयार पारिन्छ । भुजुङमा प्रचलित 'तामारे' प्रजातिका धानवाट निर्मित छ्याङ वनाई तयारी खानेकुराका साथ पुरुषहरुलाई खुवाईन्छ र 'बाचा' गर्ने गरिन्छ । 'बाचा' गर्दा केटीहरुले केटाहरुलाई असार महिना भरि संगै काम गर्ने प्रस्ताव राख्छन् । राधीँलाई साछी राखेर केटाहरुले पनि असार महिना भरि संगै काम गर्ने काँध थाप्छन् र एकअर्कामा संगै काम गर्ने वचनवद्धता जाहेर गर्छन् ।
लमजुङ, जेठ २९ गते ।
गाउँलाई खुला दिशामुक्त क्षेत्र घोषणा गर्नुअघि विद्यार्थी, शिक्षक तथा सो क्षेत्रका वासिन्दाले पञ्चेवाजाका साथ चेतनामुलक प्लेकार्ड तथा ब्यानर बोकेर गाउँ परिक्रमा गरेका थिए । धमिलिकुवाको शैलपुत्री उच्च माविको प्राङ्गणमा आयोजना गरिएको धमिलिकुवा खुला दिसामुक्त क्षेत्र घोषणा कार्यक्रममा जातीय पहिचान तथा संस्कृति झल्काउने नृत्यहरु प्रस्तुत गरिएका थिए । सो अवसरमा सरसफाई तथा शौचालयको महत्व संवन्धी नाटक पनि प्रदर्शन गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै खानेपानी सरसफाई तथा ढल निकास विभागका उपमहा निर्देशक विश्वमणी ज्ञावलीले सामाजिक कामका लागि स्थानीयवासिन्दा र राजनीतिक दल चनाखो भएर लाग्नुपर्ने वताए । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पोखराका निर्देशक विनोदचन्द्र झाले सामाजिक विकासको काममा सवैको हातेमालोको आवश्यता भएको औल्याए । कार्यक्रममा एकीकृत नेकपा माओवादीका जिल्लार् इन्चार्ज देवेन्द्र पराजुली, नेकपा एमाले सचिव मायानाथ अधिकारी, नेपाली कांग्रेसका सचिव अर्जुन पराजुली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लमजुङका प्रमुख भोजविक्रम थापा, वेसीशहर खानेपानी उपभोक्ता समितिका अध्यक्ष बामदेब अधिकारी, नेपाल पत्रकार महासंघका अध्यक्ष किसान 'संगीत' नेपाली, अभियानका सचिव भोजराज चिलुवाल, शिक्षिका निर्मला जोशी, विद्यार्थी स्वस्तिका कडरिया लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले जनताको सहभागिता विना सामाजिक उत्थान र विकास संभव नहुने वताए ।
लमजुङ, जेठ १६ गते -लमजुङ कारागारका बन्दीहरुले आफ्ना मागलाई कारागार प्रशासनले सुनुवाई नगरेको भन्दै कारागारको भित्रैवाट गेटमा तालाबन्दी गरेकाछन् ।
परम्परादेखि विश्वकर्मा जातिले संचालन गर्दै आएको आरन संचालन गर्ने पेशा पछिल्लोपटक युवा पुस्ताले छाडेपछि आरन पेशा संकटमा परेको छ ।विगतमा प्रत्येक वडामा विश्वकर्मा जातिले आरन संचालन गरेपनि अहिले अधिकांस आरन बन्द गरेर उनीहरु अन्यत्र पेशामा लागेकाछन् । धेरै दुःख गर्नुपर्ने र दुःख गरेअनुसारको परिश्रम नपाईने भएकाले विश्वकर्मा जातिका युवाहरु यो पेशा अंगाल्न छाडेको उनीहरुको भनाई छ । विश्वक्र्म्ँजातिका अधिकांश युवाहरु वैदेशिक रोजगारमा लागेकाछन् भने काम जानेका बृद्धहरु अशक्त भएका कारण आरन संचालन गर्न नसकि वसिरहेकाछन् । वर्ष भ्रि गाउँभरिको कृषि औजार निर्माण तथा मर्मत गर्ने र त्यसबापत प्रत्येक घरवाट मकै अर्थात धान लानेरलैजाने परम्परा भएपनि काम अनुसारको अन्न नपाउने गरेको उनीहरुको गुनासो छ ।खेतिवाली लगाउन, गोडमेल गन, घाँस काट्न आवश्यक पर्ने कृषि औजार बनाउन र मर्मत गर्न प्रयोग हुने आरन लोप हुँदै गएपछि ग्रामीण भेगका सर्व् साधारणपनि चिन्तित बनेकाछन् ।
लमजुङ, जेठ १५ गते - जिल्ला सामुदायिक अस्पताल लमजुङले नागरिकता र परिचयपत्रको आधारमा विरामीलाई निःशुल्क सेवा प्रदान गरेपछि अस्पतालमा विरामीको संख्या हृवात्तै बढेको छ ।
धितालका अनुसार अस्पतालले चैतमा साढे तीनलाख, बैशाखमा चारलाख रुपैँया बराबरको निःशुल्क सेवा दिईसकेको छ । जेठ महिना आधाआधी वित्न लाग्दा तीनलाख खर्च भईसकेको र निःशुल्क स्वास्थ्य सेवाका लागि महिनाभरि पाँचलाखभन्दा बढी खर्च अस्पतालले जनाएको छ । अस्पतालका अनुसार सरकारले जिल्ला अस्पताललाई दिइँदै आएको एकमुष्ठ ११ लाख रुपैँया लमजुङ जिल्ला सामुदायिक अस्पताललाई अपुग भएको छ । आर्थिक वर्षशुरु भएपछिको चार/पाच महिनामा नै सरकारले दिएको रकम सकिएको र अहिले अस्पतालको आन्तरिक कोषवाट र्सवसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिईरहेकोसमेत जनसर्म्पर्क अधिकृत धितालले वताए ।

लमजुङ, जेठ १३ गते ।
भएको थियो । यी मध्ये १४ जनाको मोतियाबिन्दुको अपरेशनका लागि हिमालय आँखा अस्पताल पोखरा पर्ठाईएको लमजुङ जिल्ला सामुदायिक अस्पतालका निर्देशक धर्मराज गोसाइँले जानकारी दिनुभएको छ । उहाँका अनुसार उनीहरुले पनि निःशुल्क अपरेशन सेवा पाउनेछन् । शिविरमा एकसय ७५ जनाले दाँतको परीक्षण गरेका थिए । जसमध्ये ५० जनाको दाँत निकालिएको थियो । यस बाहेक हाईड्रोसिल, हर्निया, थुनेलो र पाएल्स गरि ४ जनाको अपरेशनर्,र् इन्डोसकोपी दुर्इ र भिडियो एक्सरे चार गरि १० जनालाई थप उपचारको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल बेशीसहर बोलाईएको अस्पतालले जनाएको छ । शिविरमा लमजुङ जिल्ला सामुदायिक अस्पतालको ७० हजार र जिल्ला जन स्वास्थ्य कार्यालय लमजुङको १५ हजार गरि ८५ हजार रुपैँया बराबरको औषधिहरु निःशुल्क वितरण गरिएको थियो ।
लमजुङ, जेठ ११ गते । 

लमजुङ - भर्खर छायांकन सम्पन्न गुरुङ कथानक चलचित्र 'आक्रोदो' अर्थात 'नरुनू' ले गुरुङ चलचित्रकोर् इतिहासमा नयाँ रेकर्ड कायम गरेको छ ।
सिउरुङ र आसपासका क्षेत्रमा छायांकन गरिएको सो चलचित्रलाई करीब दर्इहजार नौसय मीटरको उचाईमा रहेको खिलापू डाँडामा समेत छायांकन गरिएको छ । लमजुङका अधिकांश गाविस तथा कास्की, स्याङ्जा, तनहुँ, गोरखा, मनाङ लगायतका जिल्लालाई सोझै चिहाउन सकिने ठाउँमा छायांकन गरिएको चलचित्र 'आक्रोदो' ले प्रकृतिको माया पनि त्यतिकै पाएको छ । मनास्लु हिमाललाई नजिकैबाट नियाल्न सकिने भएकाले चलचित्रमा प्राकृतिक दृश्यहरुलाई समेत प्राथामिकता दिईएको छ । चारैतिर प्राकृतिक दृश्य भएकाले उपयुक्त वातावरण मिल्नुका साथै आमा समूह, बाबा समूह र युवा क्लबको साथ र विहान ६ बजेदेखि राती ११ बजेसम्म दैनिक खटिएकाले सोँचेभन्दा कम समयमा चलचित्र 'आक्रोदो' को छायांकन कार्य सम्पन्न गरेको निर्देशक भोजबहादुर गुरुङको भनाई छ । 


भएको हो ।
लमजुङ, जेठ १ गते ।
लमजुङ, बैशाख २८गते ।

लमजुङ, बैशाख २३ गते । 
लमजुङ, बैशाख १९ गते
लमजुङ, बैशाख १९ गते । ग्रामीण पर्यटनको संभावना बोकेको लमजुङमा पर्ने मनास्लु हिमाल आरोहणका लागि पदमार्ग खुलेको छ । 


